Javascript must be enabled to continue!
'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा
View through CrossRef
यस लेखमा कथाकार दाजु गुरुङद्वारा रचित टाँकीका पूलहरू कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरूमा डायास्पोरा प्रयोगको अवस्थाको अध्ययन गरिएको छ । रहर वा कहरका कारणले आप्रवासी बन्न पुगेका व्यक्तिहरू र तिनको अवस्था तथा अनुभूतिलाई डायास्पोरा भनिन्छ । टाँकीका फूलहरू कथा सङ्ग्रहमा यस प्रकारको डायास्पोराको अवस्था के कस्तो रहको छ भन्ने समस्यालाई मूल समस्या कथनका रूपमा लिई सो अनुरूप उक्त कथा सङ्ग्रहमा निहित डायास्पोरा प्रयोगको अवस्था पत्ता लगाउने उद्देश्य यस लेखमा राखिएको छ । यस अध्ययनबाट उक्त सङ्ग्रहका कथाहरूमा व्यक्त डायास्पोराको अवस्था जानकारी हुनुका साथै यस आधारमा कुनै अन्य कृतिको अध्ययन गर्न चाहने भावी अध्ययताहरूलाई समेत सहयोग पुग्ने भएकाले यो अध्ययन औचित्यपूर्ण पनि छ । त्यसैले यस कथा सङ्ग्रहका कथाहरूमा प्रस्तुत डायास्पोरा प्रयोगको अवस्थाको खोजी यहाँ गरिएको छ । यसका लागि पुस्तकालयीय पद्धतिबाट सङ्कलन गरिएका प्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ भने प्रस्तुतीकरणको विधिका रूपमा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । प्रस्तुत कृतिमा डायास्पोराको अवस्था पत्ता लगाउनका लागि यहाँ जीवन भोगाइ र कष्टकर आप्रवासी पीडा; अतिव्यस्त जीवन; अस्तित्वको खोजी; एकान्तपन, स्वदेशप्रेम, स्वदेशको स्मरण तथा स्वदेशीपनप्रतिको अनुराग; संस्कृति मिश्रण र सांस्कृतिक विचलन (द्वैध संस्कृति); असुरक्षाभय, चिन्ता,विच्छिन्नता; नयाँ परिवेश र त्यसको प्रभाव; विभाजित मानसिकता वा द्वैधवृत्ति; भाषिक जटिलता; सीमान्तीयता रमानसिक सङ्घात जस्ता सूचकहरू तय गरी यिनका आधारमा कृतिको विश्लेषण गरिएको छ । यसरी गरिएको विश्लेषणबाट प्रस्तुत कथा सङ्ग्रहमा समाविष्ट कथाहरू डायस्पोरा प्रयोगका दृष्टिले समृद्ध बनेका छन् भन्ने निष्कर्ष यहाँ निकालिएको छ ।
Title: 'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा
Description:
यस लेखमा कथाकार दाजु गुरुङद्वारा रचित टाँकीका पूलहरू कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरूमा डायास्पोरा प्रयोगको अवस्थाको अध्ययन गरिएको छ । रहर वा कहरका कारणले आप्रवासी बन्न पुगेका व्यक्तिहरू र तिनको अवस्था तथा अनुभूतिलाई डायास्पोरा भनिन्छ । टाँकीका फूलहरू कथा सङ्ग्रहमा यस प्रकारको डायास्पोराको अवस्था के कस्तो रहको छ भन्ने समस्यालाई मूल समस्या कथनका रूपमा लिई सो अनुरूप उक्त कथा सङ्ग्रहमा निहित डायास्पोरा प्रयोगको अवस्था पत्ता लगाउने उद्देश्य यस लेखमा राखिएको छ । यस अध्ययनबाट उक्त सङ्ग्रहका कथाहरूमा व्यक्त डायास्पोराको अवस्था जानकारी हुनुका साथै यस आधारमा कुनै अन्य कृतिको अध्ययन गर्न चाहने भावी अध्ययताहरूलाई समेत सहयोग पुग्ने भएकाले यो अध्ययन औचित्यपूर्ण पनि छ । त्यसैले यस कथा सङ्ग्रहका कथाहरूमा प्रस्तुत डायास्पोरा प्रयोगको अवस्थाको खोजी यहाँ गरिएको छ । यसका लागि पुस्तकालयीय पद्धतिबाट सङ्कलन गरिएका प्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ भने प्रस्तुतीकरणको विधिका रूपमा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । प्रस्तुत कृतिमा डायास्पोराको अवस्था पत्ता लगाउनका लागि यहाँ जीवन भोगाइ र कष्टकर आप्रवासी पीडा; अतिव्यस्त जीवन; अस्तित्वको खोजी; एकान्तपन, स्वदेशप्रेम, स्वदेशको स्मरण तथा स्वदेशीपनप्रतिको अनुराग; संस्कृति मिश्रण र सांस्कृतिक विचलन (द्वैध संस्कृति); असुरक्षाभय, चिन्ता,विच्छिन्नता; नयाँ परिवेश र त्यसको प्रभाव; विभाजित मानसिकता वा द्वैधवृत्ति; भाषिक जटिलता; सीमान्तीयता रमानसिक सङ्घात जस्ता सूचकहरू तय गरी यिनका आधारमा कृतिको विश्लेषण गरिएको छ । यसरी गरिएको विश्लेषणबाट प्रस्तुत कथा सङ्ग्रहमा समाविष्ट कथाहरू डायस्पोरा प्रयोगका दृष्टिले समृद्ध बनेका छन् भन्ने निष्कर्ष यहाँ निकालिएको छ ।.
