Javascript must be enabled to continue!
फुटपाथ मिनिस्टर कथामा सबाल्टर्न : बालमनोविज्ञानको समालोचनात्मक अध्ययन
View through CrossRef
प्रस्तुत अध्ययन कक्षा ११ मा अध्यापन गराइने ‘फुटपाथ मिनिस्टर’ कथामा देखिएको सवाल्टर्न चेतनाको उद्घाटनमा केन्द्रित छ । सबाल्टर्न अध्ययन पुँजीवादी समाजमा व्याप्त सांस्कृतिक अध्ययनभित्रको एक नवीन सैद्धान्तिक अवधारणा हो । यसले समाजका दलित, जनजाति, महिला, अल्पसङ्ख्यक, पिछडिएका वर्ग, असहाय वर्गको प्रतिनिधित्व गर्दछ । २१ औँ शताब्दीमा पिछडीएको वर्गका आवाजलाई मुखरित गर्ने सबाल्टर्नको अवधारणा, विकास, बहुअर्थक प्रयोग, शब्दको अर्थमा देखिएको अस्पष्टता तथा कक्षा ११ मा अध्यापन गराइने फुटपाथ मिनिस्टर कथाले बालमस्तिष्कमा पार्ने प्रभावका बारेमा अध्ययन गर्नु यस अनुसन्धानको प्रमुख उद्देश्य रहेको छ । इटालीका दार्शनिक एन्टोनियो ग्राम्सी (Antonio Gramsci) ले सन् १९२९–१९३५ को बिचमा तत्कालीन फासिस्ट शासनद्वारा जेलमा बन्दी बनाइएका बेला लेखेका नोटहरू, टिप्पणीहरू र वैचारिक लेखनहरूको संग्रह Prison Notebooks मा सबाल्टर्न सम्बन्धी सिद्धान्तमा आधारित रहेर मिस्रित विधिको प्रयोग गरी अध्ययन गरिएको यो लेखले नेपाली समाजमा व्याप्त विभिन्न खाले विभेदलाई उजागर गरेको छ ।
कक्षा ११ मा कुल ३५ जना ऐच्छिक नेपाली विषय लिई अध्ययनरत विद्यार्थीहरु मध्ये ८६ प्रतिशतले सबाल्टर्नलाई दलित, महिला, बालबालिका र श्रमिक क्षेत्रमा कार्यरत र पछि पारिएका समूहसँग आवद्ध गरेका छन । यसैगरी ८० प्रतिशतले यसलाई मौन होइन, प्रतिरोधी समूहका रूपमा बुझेका छन् भने ८३ प्रतिशतले यसको मुख्य समस्या शक्ति संरचनामा पहुँच नहुनुलाई मानेका छन् । ८९ प्रतिशतले साहित्य, सामाजिक सञ्जाल र आन्दोलनमार्फत यसको प्रभाव बुझेका अभिव्यक्ति दिएका छन् भने ७७ प्रतिशतले सबाल्टर्न अवधारणा जटिल र बहुअर्थक भएको बताएका छन् । बहुसङ्ख्यक ९४ प्रतिशतले निरीह तथा गरिब बालजीवनको प्रतिनिधित्व गरेको महसुस गरेका छन् । प्रस्तुत कथाले सामाजिक यथार्थ उजागर गरेको धारणा ९१ प्रतिशत विद्यार्थीहरुमा रहेको देखिन्छ भने ८६ प्रतिशतले यसबाट करुणा र सामाजिक जिम्मेवारी सिकाएको बताएका छन् ।
Title: फुटपाथ मिनिस्टर कथामा सबाल्टर्न : बालमनोविज्ञानको समालोचनात्मक अध्ययन
Description:
प्रस्तुत अध्ययन कक्षा ११ मा अध्यापन गराइने ‘फुटपाथ मिनिस्टर’ कथामा देखिएको सवाल्टर्न चेतनाको उद्घाटनमा केन्द्रित छ । सबाल्टर्न अध्ययन पुँजीवादी समाजमा व्याप्त सांस्कृतिक अध्ययनभित्रको एक नवीन सैद्धान्तिक अवधारणा हो । यसले समाजका दलित, जनजाति, महिला, अल्पसङ्ख्यक, पिछडिएका वर्ग, असहाय वर्गको प्रतिनिधित्व गर्दछ । २१ औँ शताब्दीमा पिछडीएको वर्गका आवाजलाई मुखरित गर्ने सबाल्टर्नको अवधारणा, विकास, बहुअर्थक प्रयोग, शब्दको अर्थमा देखिएको अस्पष्टता तथा कक्षा ११ मा अध्यापन