Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार

View through CrossRef
समाजशास्त्री एवम् मानवशास्त्रीहरूले परिवारलाई सामाजिक र जैविक दुवै खालको सम्बन्धको एकीकृत स्वरूपको रूपमा चर्चा गर्ने गरेका छन् । यसै सन्दर्भमा यस आलेखको मूल ध्येय सामाजिक मानवशास्त्रीय सैद्धान्तिक दृष्टिका आधारमा पारिवारिक सम्बन्धलाई विश्लेषण गर्नु रहेको छ । यस अनुसन्धानमा उद्देश्य प्राप्तीका लागि गुणात्मक अनुसन्धान ढाँचा अन्तर्गत अन्तरवस्तु विश्लेषण विधिको प्रयोग गरी प्राप्त भएका सूचनाहरूलाई अन्तरवस्तु विश्लेषण विधिकै माध्यमबाट विश्लेषण गरिएको छ । परिवार सामाजिक संरचनाको एक अधारभूत तत्वको रूपमा रहेको पाईयो । परिवारको उत्पत्ति सम्वन्धमा समाजशास्त्री एवम् मानवशास्त्रीहरूका बीचमा फरक–फरक धारणा रहेको देखियो । उद्विकासवादी दृष्टिले परिवारको स्वरूप क्रमिक रूपमा विकास हुँदै आएको तर प्रसारवादी दृष्टिकोणअनुसार पारिवारिक संरचना कुनै ठाउँ विशेषमा रहेको परिवारबाट निर्माण भएर सर्दा–सर्दै खास स्वरूपमा आईपुगेको हो । यी दुई सिद्धान्तको मत परस्पर विपरित रहेको देखिन्छ । सांस्कृतिक पर्यावरण र प्रतीकवादी सैदान्तिक अवधारणाले जीविकोपार्जनको विधि एवम् प्रतीकको अर्थ खास खालको भौगोलिक परिवेश तथा पर्यावरणीय स्वरूपमा निर्भर रहन्छ भन्ने कुरामा जोड दिएको छ । जैविकीय समाजशास्त्रीय दृष्टिले भने पारिवारिक संरचना तथा परिवारभित्र अवलम्बन गरिने सम्पुर्ण मानवीय ब्यबहारहरू जैविक गुण तथा वंशानुगत गुण ‘जीन’ बाट प्रभावित हुने तर्क गरेको छ । परिवारभित्र कायम रहने मानवीय सम्बन्धका स्वरूपहरूको गहिराई पहिल्याउन एउटै दृष्टिकोणबाट मात्र अध्ययन गरेर सम्भव नहुने रहेछ भन्ने निचोडम प्राप्त भयो ।
Title: सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
Description:
समाजशास्त्री एवम् मानवशास्त्रीहरूले परिवारलाई सामाजिक र जैविक दुवै खालको सम्बन्धको एकीकृत स्वरूपको रूपमा चर्चा गर्ने गरेका छन् । यसै सन्दर्भमा यस आलेखको मूल ध्येय सामाजिक मानवशास्त्रीय सैद्धान्तिक दृष्टिका आधारमा पारिवारिक सम्बन्धलाई विश्लेषण गर्नु रहेको छ । यस अनुसन्धानमा उद्देश्य प्राप्तीका लागि गुणात्मक अनुसन्धान ढाँचा अन्तर्गत अन्तरवस्तु विश्लेषण विधिको प्रयोग गरी प्राप्त भएका सूचनाहरूलाई अन्तरवस्तु विश्लेषण विधिकै माध्यमबाट विश्लेषण गरिएको छ । परिवार सामाजिक संरचनाको एक अधारभूत तत्वको रूपमा रहेको पाईयो । परिवारको उत्पत्ति सम्वन्धमा समाजशास्त्री एवम् मानवशास्त्रीहरूका बीचमा फरक–फरक धारणा रहेको देखियो । उद्विकासवादी दृष्टिले परिवारको स्वरूप क्रमिक रूपमा विकास हुँदै आएको तर प्रसारवादी दृष्टिकोणअनुसार पारिवारिक संरचना कुनै ठाउँ विशेषमा रहेको परिवारबाट निर्माण भएर सर्दा–सर्दै खास स्वरूपमा आईपुगेको हो । यी दुई सिद्धान्तको मत परस्पर विपरित रहेको देखिन्छ । सांस्कृतिक पर्यावरण र प्रतीकवादी सैदान्तिक अवधारणाले जीविकोपार्जनको विधि एवम् प्रतीकको अर्थ खास खालको भौगोलिक परिवेश तथा पर्यावरणीय स्वरूपमा निर्भर रहन्छ भन्ने कुरामा जोड दिएको छ । जैविकीय समाजशास्त्रीय दृष्टिले भने पारिवारिक संरचना तथा परिवारभित्र अवलम्बन गरिने सम्पुर्ण मानवीय ब्यबहारहरू जैविक गुण तथा वंशानुगत गुण ‘जीन’ बाट प्रभावित हुने तर्क गरेको छ । परिवारभित्र कायम रहने मानवीय सम्बन्धका स्वरूपहरूको गहिराई पहिल्याउन एउटै दृष्टिकोणबाट मात्र अध्ययन गरेर सम्भव नहुने रहेछ भन्ने निचोडम प्राप्त भयो ।.

