Javascript must be enabled to continue!
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
View through CrossRef
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुने यस लेखका लागि आवश्यक सामग्री पुस्तकालयबाट सङ्कलन भएका छन् । यस लेखको सैद्धान्तिक आधार सांस्कृतिक अध्ययनअन्तर्गत प्रतिनिधित्व हो । सांस्कृतिक प्रतिनिधित्व साहित्यिक अध्ययनमा पछिल्लो समयमा विकसित भएको एक विशिष्ट अध्ययनपद्धति हो । यसले साहित्यिक पाठको अध्ययन गर्दा त्यसमा प्रस्तुत सांस्कृतिक स्वरूप र समाजमा प्रचलित सांस्कृतिक मूल्यमान्यताको अन्र्तसम्बन्धको अध्ययन गर्दछ । सांस्कृतिक अध्ययन अन्तर्अनुशासनात्मक विषय रहेकाले यसले विभिन्न क्षेत्रबाट अध्ययनको आधार, अवधारणा र पद्धतिहरू ग्रहण गरेको छ । यस लेखमा सांस्कृतिक अध्ययनका बहुआयाम र विविध आधार भए पनि कथामा प्रस्तुत वर्गीय, लैङ्गिक प्रतिनिधित्व, लेखकीय विचारधारा र प्रभुत्वको विश्लेषण भएको छ । नेपाली समाजको वर्गीय स्वरूपलाई प्रतिबिम्बन गर्ने यस कथामा सत्ताविरुद्ध प्रतिरोध र क्रान्तिका वर्गीय नेतृत्वको प्रतिनिधिका स्थानमा परिवारका सदस्यलाई नियन्त्रण र गिरफ्तार गर्ने सत्ता, सत्ताको दमनकारी अङ्गको भूमिकामा प्रहरी प्रशासनले नारीमागि गर्ने दमनको प्रस्तुति भएको छ । वर्गीय र लैङ्गिक प्रतिनिधित्व सशक्त रहेको प्रस्तुत कथामा शासक र शासित दुबै वर्गको भूमिका शक्तिशाली छ । आरम्भमा दबाबद्वारा र कथान्तमा सहमतीय आधारमा प्रभुत्व स्थापित गर्न खोजिएको छापामारको छोराका क्रियाकलापको अवलोकनबाट समाख्याताको मनमा छापामारप्रति उब्जिएको परिवर्तित दृष्टिकोणले ज्ञानउत्पादनमा सहयोग पु¥याएको लेखकीय दृष्टिकोण तटस्थ नरहेको विषयमा विमर्श भएको छ ।
Title: छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
Description:
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुने यस लेखका लागि आवश्यक सामग्री पुस्तकालयबाट सङ्कलन भएका छन् । यस लेखको सैद्धान्तिक आधार सांस्कृतिक अध्ययनअन्तर्गत प्रतिनिधित्व हो । सांस्कृतिक प्रतिनिधित्व साहित्यिक अध्ययनमा पछिल्लो समयमा विकसित भएको एक विशिष्ट अध्ययनपद्धति हो । यसले साहित्यिक पाठको अध्ययन गर्दा त्यसमा प्रस्तुत सांस्कृतिक स्वरूप र समाजमा प्रचलित सांस्कृतिक मूल्यमान्यताको अन्र्तसम्बन्धको अध्ययन गर्दछ । सांस्कृतिक अध्ययन अन्तर्अनुशासनात्मक विषय रहेकाले यसले विभिन्न क्षेत्रबाट अध्ययनको आधार, अवधारणा र पद्धतिहरू ग्रहण गरेको छ । यस लेखमा सांस्कृतिक अध्ययनका बहुआयाम र विविध आधार भए पनि कथामा प्रस्तुत वर्गीय, लैङ्गिक प्रतिनिधित्व, लेखकीय विचारधारा र प्रभुत्वको विश्लेषण भएको छ । नेपाली समाजको वर्गीय स्वरूपलाई प्रतिबिम्बन गर्ने यस कथामा सत्ताविरुद्ध प्रतिरोध र क्रान्तिका वर्गीय नेतृत्वको प्रतिनिधिका स्थानमा परिवारका सदस्यलाई नियन्त्रण र गिरफ्तार गर्ने सत्ता, सत्ताको दमनकारी अङ्गको भूमिकामा प्रहरी प्रशासनले नारीमागि गर्ने दमनको प्रस्तुति भएको छ । वर्गीय र लैङ्गिक प्रतिनिधित्व सशक्त रहेको प्रस्तुत कथामा शासक र शासित दुबै वर्गको भूमिका शक्तिशाली छ । आरम्भमा दबाबद्वारा र कथान्तमा सहमतीय आधारमा प्रभुत्व स्थापित गर्न खोजिएको छापामारको छोराका क्रियाकलापको अवलोकनबाट समाख्याताको मनमा छापामारप्रति उब्जिएको परिवर्तित दृष्टिकोणले ज्ञानउत्पादनमा सहयोग पु¥याएको लेखकीय दृष्टिकोण तटस्थ नरहेको विषयमा विमर्श भएको छ ।.
Related Results
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...
'अभागी' कथामा परिवेशविधान
'अभागी' कथामा परिवेशविधान
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढा...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
चीत्कार कथामा सीमान्तीयता
चीत्कार कथामा सीमान्तीयता
प्रस्तुत लेख चीत्कार कथामा चित्रित वादी समुदायका महिलाहरूको सीमान्तीय अवस्थाको विश्लेषणमा केन्द्रित छ । सामाजिक यथार्थवादी तथा प्रगतिवादी कथाकार धु्रव सापकोटाद्वारा रचित यस कथाले आ...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
सहिद कथामा सांस्कृतिक अध्ययन
सहिद कथामा सांस्कृतिक अध्ययन
गुरु प्रसाद मैनालीद्वारा रचित ‘सहिद’ कथा ‘नासो’ कथा सङ्ग्रहमा सङ्गृहित एक कालजयी कथा हो । कथामा एक शिक्षक पात्रले तत्कालीन राणाकालीन सामन्ती व्यवस्था (वि.सं. १९५७–२०२८) मा विद्यमान...
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा विश्व की प्राचीनतम एवं समृद्ध ज्ञान-धाराओं में से एक है, जिसने मानव जीवन के दार्शनिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक और नैतिक पक्षों को व्यापक रूप से प्रभावित ...

