Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan

View through CrossRef
प्रस्तुत लेखमा कथाकार मनु ब्राजाकीद्वारा लिखित मा¥यो च्याङ्बा मा¥यो असिनामा पा¥यो कथालार्ई सबाल्टर्न सिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहास विहीन भएका वा बनाइएका समाजका किनारामा रहेका आवाज विहीन तथा अधिकार विहीन समूदाय नै सबाल्टर्न वर्ग हुन् । सबाल्टर्न एउटा बृहत् सिद्धान्त हो । यसभित्र सबै प्रकारका विभेदहरूका कारण किनारीकृत हुन पुगेका सबै शोषित पीडितहरू अटाउन सक्ने भए पनि यस लेखमा प्रस्तुत कथामा सबाल्टर्न वर्गको वर्गीय, लैङ्गिक र जातीय अवस्था पहिचान गरी समाजमा (कथामा) उनीहरूकोे स्थान, उनीहरूमाथिको प्रभुत्व र उनीहरूको प्रतिरोधको अवस्थाको विश्लेषण गरिएको छ । यस कथामा वर्गीय दृष्टिले निम्न वर्ग, जातीय दृष्टिले निम्न जात (अछुत) र लैङ्गिक दृष्टिले नारी सबाल्टर्न पात्रका रूपमा देखिएका छन् भने उनीहरूको प्रतिनिधित्व समाजसापेक्ष छ, उच्च वर्गीय प्रभुत्वको चक्रमा पिसिएकै कारण उनीहरू सबाल्टर्न हुन पुगेका भए पनि उनीहरूमा प्रतिरोध चेतना न्यून रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।
Title: “मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
Description:
प्रस्तुत लेखमा कथाकार मनु ब्राजाकीद्वारा लिखित मा¥यो च्याङ्बा मा¥यो असिनामा पा¥यो कथालार्ई सबाल्टर्न सिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहास विहीन भएका वा बनाइएका समाजका किनारामा रहेका आवाज विहीन तथा अधिकार विहीन समूदाय नै सबाल्टर्न वर्ग हुन् । सबाल्टर्न एउटा बृहत् सिद्धान्त हो । यसभित्र सबै प्रकारका विभेदहरूका कारण किनारीकृत हुन पुगेका सबै शोषित पीडितहरू अटाउन सक्ने भए पनि यस लेखमा प्रस्तुत कथामा सबाल्टर्न वर्गको वर्गीय, लैङ्गिक र जातीय अवस्था पहिचान गरी समाजमा (कथामा) उनीहरूकोे स्थान, उनीहरूमाथिको प्रभुत्व र उनीहरूको प्रतिरोधको अवस्थाको विश्लेषण गरिएको छ । यस कथामा वर्गीय दृष्टिले निम्न वर्ग, जातीय दृष्टिले निम्न जात (अछुत) र लैङ्गिक दृष्टिले नारी सबाल्टर्न पात्रका रूपमा देखिएका छन् भने उनीहरूको प्रतिनिधित्व समाजसापेक्ष छ, उच्च वर्गीय प्रभुत्वको चक्रमा पिसिएकै कारण उनीहरू सबाल्टर्न हुन पुगेका भए पनि उनीहरूमा प्रतिरोध चेतना न्यून रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।.

Related Results

हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
निद्रा आएन कथाको रचनाविधान
निद्रा आएन कथाको रचनाविधान
प्रस्तुत अध्ययन ‘निद्रा आएन कथाको रचनाविधान’ विश्लेषणमा आधारित छ । कथाको रचनाविधानले कथाको निर्माणप्रक्रियालाई बुझाउँछ । कथाको रचनाविधानको अध्ययनबाट कथाको समग्र रूपाकृतिको निरूपण ग...
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
प्रस्तुत लेखमा नारायण ढकालको ‘इरफान अली’ कथालाई सबाल्टर्न अध्ययनका दृष्टिले विश्लेषण गरिएको छ । सबाल्टर्न शब्दले सामान्यतः वर्ग, लिङ्ग, जाति, उमेर, भाषा, कार्यगत दर्जालगायत हरेक हि...
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...
तपन उपन्यासमा सबाल्टर्न चेतना
तपन उपन्यासमा सबाल्टर्न चेतना
प्रस्तुत शोधलेख शरद पौडेलद्वारा लिखित तपन उपन्यासको सबाल्टर्न चेतनाका आधारमा अध्ययन गरिएको छ । ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणालाई लिएर रन्जित गुहाको नेतृत्वमा भारतमा सन् १९८२ द...
बसाइँ उपन्यासमा सबाल्टर्न
बसाइँ उपन्यासमा सबाल्टर्न
प्रस्तुत लेख बसाइँ उपन्यासको सबाल्टर्न विश्लेषणमा केन्द्रित छ । यस लेखमा सामग्रीको सङ्कलन पुस्तकालयीय पद्धतिबाट भएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषणमा आधारित विश्लेषण ढाँ...
‘राजनीति’ कथामा सबाल्टर्न 'Rajniti' Kathama Subaltarn
‘राजनीति’ कथामा सबाल्टर्न 'Rajniti' Kathama Subaltarn
प्रस्तुत लेखमा कथाकार नारायण ढकालद्वारा लिखित ‘राजनीति’ कथालाई सबाल्टर्नसिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । समाजमा सदियौंदेखि रहेर अमूल्य योगदान गरेपनि इतिहास लुकाइएका, अधिकार ख...
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण श...

Back to Top