Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}

View through CrossRef
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिमतिर भाइभारदारहरूलाई दरबारमा भेला गराएर राजकाजका निम्ति अत्यावश्यक नीति समेटेर दिएको मार्गदर्शन वा सूक्ति सङ्ग्रहलाई ‘दिव्योपदेश (१८३१) भनिन्छ । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयीय कार्यको प्रयोग गरेर प्राथमिक तथा द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी उक्त सामग्रीहरुको अध्ययनबाट प्राप्त भएका वस्तुतथ्यलाई तर्क, प्रमाण र दृष्टान्तका आधारमा पुष्टि गरिएको छ । अत्यावश्यक ठाउँमा पूर्वअध्येताहरूसँग संवाद गर्दै आलेखलाई पूर्णता दिइएको हो । सूक्तिको सैद्धान्तिक धरातल र ऐतिहासिक पृष्ठभूमिमा रहेर दिव्योपदेशमा व्यक्त सूक्तिहरूको विश्लेषण गर्दा अर्थनीति, उपदेश परम्परा, कूटनीति, कृषि तथा व्यापार, धर्मसंस्कृति, परराष्ट्रनीति, युद्धनीति, राजनीति, राष्ट्रप्रेमजस्ता चललाई मुख्य आधार मानी उक्त चलका आधारमा अध्ययन विश्लेषण गर्दा दिव्योपदेश सूक्तिका हिसाबले उत्कृष्ट नमुना देखिएको छ । शाहलेआफ्ना भाइभारदारहरूलाई विभिन्न विषय समेटी छरिएकै रूपमा महत्त्वपूर्ण अर्ती–उपदेश दिएका छन् । दिव्योपदेशमा व्यक्त विचार, अनुभव र अनुभूति समयसापेक्ष, ओजन्दार र गहन छन् । यस्तो महत्त्वपूर्ण कृतिको सूक्तिका आधारमा विश्लेषण भएकोपाइँदैन । तसर्थ यस आलेखमा यही रिक्ततालाई पूर्णता दिने काम गरिएको छ । विभिन्न चलहरूका आधारमा दिव्योपदेशमा प्रस्तुत सूक्तिहरूको विश्लेषण नयाँ कार्य भएकालेयस आलेखको औचित्य पुष्टि हुन्छ । समाजशास्त्रीय कोणबाट पनि अध्ययन गर्न मिल्नेदिव्योपदेशलाई यहाँ सूक्तिको सैद्धान्तिक अवधारणाका आधारमा चलहरू चयन गरी त्यही आधारमा विश्लेषण गरी समयसापेक्षित महत्व रहेको निष्कर्ष दिइएको छ ।
Title: दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
Description:
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिमतिर भाइभारदारहरूलाई दरबारमा भेला गराएर राजकाजका निम्ति अत्यावश्यक नीति समेटेर दिएको मार्गदर्शन वा सूक्ति सङ्ग्रहलाई ‘दिव्योपदेश (१८३१) भनिन्छ । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयीय कार्यको प्रयोग गरेर प्राथमिक तथा द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी उक्त सामग्रीहरुको अध्ययनबाट प्राप्त भएका वस्तुतथ्यलाई तर्क, प्रमाण र दृष्टान्तका आधारमा पुष्टि गरिएको छ । अत्यावश्यक ठाउँमा पूर्वअध्येताहरूसँग संवाद गर्दै आलेखलाई पूर्णता दिइएको हो । सूक्तिको सैद्धान्तिक धरातल र ऐतिहासिक पृष्ठभूमिमा रहेर दिव्योपदेशमा व्यक्त सूक्तिहरूको विश्लेषण गर्दा अर्थनीति, उपदेश परम्परा, कूटनीति, कृषि तथा व्यापार, धर्मसंस्कृति, परराष्ट्रनीति, युद्धनीति, राजनीति, राष्ट्रप्रेमजस्ता चललाई मुख्य आधार मानी उक्त चलका आधारमा अध्ययन विश्लेषण गर्दा दिव्योपदेश सूक्तिका हिसाबले उत्कृष्ट नमुना देखिएको छ । शाहलेआफ्ना भाइभारदारहरूलाई विभिन्न विषय समेटी छरिएकै रूपमा महत्त्वपूर्ण अर्ती–उपदेश दिएका छन् । दिव्योपदेशमा व्यक्त विचार, अनुभव र अनुभूति समयसापेक्ष, ओजन्दार र गहन छन् । यस्तो महत्त्वपूर्ण कृतिको सूक्तिका आधारमा विश्लेषण भएकोपाइँदैन । तसर्थ यस आलेखमा यही रिक्ततालाई पूर्णता दिने काम गरिएको छ । विभिन्न चलहरूका आधारमा दिव्योपदेशमा प्रस्तुत सूक्तिहरूको विश्लेषण नयाँ कार्य भएकालेयस आलेखको औचित्य पुष्टि हुन्छ । समाजशास्त्रीय कोणबाट पनि अध्ययन गर्न मिल्नेदिव्योपदेशलाई यहाँ सूक्तिको सैद्धान्तिक अवधारणाका आधारमा चलहरू चयन गरी त्यही आधारमा विश्लेषण गरी समयसापेक्षित महत्व रहेको निष्कर्ष दिइएको छ ।.

Related Results

व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
प्रस्तुत लेखमा कथाकार मनु ब्राजाकीद्वारा लिखित मा¥यो च्याङ्बा मा¥यो असिनामा पा¥यो कथालार्ई सबाल्टर्न सिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहास विहीन भएका वा बनाइएका ...
प्रबन्ध वक्रताका आधारमा खै–खै निबन्धको विश्लेषण Prabandha Wakratakaa Aadharma Khai Khai Nibandhako Vishleshan
प्रबन्ध वक्रताका आधारमा खै–खै निबन्धको विश्लेषण Prabandha Wakratakaa Aadharma Khai Khai Nibandhako Vishleshan
आचार्य कुन्तकको वक्रोक्ति सिद्धान्त पूर्वीय समालोचना सिद्धान्तमध्ये समन्वयवादी सिद्धान्तका रूपमा रहेको छ । वस्तुगत तथ्यमा आधारित रहेर काव्य रचनाको विश्लेषण गरिने भएकाले वक्रोक्ति स...
महाकाव्यका मानक तत्वका आधारमा मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कन
महाकाव्यका मानक तत्वका आधारमा मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कन
प्रस्तुत लेख भानुभक्त पोखरेलको मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कनसँग सम्बन्धित छ । यस लेखमा मृत्युञ्जय महाकाव्यमा स्थापित महाकाव्यका मानक तत्वहरूलाई अध्ययनको समस्या मानि...
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
सङ्कथन भनेको वाक्यको निरन्तर प्रवाह हो । सम्बद्धक र सम्बद्धन यसका प्रकारहरू हुन् । सम्बद्धकका व्याकरणिक र कोशीय दुई प्रकार हुन्छन् । सम्बद्धनका विभिन्न युक्तिहरू छन् । यिनका आधारमा...
मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य
मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य
प्रस्तुत अनुसन्धानमूलक लेख मान्छेका रङहरू कवितासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कवितासङ्ग्रहका लेखक कवि वनमाली निराकार हुन् । उनको यस कृतिमा मानवीय प्रवृत्तिमाथिको...

Back to Top