Javascript must be enabled to continue!
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
View through CrossRef
सङ्कथन भनेको वाक्यको निरन्तर प्रवाह हो । सम्बद्धक र सम्बद्धन यसका प्रकारहरू हुन् । सम्बद्धकका व्याकरणिक र कोशीय दुई प्रकार हुन्छन् । सम्बद्धनका विभिन्न युक्तिहरू छन् । यिनका आधारमा कथ्य तथा लेख्य पाठको प्रयोगपरक रूपमा विश्लेषण गर्ने प्रायोगिक भाषाविज्ञानको एउटा महत्त्वपूर्ण शाखालाई सङ्कथन विश्लेषण भनिन्छ । यसले साहित्य र साहित्येतर सङ्कथन पाठको सूक्ष्म विश्लेषण गर्दछ । यौटा विचारको यात्रापथ आयामेली कथाकार इन्द्रबहादुर राईद्वारा लिखित कथा हो । यसलाई त्रिभुवन विश्वविद्यालयको स्नातक तह द्वितीय वर्षको पाठ्यवस्तुका रूपमा समावेश गरिएको छ । सम्बद्धकका आधारमा उक्त कथाको विश्लेषण गर्नु यस लेखको मुख्य उद्देश्य रहेको छ । यसमा गुणात्मक अनुसन्धान विधिको उपयोग गरिएको छ । यसमा अग्रसन्दर्भक रहेको छ । प्रथम, द्वितीय तथा तृतीय तीववटै पुरुषवाचक सार्वनामिक पदको प्रयोग गरिएको छ । यसमा स्थानिक सम्बद्धक तेईसवटा, कालिक सम्बद्धक अठारवटा रहेका छन् । प्रतिस्थापन सम्बद्धकअन्तर्गत दशवटा, पुनरावृत्ति सम्बद्धकअन्तर्गत पाँचवटा शब्दहरू, संयोजन सम्बद्धकअन्तर्गत दशवटा शब्दहरू लोपसम्बद्धकअन्तर्गत तेह्र स्थानमा पद तथा पदावली र निपात सम्बद्धकअन्तर्गत ‘नै’ पद उपयोग भएका छन् । कोशीय सम्बद्धकअन्तर्गत पर्यायवाचीका रूपमा पाँच शब्दयुगल उपयोग भएका छन् । विपरीतार्थी सम्बद्धकअन्तर्गत एघार शब्दयुगल, अनेकार्थीसम्बद्धक अन्तर्गत तेह्रवटा शब्दहरू, समावेशी सम्बद्धकअन्तर्गत क्रमशः कालवाचक बाह्रवटा, स्थानवाचक एघारवटा, खाद्यसँग सम्बन्धित पाँच, आदर्श र दानसँग सम्बन्धित तीन तीनवटा शब्दहरू प्रयोग भएका छन् । श्रुतिसमभिन्नार्थी सम्बद्धकअन्तर्गत दुई शब्दयुगल र चारवटा एकल शब्दहरू प्रयोग भएका छन् । बाबु र आमा शब्दको धेरैपटक पुनरावृत्ति गरिए पनि तिनका स्थानमा कुनै शब्द प्रतिस्थापित गरिएको छैन । फेरीवाल शब्दको केही स्थानमा ऊ, उनीहरू, तिनीहरूद्वारा प्रतिस्थापन गरिए पनि फरक फरक अनुच्छेदमा र एउटै अनुच्छेदभित्र पनि उही शब्दको पुनरावृत्ति गरिएको छ । पुनरावृत्ति भएका ती पदहरूले अर्थबोध तथा संरचनागत समन्वितिमा अवरोध गर्नुभन्दा प्रभावकारिता थपेको छ । सम्बद्धक प्रयोगका दृष्टिले प्रस्तुत सङ्कथनपाठ सन्तुलित एवम् संसक्तियुक्त रहेको छ ।
Title: एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
Description:
सङ्कथन भनेको वाक्यको निरन्तर प्रवाह हो । सम्बद्धक र सम्बद्धन यसका प्रकारहरू हुन् । सम्बद्धकका व्याकरणिक र कोशीय दुई प्रकार हुन्छन् । सम्बद्धनका विभिन्न युक्तिहरू छन् । यिनका आधारमा कथ्य तथा लेख्य पाठको प्रयोगपरक रूपमा विश्लेषण गर्ने प्रायोगिक भाषाविज्ञानको एउटा महत्त्वपूर्ण शाखालाई सङ्कथन विश्लेषण भनिन्छ । यसले साहित्य र साहित्येतर सङ्कथन पाठको सूक्ष्म विश्लेषण गर्दछ । यौटा विचारको यात्रापथ आयामेली कथाकार इन्द्रबहादुर राईद्वारा लिखित कथा हो । यसलाई त्रिभुवन विश्वविद्यालयको स्नातक तह द्वितीय