Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण

View through CrossRef
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रूपमा लिई संरचनागत विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन खासगरी लोकगीतको (विधातात्त्विक तथा लोकतात्त्विक) सैद्धान्तिक परिधिभित्र रही अवधारणात्मक रूपमा अध्ययन अगाडि बढाइएको छ । यसमा लोकगीतका तत्त्वहरुका आधारमा नेपालको गोरखा जिल्लाको मनकामना र तनहुँको बन्दीपुर लगायत सेरोफेरोको लोक जीवनमा प्रचलित ‘फूलपाती भाकेर मनकामना, आयो बन्दीपुर’ शीर्षकको गीत/लोकगीतको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । गीत/लोकगीतको आफ्नो विधागत संरचना हुन्छ भने यो सोद्देश्यपूर्ण पनि हुन्छ । अन्तर्वार्ता तथा पुुस्तकालयीय विधिबाट प्राप्त तथ्यङ्कहरुलाई विश्लेषण गर्दा प्रस्तुत गीतमा जनजिब्रोका शब्दहरु प्रयोग भएको तथा लय, छन्द, अन्तराका लागि पुनरावृत्ति देखिएको छ । धार्मिक (मनकामना), आर्थिक (फुलहरु बेच्ने र किन्ने), भौगोलिक (गोरखा, तनहुँ) विशेषता जगाउने शब्दावली प्रयोग भएको पाइयो । प्रस्तुत गीत/लोकगीतमा ग्रामीण जनजीवनका सामाजिक चालचलन, संस्कार, रीतिथिति एवम् परम्परा र लोक विश्वासहरु कथ्य विषयका रूपमा आएका छन् । यससँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथै सरल ग्रामीण जीवनको सहज जीवन भोगाइलाई प्रतिविम्बित गर्ने उद्देश्य पनि यस गीतको रहेको छ । अध्ययनबाट प्रस्तुत गीत÷लोकगीत विधातात्त्विक संरचनाका दृष्टिले मात्र नभएर ग्रामीण जनजीवनको यथार्थ एवम् स्वाभाविक अभिव्यक्तिका दृष्टिले पनि महत्त्वपूर्ण रहेको तथ्य प्राप्त भएको छ ।
Title: ‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
Description:
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रूपमा लिई संरचनागत विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन खासगरी लोकगीतको (विधातात्त्विक तथा लोकतात्त्विक) सैद्धान्तिक परिधिभित्र रही अवधारणात्मक रूपमा अध्ययन अगाडि बढाइएको छ । यसमा लोकगीतका तत्त्वहरुका आधारमा नेपालको गोरखा जिल्लाको मनकामना र तनहुँको बन्दीपुर लगायत सेरोफेरोको लोक जीवनमा प्रचलित ‘फूलपाती भाकेर मनकामना, आयो बन्दीपुर’ शीर्षकको गीत/लोकगीतको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । गीत/लोकगीतको आफ्नो विधागत संरचना हुन्छ भने यो सोद्देश्यपूर्ण पनि हुन्छ । अन्तर्वार्ता तथा पुुस्तकालयीय विधिबाट प्राप्त तथ्यङ्कहरुलाई विश्लेषण गर्दा प्रस्तुत गीतमा जनजिब्रोका शब्दहरु प्रयोग भएको तथा लय, छन्द, अन्तराका लागि पुनरावृत्ति देखिएको छ । धार्मिक (मनकामना), आर्थिक (फुलहरु बेच्ने र किन्ने), भौगोलिक (गोरखा, तनहुँ) विशेषता जगाउने शब्दावली प्रयोग भएको पाइयो । प्रस्तुत गीत/लोकगीतमा ग्रामीण जनजीवनका सामाजिक चालचलन, संस्कार, रीतिथिति एवम् परम्परा र लोक विश्वासहरु कथ्य विषयका रूपमा आएका छन् । यससँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथै सरल ग्रामीण जीवनको सहज जीवन भोगाइलाई प्रतिविम्बित गर्ने उद्देश्य पनि यस गीतको रहेको छ । अध्ययनबाट प्रस्तुत गीत÷लोकगीत विधातात्त्विक संरचनाका दृष्टिले मात्र नभएर ग्रामीण जनजीवनको यथार्थ एवम् स्वाभाविक अभिव्यक्तिका दृष्टिले पनि महत्त्वपूर्ण रहेको तथ्य प्राप्त भएको छ ।.

Related Results

दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण श...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
गलबन्दी लोकदोहोरी गीतको संवाद विश्लेषण {Conversation Analysis of Galbandi Folk Dohori Song}
गलबन्दी लोकदोहोरी गीतको संवाद विश्लेषण {Conversation Analysis of Galbandi Folk Dohori Song}
प्रस्तुत आलेख ‘गलबन्दी’ लोकदोहोरी गीतमा रहेको संवाद विश्लेषणमा केन्द्रित रहेको छ । संवाद सङ्कथन अन्तर्गत पर्ने अर्थपूर्ण अभिव्यक्ति वा भाषिक उच्चार हो । संवादले कुराकानीमा सहभागीका...
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
सङ्कथन भनेको वाक्यको निरन्तर प्रवाह हो । सम्बद्धक र सम्बद्धन यसका प्रकारहरू हुन् । सम्बद्धकका व्याकरणिक र कोशीय दुई प्रकार हुन्छन् । सम्बद्धनका विभिन्न युक्तिहरू छन् । यिनका आधारमा...
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
तम्मर तरौँन लोकगीतको विधातात्त्विक अध्ययन
तम्मर तरौँन लोकगीतको विधातात्त्विक अध्ययन
प्रस्तुत लेख लोकसाहित्यका विधाहरूमध्ये लोकप्रिय विधाका रूपमा परिचित ‘तम्मरै तरौँन’ लोकगीतको विधातत्त्वका आधारमा विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । यस क्रममा लोकसाहित्यका...
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...

Back to Top