Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}

View through CrossRef
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिमतिर भाइभारदारहरूलाई दरबारमा भेला गराएर राजकाजका निम्ति अत्यावश्यक नीति समेटेर दिएको मार्गदर्शन वा सूक्ति सङ्ग्रहलाई ‘दिव्योपदेश (१८३१) भनिन्छ । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयीय कार्यको प्रयोग गरेर प्राथमिक तथा द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी उक्त सामग्रीहरुको अध्ययनबाट प्राप्त भएका वस्तुतथ्यलाई तर्क, प्रमाण र दृष्टान्तका आधारमा पुष्टि गरिएको छ । अत्यावश्यक ठाउँमा पूर्वअध्येताहरूसँग संवाद गर्दै आलेखलाई पूर्णता दिइएको हो । सूक्तिको सैद्धान्तिक धरातल र ऐतिहासिक पृष्ठभूमिमा रहेर दिव्योपदेशमा व्यक्त सूक्तिहरूको विश्लेषण गर्दा अर्थनीति, उपदेश परम्परा, कूटनीति, कृषि तथा व्यापार, धर्मसंस्कृति, परराष्ट्रनीति, युद्धनीति, राजनीति, राष्ट्रप्रेमजस्ता चललाई मुख्य आधार मानी उक्त चलका आधारमा अध्ययन विश्लेषण गर्दा दिव्योपदेश सूक्तिका हिसाबले उत्कृष्ट नमुना देखिएको छ । शाहलेआफ्ना भाइभारदारहरूलाई विभिन्न विषय समेटी छरिएकै रूपमा महत्त्वपूर्ण अर्ती–उपदेश दिएका छन् । दिव्योपदेशमा व्यक्त विचार, अनुभव र अनुभूति समयसापेक्ष, ओजन्दार र गहन छन् । यस्तो महत्त्वपूर्ण कृतिको सूक्तिका आधारमा विश्लेषण भएकोपाइँदैन । तसर्थ यस आलेखमा यही रिक्ततालाई पूर्णता दिने काम गरिएको छ । विभिन्न चलहरूका आधारमा दिव्योपदेशमा प्रस्तुत सूक्तिहरूको विश्लेषण नयाँ कार्य भएकालेयस आलेखको औचित्य पुष्टि हुन्छ । समाजशास्त्रीय कोणबाट पनि अध्ययन गर्न मिल्नेदिव्योपदेशलाई यहाँ सूक्तिको सैद्धान्तिक अवधारणाका आधारमा चलहरू चयन गरी त्यही आधारमा विश्लेषण गरी समयसापेक्षित महत्व रहेको निष्कर्ष दिइएको छ ।
Title: दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
Description:
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिमतिर भाइभारदारहरूलाई दरबारमा भेला गराएर राजकाजका निम्ति अत्यावश्यक नीति समेटेर दिएको मार्गदर्शन वा सूक्ति सङ्ग्रहलाई ‘दिव्योपदेश (१८३१) भनिन्छ । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयीय कार्यको प्रयोग गरेर प्राथमिक तथा द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी उक्त सामग्रीहरुको अध्ययनबाट प्राप्त भएका वस्तुतथ्यलाई तर्क, प्रमाण र दृष्टान्तका आधारमा पुष्टि गरिएको छ । अत्यावश्यक ठाउँमा पूर्वअध्येताहरूसँग संवाद गर्दै आलेखलाई पूर्णता दिइएको हो । सूक्तिको सैद्धान्तिक धरातल र ऐतिहासिक पृष्ठभूमिमा रहेर दिव्योपदेशमा व्यक्त सूक्तिहरूको विश्लेषण गर्दा अर्थनीति, उपदेश परम्परा, कूटनीति, कृषि तथा व्यापार, धर्मसंस्कृति, परराष्ट्रनीति, युद्धनीति, राजनीति, राष्ट्रप्रेमजस्ता चललाई मुख्य आधार मानी उक्त चलका आधारमा अध्ययन विश्लेषण गर्दा दिव्योपदेश सूक्तिका हिसाबले उत्कृष्ट नमुना देखिएको छ । शाहलेआफ्ना भाइभारदारहरूलाई विभिन्न विषय समेटी छरिएकै रूपमा महत्त्वपूर्ण अर्ती–उपदेश दिएका छन् । दिव्योपदेशमा व्यक्त विचार, अनुभव र अनुभूति समयसापेक्ष, ओजन्दार र गहन छन् । यस्तो महत्त्वपूर्ण कृतिको सूक्तिका आधारमा विश्लेषण भएकोपाइँदैन । तसर्थ यस आलेखमा यही रिक्ततालाई पूर्णता दिने काम गरिएको छ । विभिन्न चलहरूका आधारमा दिव्योपदेशमा प्रस्तुत सूक्तिहरूको विश्लेषण नयाँ कार्य भएकालेयस आलेखको औचित्य पुष्टि हुन्छ । समाजशास्त्रीय कोणबाट पनि अध्ययन गर्न मिल्नेदिव्योपदेशलाई यहाँ सूक्तिको सैद्धान्तिक अवधारणाका आधारमा चलहरू चयन गरी त्यही आधारमा विश्लेषण गरी समयसापेक्षित महत्व रहेको निष्कर्ष दिइएको छ ।.

Related Results

दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
प्रस्तुत लेखमा कथाकार मनु ब्राजाकीद्वारा लिखित मा¥यो च्याङ्बा मा¥यो असिनामा पा¥यो कथालार्ई सबाल्टर्न सिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहास विहीन भएका वा बनाइएका ...
प्रबन्ध वक्रताका आधारमा खै–खै निबन्धको विश्लेषण Prabandha Wakratakaa Aadharma Khai Khai Nibandhako Vishleshan
प्रबन्ध वक्रताका आधारमा खै–खै निबन्धको विश्लेषण Prabandha Wakratakaa Aadharma Khai Khai Nibandhako Vishleshan
आचार्य कुन्तकको वक्रोक्ति सिद्धान्त पूर्वीय समालोचना सिद्धान्तमध्ये समन्वयवादी सिद्धान्तका रूपमा रहेको छ । वस्तुगत तथ्यमा आधारित रहेर काव्य रचनाको विश्लेषण गरिने भएकाले वक्रोक्ति स...
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
समाजशास्त्री एवम् मानवशास्त्रीहरूले परिवारलाई सामाजिक र जैविक दुवै खालको सम्बन्धको एकीकृत स्वरूपको रूपमा चर्चा गर्ने गरेका छन् । यसै सन्दर्भमा यस आलेखको मूल ध्येय सामाजिक मानवशास्त...
भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
नेपालमा उच्च शिक्षाको सुरुवात वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगल...
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रू...

Back to Top