Javascript must be enabled to continue!
गलबन्दी लोकदोहोरी गीतको संवाद विश्लेषण {Conversation Analysis of Galbandi Folk Dohori Song}
View through CrossRef
प्रस्तुत आलेख ‘गलबन्दी’ लोकदोहोरी गीतमा रहेको संवाद विश्लेषणमा केन्द्रित रहेको छ । संवाद सङ्कथन अन्तर्गत पर्ने अर्थपूर्ण अभिव्यक्ति वा भाषिक उच्चार हो । संवादले कुराकानीमा सहभागीका प्रश्नात्मक वा समर्थनात्मक व्यवहारमा आधारित एकाइलाई बुझाउँछ । सङ्कथन विश्लेषणका क्रममा संवादलाई पाठका रूपमा ग्रहण गरेर विभिन्न पक्षबाट यसको विश्लेषण गरिन्छ । ‘गलबन्दी’ लोकदोहोरी गीतमा रहेको संवादात्मकताको अध्ययन गर्नु यस आलेखको मुख्य उद्देश्य रहेको हुनाले विश्लेषणलाई सोही लोकदोहोरी गीतको संवादको अध्ययनमा केन्द्रित गरिएको छ । यो आलेख तयार पार्न गीति सामग्रीको सङ्कलन इन्टरनेटबाट गरिएको छ । गोगल र युट्युबबाट ‘गलबन्दी’ शीर्षकको संवादात्मक गीतका शब्द तथा ती गीतहरूको गायन तथा संवादात्मकताको सामग्री लिइएको छ । संवादको सैद्धान्तिक पक्षका सामग्री विभिन्न पुस्तक र पत्रिकामा प्रकाशित भएका द्वित्तीयक स्रोतबाट लिइएको छ । यहाँ संवाद विश्लेषणका सामान्यीकृत मान्यताका आधारमा लोकगीतको विश्लेषण गरिएको हुनाले सामग्रीको विश्लेषणका क्रममा निगमन विधि प्रयुक्त छ र लेख प्रस्तुतीकरणमा वणर्नात्मक विधिको प्रयोग गरिएको छ । ‘गलबन्दी’ शीर्षकको लोकदोहोरी गीतमा रहेको गीतिसंवादमा सहभागीको पारस्परिक सहयोग र सक्रियताले संवादले निरन्तरता पाएको र विषय व्यवस्थापन सघन बनेको छ । यहाँ संवादात्मक घुम्तीका कारण संरचनात्मक सुदृढता र वैचारिक अन्तसूत्रको निरन्तरता छ भने कथन युग्मबीचको सामीप्यका कारण संवाद सार्थक र सफल देखापर्छ ।
This article focuses on the conversation analysis in the folk song 'Galbandi'. A conversation is a meaningful expression or linguistic utterance that falls under discourse analysis. A conversation refers to a unit based on the interrogative or supportive behavior of the participants in the dialogue. In the course of discourse analysis, dialogue is taken as a text and analyzed from various aspects. Since the main purpose of this article is to study the conversation in the folk song 'Galbandi', the analysis is focused on the study of the dialogue of the same folk song. To prepare this article, the song material has been collected from the internet. The words of the conversational song titled 'Galbandi' and the singing and conversational content of those songs have been taken from Google and YouTube. The content of the theoretical aspect of dialogue has been taken from secondary sources published in various books and magazines. Since folk songs are analyzed based on the generalized principles of conversation analysis, the inductive method has been used in the content analysis and the descriptive method has been used in the presentation of the article. Due to the mutual cooperation and activeness of the participants in the song dialogue in the folk song titled 'Galbandi', the dialogue has continued and the subject management has become intensive. Here, there is structural strength and conceptual continuity due to conversational turns, while the conversation appears meaningful and successful due to the closeness between the pairs of statements.