Related Results
‘भेटिएकी देवी’ कथामा करुण रस {Karun Ras in the Story of 'Bhetiyeki Devi'}
‘भेटिएकी देवी’ कथामा करुण रस {Karun Ras in the Story of 'Bhetiyeki Devi'}
प्रस्तुत अनुसन्धानमूलक लेख भेटिएकी देवी कथाको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कथा रामलाल जोशीको बाआमा कृतिमा समाविष्ट बाह्र कथामध्येको सातौं क्रममा रहेको कथा हो । प्रस्तुत ...
कथाका उपकरणहरूको अध्ययन
कथाका उपकरणहरूको अध्ययन
कथा मानव उदयसँगसँगै भएको हो यसको विकास पनि मानव विकास र उदयसँगै भएको मानिन्छ । यसको प्रयोग पनि मानवले आफ्नो जीवनका अनेक पक्षमा गर्दै आएको छ । यसरी मानवले प्रयोग गर्दै आएको कथा लिपि...
“छिमेकी” कथामा आदर्शोन्मुख यथार्थवाद {Aadshanmakh realism in the story of "Neighbourhood"}
“छिमेकी” कथामा आदर्शोन्मुख यथार्थवाद {Aadshanmakh realism in the story of "Neighbourhood"}
यस अनुसन्धानात्मक लेखमा नेपाली साहित्यमा कथाकारका रूपमा परिचित गुरुप्रसाद मैनालीद्वारा लिखित छिमेकी कथाको आदर्शोन्मुख यथार्थवादका आधारमा अध्ययन गरिएको छ । प्रस्तुत कथा आदर्शोन्मुख ...
सहिद कथामा सांस्कृतिक अध्ययन
सहिद कथामा सांस्कृतिक अध्ययन
गुरु प्रसाद मैनालीद्वारा रचित ‘सहिद’ कथा ‘नासो’ कथा सङ्ग्रहमा सङ्गृहित एक कालजयी कथा हो । कथामा एक शिक्षक पात्रले तत्कालीन राणाकालीन सामन्ती व्यवस्था (वि.सं. १९५७–२०२८) मा विद्यमान...
'कृतासा' कविता सङ्ग्रहमा अभिव्यक्त यथार्थता
'कृतासा' कविता सङ्ग्रहमा अभिव्यक्त यथार्थता
तारा पाण्डेबाट लेखिएको कृतासा कविता सँगालोमा समसामयिक यथार्थका विविध पक्ष समेटिएका छन् । यथार्थको अध्ययनलाई मुख्य विषय बनाएको यस लेखले देशप्रेम, सामाजिक नीति चेतना ,सामाजिक परिवेश,...
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन ...
‘मेरी सौता’ कथामा रौद्र रस
‘मेरी सौता’ कथामा रौद्र रस
प्रस्ततु लेख मेरी सौता कथाको विश्लेषणमा केन्द्रित रहेको छ । मुना चौधरीद्वारा लेखिएको यो कथा उनको कथासङ्ग्रह लारमा समाविष्ट छ । चौधरी नेपाली साहित्यका कथा तथा उपन्यास विधामा स्थापित...
confluence of mystery and love in Hindi fiction : Analysis of thrillers, fiction and romantic novels
confluence of mystery and love in Hindi fiction : Analysis of thrillers, fiction and romantic novels
यह शोधपत्र हिंदी कथा साहित्य में थ्रिलर, फिक्शन और रोमांटिक उपन्यासों में प्रकट होने वाले रहस्य और प्रेम के संगम का विश्लेषण करता है। अध्ययन का उद्देश्य यह समझना है कि कैसे इन उपन्...