Related Results

नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...
सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू
सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू
सामाजिक विभेद र उत्पीडनले महिला, दलित, जनजाति, मधेसी, गरिब तथा अल्प सङ्ख्यक सबैलाई चोट दिएको छ । उनीहरूलाई समाजमा अरूकै हाराहारीमा पुग्न कयौँ वर्ष लाग्न सक्छ । यसैलाई मध्यनजर गरी न...
पं० जगन्नाथ के लोक साहित्य में सामाजिक मूल्य
पं० जगन्नाथ के लोक साहित्य में सामाजिक मूल्य
सामाजिक मूल्य वे सिद्धांत हैं जो किसी भी समाज में लोगों के व्यवहार और क्रियाओं को नियंत्रित करते हैं। ये मूल्य सामाजिक व्यवहार, संवेदनशीलता और पारस्परिक सम्मान पर आधारित होते हैं औ...
Jagdish Chandra Gupta's poetry: Social concerns
Jagdish Chandra Gupta's poetry: Social concerns
Literature is a powerful medium of expression of social consciousness. A writer or poet is also a member of the society, who has his own social position, he is also social. Literat...
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
‘ख्वपदेश’ भादगाउँले (भक्तपुरे) समाजको सामाजिक र सांस्कृतिक पक्षलाई ऐतिहासिक परिवेशमा राखेर सिर्जना गरिएको उपन्यास हो । भादगाउँले समाजका रीतिस्थिति, प्रथा परम्परा, चालचलन र त्यहाँ व...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
सहनशीला सुशीला नाटकमा नारी उत्पीडन
सहनशीला सुशीला नाटकमा नारी उत्पीडन
प्रस्तुत अनुसन्धानात्मक लेखमा नारीवादी सैद्धान्तिक मान्यताअन्तर्गत नारी उत्पीडनका आधारहरू प्रस्तुत गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाभित्र नारीले झेल्ने उत्पीडनलाई जैविकीय आधा...
उपन्यासकार हृदय चन्द्रसिंह प्रधान: प्रगतिवादका कोसेढुङ्गो
उपन्यासकार हृदय चन्द्रसिंह प्रधान: प्रगतिवादका कोसेढुङ्गो
प्रस्तुत लेख आधुनिक नेपाली उपन्यासकार हृदय चन्द्रसिंह प्रधानमा केन्द्रित छ । प्रधानद्वारा स्वास्नीमान्छे (२०११) र एकचिहान (२०१७) गरी दुई उपन्यास रचना गरिएको छ । यी रचनामा जनक्रान्त...

Back to Top