Title: गलबन्दी लोकदोहोरी गीतको संवाद विश्लेषण {Conversation Analysis of Galbandi Folk Dohori Song}
Description:
प्रस्तुत आलेख ‘गलबन्दी’ लोकदोहोरी गीतमा रहेको संवाद विश्लेषणमा केन्द्रित रहेको छ । संवाद सङ्कथन अन्तर्गत पर्ने अर्थपूर्ण अभिव्यक्ति वा भाषिक उच्चार हो । संवादले कुराकानीमा सहभागीका प्रश्नात्मक वा समर्थनात्मक व्यवहारमा आधारित एकाइलाई बुझाउँछ । सङ्कथन विश्लेषणका क्रममा संवादलाई पाठका रूपमा ग्रहण गरेर विभिन्न पक्षबाट यसको विश्लेषण गरिन्छ । ‘गलबन्दी’ लोकदोहोरी गीतमा रहेको संवादात्मकताको अध्ययन गर्नु यस आलेखको मुख्य उद्देश्य रहेको हुनाले विश्लेषणलाई सोही लोकदोहोरी गीतको संवादको अध्ययनमा केन्द्रित गरिएको छ । यो आलेख तयार पार्न गीति सामग्रीको सङ्कलन इन्टरनेटबाट गरिएको छ । गोगल र युट्युबबाट ‘गलबन्दी’ शीर्षकको संवादात्मक गीतका शब्द तथा ती गीतहरूको गायन तथा संवादात्मकताको सामग्री लिइएको छ । संवादको सैद्धान्तिक पक्षका सामग्री विभिन्न पुस्तक र पत्रिकामा प्रकाशित भएका द्वित्तीयक स्रोतबाट लिइएको छ । यहाँ संवाद विश्लेषणका सामान्यीकृत मान्यताका आधारमा लोकगीतको विश्लेषण गरिएको हुनाले सामग्रीको विश्लेषणका क्रममा निगमन विधि प्रयुक्त छ र लेख प्रस्तुतीकरणमा वणर्नात्मक विधिको प्रयोग गरिएको छ । ‘गलबन्दी’ शीर्षकको लोकदोहोरी गीतमा रहेको गीतिसंवादमा सहभागीको पारस्परिक सहयोग र सक्रियताले संवादले निरन्तरता पाएको र विषय व्यवस्थापन सघन बनेको छ । यहाँ संवादात्मक घुम्तीका कारण संरचनात्मक सुदृढता र वैचारिक अन्तसूत्रको निरन्तरता छ भने कथन युग्मबीचको सामीप्यका कारण संवाद सार्थक र सफल देखापर्छ ।
This article focuses on the conversation analysis in the folk song 'Galbandi'.
A conversation is a meaningful expression or linguistic utterance that falls under discourse analysis.
A conversation refers to a unit based on the interrogative or supportive behavior of the participants in the dialogue.
In the course of discourse analysis, dialogue is taken as a text and analyzed from various aspects.
Since the main purpose of this article is to study the conversation in the folk song 'Galbandi', the analysis is focused on the study of the dialogue of the same folk song.
To prepare this article, the song material has been collected from the internet.
The words of the conversational song titled 'Galbandi' and the singing and conversational content of those songs have been taken from Google and YouTube.
The content of the theoretical aspect of dialogue has been taken from secondary sources published in various books and magazines.
Since folk songs are analyzed based on the generalized principles of conversation analysis, the inductive method has been used in the content analysis and the descriptive method has been used in the presentation of the article.
Due to the mutual cooperation and activeness of the participants in the song dialogue in the folk song titled 'Galbandi', the dialogue has continued and the subject management has become intensive.
Here, there is structural strength and conceptual continuity due to conversational turns, while the conversation appears meaningful and successful due to the closeness between the pairs of statements.
Related Results
Funkcije komunikacijski relevantne šutnje u njemačkome
Funkcije komunikacijski relevantne šutnje u njemačkome
Additionally, this chapter presents research of silence with review of main aspects of papers in the field of conversational analysis, ethnography of communication and metaphor of ...
Hartsa med brylcreme
Hartsa med brylcreme
From the point of departure of a folk song (Marching melody from Gärdeby) which by way of radio and television gained great popularity both in Sweden and abroad, light is thrown up...
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण श...
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
Computer-Mediated Chat
Computer-Mediated Chat
The technical apparatus is, then, being made at home with the rest of our world. And that's a thing that's routinely being done, and it's the source of the failure of technocratic ...
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रू...
Wild plant folk nomenclature of the Mongol herdsmen in the Arhorchin national nature reserve, Inner Mongolia, PR China
Wild plant folk nomenclature of the Mongol herdsmen in the Arhorchin national nature reserve, Inner Mongolia, PR China
Abstract
Background
Folk names of plants are the root of traditional plant biodiversity knowledge. In pace with social change and economic develo...
Research on Traditional Folk Knowledge on the Pages of “Folk Art and Ethnology” Journal
Research on Traditional Folk Knowledge on the Pages of “Folk Art and Ethnology” Journal
The article is an attempt of a comprehensive analysis of the development of research on traditional folk knowledge (medicine, meteorology, astronomy, metrology, mathematics) on the...