गराइने फुटपाथ मिनिस्टर कथाले बालमस्तिष्कमा पार्ने प्रभावका बारेमा अध्ययन गर्नु यस अनुसन्धानको प्रमुख उद्देश्य रहेको छ । इटालीका दार्शनिक एन्टोनियो ग्राम्सी (Antonio Gramsci) ले सन् १९२९–१९३५ को बिचमा तत्कालीन फासिस्ट शासनद्वारा जेलमा बन्दी बनाइएका बेला लेखेका नोटहरू, टिप्पणीहरू र वैचारिक लेखनहरूको संग्रह Prison Notebooks मा सबाल्टर्न सम्बन्धी सिद्धान्तमा आधारित रहेर मिस्रित विधिको प्रयोग गरी अध्ययन गरिएको यो लेखले नेपाली समाजमा व्याप्त विभिन्न खाले विभेदलाई उजागर गरेको छ ।
कक्षा ११ मा कुल ३५ जना ऐच्छिक नेपाली विषय लिई अध्ययनरत विद्यार्थीहरु मध्ये ८६ प्रतिशतले सबाल्टर्नलाई दलित, महिला, बालबालिका र श्रमिक क्षेत्रमा कार्यरत र पछि पारिएका समूहसँग आवद्ध गरेका छन । यसैगरी ८० प्रतिशतले यसलाई मौन होइन, प्रतिरोधी समूहका रूपमा बुझेका छन् भने ८३ प्रतिशतले यसको मुख्य समस्या शक्ति संरचनामा पहुँच नहुनुलाई मानेका छन् । ८९ प्रतिशतले साहित्य, सामाजिक सञ्जाल र आन्दोलनमार्फत यसको प्रभाव बुझेका अभिव्यक्ति दिएका छन् भने ७७ प्रतिशतले सबाल्टर्न अवधारणा जटिल र बहुअर्थक भएको बताएका छन् । बहुसङ्ख्यक ९४ प्रतिशतले निरीह तथा गरिब बालजीवनको प्रतिनिधित्व गरेको महसुस गरेका छन् । प्रस्तुत कथाले सामाजिक यथार्थ उजागर गरेको धारणा ९१ प्रतिशत विद्यार्थीहरुमा रहेको देखिन्छ भने ८६ प्रतिशतले यसबाट करुणा र सामाजिक जिम्मेवारी सिकाएको बताएका छन् ।.
Related Results
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
प्रस्तुत लेखमा कथाकार मनु ब्राजाकीद्वारा लिखित मा¥यो च्याङ्बा मा¥यो असिनामा पा¥यो कथालार्ई सबाल्टर्न सिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहास विहीन भएका वा बनाइएका ...
तपन उपन्यासमा सबाल्टर्न चेतना
तपन उपन्यासमा सबाल्टर्न चेतना
प्रस्तुत शोधलेख शरद पौडेलद्वारा लिखित तपन उपन्यासको सबाल्टर्न चेतनाका आधारमा अध्ययन गरिएको छ । ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणालाई लिएर रन्जित गुहाको नेतृत्वमा भारतमा सन् १९८२ द...
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
प्रस्तुत लेखमा नारायण ढकालको ‘इरफान अली’ कथालाई सबाल्टर्न अध्ययनका दृष्टिले विश्लेषण गरिएको छ । सबाल्टर्न शब्दले सामान्यतः वर्ग, लिङ्ग, जाति, उमेर, भाषा, कार्यगत दर्जालगायत हरेक हि...
‘राजनीति’ कथामा सबाल्टर्न 'Rajniti' Kathama Subaltarn
‘राजनीति’ कथामा सबाल्टर्न 'Rajniti' Kathama Subaltarn
प्रस्तुत लेखमा कथाकार नारायण ढकालद्वारा लिखित ‘राजनीति’ कथालाई सबाल्टर्नसिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । समाजमा सदियौंदेखि रहेर अमूल्य योगदान गरेपनि इतिहास लुकाइएका, अधिकार ख...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको प्रवेशसँगै अन्तर्विषयकताले पनि प्र...