वर्षको पाठ्यवस्तुका रूपमा समावेश गरिएको छ । सम्बद्धकका आधारमा उक्त कथाको विश्लेषण गर्नु यस लेखको मुख्य उद्देश्य रहेको छ । यसमा गुणात्मक अनुसन्धान विधिको उपयोग गरिएको छ । यसमा अग्रसन्दर्भक रहेको छ । प्रथम, द्वितीय तथा तृतीय तीववटै पुरुषवाचक सार्वनामिक पदको प्रयोग गरिएको छ । यसमा स्थानिक सम्बद्धक तेईसवटा, कालिक सम्बद्धक अठारवटा रहेका छन् । प्रतिस्थापन सम्बद्धकअन्तर्गत दशवटा, पुनरावृत्ति सम्बद्धकअन्तर्गत पाँचवटा शब्दहरू, संयोजन सम्बद्धकअन्तर्गत दशवटा शब्दहरू लोपसम्बद्धकअन्तर्गत तेह्र स्थानमा पद तथा पदावली र निपात सम्बद्धकअन्तर्गत ‘नै’ पद उपयोग भएका छन् । कोशीय सम्बद्धकअन्तर्गत पर्यायवाचीका रूपमा पाँच शब्दयुगल उपयोग भएका छन् । विपरीतार्थी सम्बद्धकअन्तर्गत एघार शब्दयुगल, अनेकार्थीसम्बद्धक अन्तर्गत तेह्रवटा शब्दहरू, समावेशी सम्बद्धकअन्तर्गत क्रमशः कालवाचक बाह्रवटा, स्थानवाचक एघारवटा, खाद्यसँग सम्बन्धित पाँच, आदर्श र दानसँग सम्बन्धित तीन तीनवटा शब्दहरू प्रयोग भएका छन् । श्रुतिसमभिन्नार्थी सम्बद्धकअन्तर्गत दुई शब्दयुगल र चारवटा एकल शब्दहरू प्रयोग भएका छन् । बाबु र आमा शब्दको धेरैपटक पुनरावृत्ति गरिए पनि तिनका स्थानमा कुनै शब्द प्रतिस्थापित गरिएको छैन । फेरीवाल शब्दको केही स्थानमा ऊ, उनीहरू, तिनीहरूद्वारा प्रतिस्थापन गरिए पनि फरक फरक अनुच्छेदमा र एउटै अनुच्छेदभित्र पनि उही शब्दको पुनरावृत्ति गरिएको छ । पुनरावृत्ति भएका ती पदहरूले अर्थबोध तथा संरचनागत समन्वितिमा अवरोध गर्नुभन्दा प्रभावकारिता थपेको छ । सम्बद्धक प्रयोगका दृष्टिले प्रस्तुत सङ्कथनपाठ सन्तुलित एवम् संसक्तियुक्त रहेको छ ।.
Related Results
निद्रा आएन कथाको रचनाविधान
निद्रा आएन कथाको रचनाविधान
प्रस्तुत अध्ययन ‘निद्रा आएन कथाको रचनाविधान’ विश्लेषणमा आधारित छ । कथाको रचनाविधानले कथाको निर्माणप्रक्रियालाई बुझाउँछ । कथाको रचनाविधानको अध्ययनबाट कथाको समग्र रूपाकृतिको निरूपण ग...
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...
सङ्कथनका स्वरूप
सङ्कथनका स्वरूप
प्रस्तुत लेख सङ्कथनका मूलभूत स्वरूपहरूको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । यस लेखको अध्ययन क्षेत्रका रूपमा सङ्कथन रहेको छ भने समस्याका रूपमा यसका स्वरूप रहेका छन् । कुनैप...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
प्रस्तुत आलेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘‘राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन गरिएको छ । साहित्यका समाजशास्त्री टेनका प्रजाति, क्षण र परिवेश मान्यतामध्ये प्रस्तुत आलेखमा ‘‘रा...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
एउटा महानगरमा कथामा परिचयसङ्कट
एउटा महानगरमा कथामा परिचयसङ्कट
प्रस्तुत लेखमा कथाकार मीरा प्रधान रेमको ‘एउटा महानगरमा’ कथालाई कलात्मक पाठका रूपमा लिई त्यसमा परिचयसङ्कटका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कथाको मूल्य निरूपण गरिए...
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण श...

