Javascript must be enabled to continue!
सहिद कथामा सांस्कृतिक अध्ययन
View through CrossRef
गुरु प्रसाद मैनालीद्वारा रचित ‘सहिद’ कथा ‘नासो’ कथा सङ्ग्रहमा सङ्गृहित एक कालजयी कथा हो । कथामा एक शिक्षक पात्रले तत्कालीन राणाकालीन सामन्ती व्यवस्था (वि.सं. १९५७–२०२८) मा विद्यमान वग सङ्घर्ष, शोषण, उत्पीडन, सामाजिक तथा लैङ्गिक विभेद लगायत सांस्कृतिक, धार्मिक एवम् शैक्षिक सीमितताका बेला समेत शैक्षिक एवम् सांस्कृति जागरणका लागि कथाका माध्यमबाट खेलेका भूमिका र सामाजिक कार्यहरूको यथार्थ चित्रण प्रस्तुत गरेको छ । यस लेखको मुख्य उद्देश्य सहिद कथाको आधारमा तत्कालीन समाजमा विद्यमान शैक्षिक तथा सांस्कृतिक अवस्थाको विश्लेषण गर्नु र कथामार्फत नेपाली समाजको यथार्थ, ग्रामीण जीवन, मानवीय संवेदना र पछि पारिएका वर्गको अवस्थालाई उजागर गर्नु तथा नेपाली कथासाहित्यमा मैनालीको योगदान र महत्व स्पष्ट गर्नु हो । यस अनुसन्धान लेख गुणात्मक विधिमा आधारित छ । गुरुप्रसाद मैनालीको ‘सहिद’ कथालाई मुख्य पाठका रूपमा लिएर पाठ–विश्लेषण गरिएको छ । कथामा प्रयुक्त विषयवस्तु, पात्र, सांस्कृतिक सन्दर्भ, भाषा र सामाजिक यथार्थलाई व्याख्यात्मक विधिबाट अध्ययन गरिएको छ । साथै सम्बन्धित पुस्तक, जर्नल लेख र समीक्षाहरूको द्वितीयक स्रोतका रूपमा प्रयोग गरी विश्लेषणलाई सैद्धान्तिक आधार प्रदान गरिएको छ । सहिद कथाले व्यक्तिगत परोपकारले मात्र शोषणकारी समाज परिवर्तन गर्न नसकिने देखाउँछ । सामन्ती, आर्थिक र राजनीतिक संरचना विरुद्ध सामूहिक चेतना र विद्रोह आवश्यक ठहरिन्छ । नैतिकता र पारिवारिक स्वार्थबिचको द्वन्द्वले सामाजिक न्यायको प्राथमिकता उजागर गर्छ । कथाले राणाकालीन यथार्थ उजागर गर्दै व्यक्तिगत साहसभन्दा सामूहिक बलिदान र चेतनालाई सामाजिक परिवर्तनको आधार मानेको छ ।
Title: सहिद कथामा सांस्कृतिक अध्ययन
Description:
गुरु प्रसाद मैनालीद्वारा रचित ‘सहिद’ कथा ‘नासो’ कथा सङ्ग्रहमा सङ्गृहित एक कालजयी कथा हो । कथामा एक शिक्षक पात्रले तत्कालीन राणाकालीन सामन्ती व्यवस्था (वि.
सं.
१९५७–२०२८) मा विद्यमान वग सङ्घर्ष, शोषण, उत्पीडन, सामाजिक तथा लैङ्गिक विभेद लगायत सांस्कृतिक, धार्मिक एवम् शैक्षिक सीमितताका बेला समेत शैक्षिक एवम् सांस्कृति जागरणका लागि कथाका माध्यमबाट खेलेका भूमिका र सामाजिक कार्यहरूको यथार्थ चित्रण प्रस्तुत गरेको छ । यस लेखको मुख्य उद्देश्य सहिद कथाको आधारमा तत्कालीन समाजमा विद्यमान शैक्षिक तथा सांस्कृतिक अवस्थाको विश्लेषण गर्नु र कथामार्फत नेपाली समाजको यथार्थ, ग्रामीण जीवन, मानवीय संवेदना र पछि पारिएका वर्गको अवस्थालाई उजागर गर्नु तथा नेपाली कथासाहित्यमा मैनालीको योगदान र महत्व स्पष्ट गर्नु हो । यस अनुसन्धान लेख गुणात्मक विधिमा आधारित छ । गुरुप्रसाद मैनालीको ‘सहिद’ कथालाई मुख्य पाठका रूपमा लिएर पाठ–विश्लेषण गरिएको छ । कथामा प्रयुक्त विषयवस्तु, पात्र, सांस्कृतिक सन्दर्भ, भाषा र सामाजिक यथार्थलाई व्याख्यात्मक विधिबाट अध्ययन गरिएको छ । साथै सम्बन्धित पुस्तक, जर्नल लेख र समीक्षाहरूको द्वितीयक स्रोतका रूपमा प्रयोग गरी विश्लेषणलाई सैद्धान्तिक आधार प्रदान गरिएको छ । सहिद कथाले व्यक्तिगत परोपकारले मात्र शोषणकारी समाज परिवर्तन गर्न नसकिने देखाउँछ । सामन्ती, आर्थिक र राजनीतिक संरचना विरुद्ध सामूहिक चेतना र विद्रोह आवश्यक ठहरिन्छ । नैतिकता र पारिवारिक स्वार्थबिचको द्वन्द्वले सामाजिक न्यायको प्राथमिकता उजागर गर्छ । कथाले राणाकालीन यथार्थ उजागर गर्दै व्यक्तिगत साहसभन्दा सामूहिक बलिदान र चेतनालाई सामाजिक परिवर्तनको आधार मानेको छ ।.
Related Results
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुन...
वीर रस के आलोक में राम का नायकत्व: रामचरितमानस का एक आलोचनात्मक एवं सांस्कृतिक अध्ययन
वीर रस के आलोक में राम का नायकत्व: रामचरितमानस का एक आलोचनात्मक एवं सांस्कृतिक अध्ययन
प्रस्तुत शोध-प्रबंध “वीर रस के आलोक में राम का नायकत्व: रामचरितमानस का एक आलोचनात्मक एवं सांस्कृतिक अध्ययन” रामचरितमानस में राम के नायकत्व की बहुआयामी संरचना का रस-सिद्धांत और सांस...
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा विश्व की प्राचीनतम एवं समृद्ध ज्ञान-धाराओं में से एक है, जिसने मानव जीवन के दार्शनिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक और नैतिक पक्षों को व्यापक रूप से प्रभावित ...
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
किरात पारिबुङको सांस्कृतिक अभ्यास
किरात पारिबुङको सांस्कृतिक अभ्यास
पारिबुङ भन्नाले विभिन्न कार्यक्रमस्थल सजावट गर्न टाँगिने कपडा÷कागजको झन्डा वातोरन भनेर बुझिन्छ । किरात थुलुङ राई भाषामा ‘पारी’ भनेको खुला आकाश (पारी = खुलाआकाश), ‘बुङ’ भनेको फूल (ब...
'अभागी' कथामा परिवेशविधान
'अभागी' कथामा परिवेशविधान
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढा...

