Javascript must be enabled to continue!
सहिद कथामा सांस्कृतिक अध्ययन
View through CrossRef
गुरु प्रसाद मैनालीद्वारा रचित ‘सहिद’ कथा ‘नासो’ कथा सङ्ग्रहमा सङ्गृहित एक कालजयी कथा हो । कथामा एक शिक्षक पात्रले तत्कालीन राणाकालीन सामन्ती व्यवस्था (वि.सं. १९५७–२०२८) मा विद्यमान वग सङ्घर्ष, शोषण, उत्पीडन, सामाजिक तथा लैङ्गिक विभेद लगायत सांस्कृतिक, धार्मिक एवम् शैक्षिक सीमितताका बेला समेत शैक्षिक एवम् सांस्कृति जागरणका लागि कथाका माध्यमबाट खेलेका भूमिका र सामाजिक कार्यहरूको यथार्थ चित्रण प्रस्तुत गरेको छ । यस लेखको मुख्य उद्देश्य सहिद कथाको आधारमा तत्कालीन समाजमा विद्यमान शैक्षिक तथा सांस्कृतिक अवस्थाको विश्लेषण गर्नु र कथामार्फत नेपाली समाजको यथार्थ, ग्रामीण जीवन, मानवीय संवेदना र पछि पारिएका वर्गको अवस्थालाई उजागर गर्नु तथा नेपाली कथासाहित्यमा मैनालीको योगदान र महत्व स्पष्ट गर्नु हो । यस अनुसन्धान लेख गुणात्मक विधिमा आधारित छ । गुरुप्रसाद मैनालीको ‘सहिद’ कथालाई मुख्य पाठका रूपमा लिएर पाठ–विश्लेषण गरिएको छ । कथामा प्रयुक्त विषयवस्तु, पात्र, सांस्कृतिक सन्दर्भ, भाषा र सामाजिक यथार्थलाई व्याख्यात्मक विधिबाट अध्ययन गरिएको छ । साथै सम्बन्धित पुस्तक, जर्नल लेख र समीक्षाहरूको द्वितीयक स्रोतका रूपमा प्रयोग गरी विश्लेषणलाई सैद्धान्तिक आधार प्रदान गरिएको छ । सहिद कथाले व्यक्तिगत परोपकारले मात्र शोषणकारी समाज परिवर्तन गर्न नसकिने देखाउँछ । सामन्ती, आर्थिक र राजनीतिक संरचना विरुद्ध सामूहिक चेतना र विद्रोह आवश्यक ठहरिन्छ । नैतिकता र पारिवारिक स्वार्थबिचको द्वन्द्वले सामाजिक न्यायको प्राथमिकता उजागर गर्छ । कथाले राणाकालीन यथार्थ उजागर गर्दै व्यक्तिगत साहसभन्दा सामूहिक बलिदान र चेतनालाई सामाजिक परिवर्तनको आधार मानेको छ ।
Title: सहिद कथामा सांस्कृतिक अध्ययन
Description:
गुरु प्रसाद मैनालीद्वारा रचित ‘सहिद’ कथा ‘नासो’ कथा सङ्ग्रहमा सङ्गृहित एक कालजयी कथा हो । कथामा एक शिक्षक पात्रले तत्कालीन राणाकालीन सामन्ती व्यवस्था (वि.
सं.
१९५७–२०२८) मा विद्यमान वग सङ्घर्ष, शोषण, उत्पीडन, सामाजिक तथा लैङ्गिक विभेद लगायत सांस्कृतिक, धार्मिक एवम् शैक्षिक सीमितताका बेला समेत शैक्षिक एवम् सांस्कृति जागरणका लागि कथाका माध्यमबाट खेलेका भूमिका र सामाजिक कार्यहरूको यथार्थ चित्रण प्रस्तुत गरेको छ । यस लेखको मुख्य उद्देश्य सहिद कथाको आधारमा तत्कालीन समाजमा विद्यमान शैक्षिक तथा सांस्कृतिक अवस्थाको विश्लेषण गर्नु र कथामार्फत नेपाली समाजको यथार्थ, ग्रामीण जीवन, मानवीय संवेदना र पछि पारिएका वर्गको अवस्थालाई उजागर गर्नु तथा नेपाली कथासाहित्यमा मैनालीको योगदान र महत्व स्पष्ट गर्नु हो । यस अनुसन्धान लेख गुणात्मक विधिमा आधारित छ । गुरुप्रसाद मैनालीको ‘सहिद’ कथालाई मुख्य पाठका रूपमा लिएर पाठ–विश्लेषण गरिएको छ । कथामा प्रयुक्त विषयवस्तु, पात्र, सांस्कृतिक सन्दर्भ, भाषा र सामाजिक यथार्थलाई व्याख्यात्मक विधिबाट अध्ययन गरिएको छ । साथै सम्बन्धित पुस्तक, जर्नल लेख र समीक्षाहरूको द्वितीयक स्रोतका रूपमा प्रयोग गरी विश्लेषणलाई सैद्धान्तिक आधार प्रदान गरिएको छ । सहिद कथाले व्यक्तिगत परोपकारले मात्र शोषणकारी समाज परिवर्तन गर्न नसकिने देखाउँछ । सामन्ती, आर्थिक र राजनीतिक संरचना विरुद्ध सामूहिक चेतना र विद्रोह आवश्यक ठहरिन्छ । नैतिकता र पारिवारिक स्वार्थबिचको द्वन्द्वले सामाजिक न्यायको प्राथमिकता उजागर गर्छ । कथाले राणाकालीन यथार्थ उजागर गर्दै व्यक्तिगत साहसभन्दा सामूहिक बलिदान र चेतनालाई सामाजिक परिवर्तनको आधार मानेको छ ।.
Related Results
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुन...
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको प्रवेशसँगै अन्तर्विषयकताले पनि प्र...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...

