Javascript must be enabled to continue!
सङ्कथनका स्वरूप
View through CrossRef
प्रस्तुत लेख सङ्कथनका मूलभूत स्वरूपहरूको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । यस लेखको अध्ययन क्षेत्रका रूपमा सङ्कथन रहेको छ भने समस्याका रूपमा यसका स्वरूप रहेका छन् । कुनैपनि पाठमा कोशीय अर्थ मात्र सन्निहित नभई त्यसको सन्दर्भगत अर्थसमेत सम्प्रेषण भएको हुन्छ भन्नेकुरा सङ्कथनसँग सम्बद्ध छ । वाक्यभन्दा मुनिका भाषिक अभिव्यक्तिदेखि बृहत् आकृतिका रचना पनि सङ्कथनका रूपमा चिनिन्छन् । यस्ता सङ्कथनका स्वरूपको पहिचान गर्न आवश्यक देखिएकालेसङ्कथनका स्वरूप कस्ता छन्भन्ने जिज्ञासालाई यस अध्ययनमा समस्याका रूपमा प्रस्तुत गरिएकोछ । सङ्कथनका विभिन्न स्वरूपहरूका बारेमा चर्चा गर्दा वर्णनात्मक, विवरणात्मक, विश्लेषणात्मक र आख्यानात्मक सङ्कथनलाई सूचकका रूपमा यस अध्ययनमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचा, बहुसत्यमा विश्वास, आगमनात्मक शोधविधिको अवलम्बन गरिएको यस अध्ययनमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको छ । कुनै विषयको इन्द्रियग्राह्य प्रस्तुति वर्णनात्मक सङ्कथन, कुनै विषयको विस्तारपूर्वक अभिव्यक्ति विवरणात्मक सङ्कथन, संश्लिष्ट विचारको खण्डित प्रस्तुति विश्लेषणात्मक सङ्कथन र घटनालाई कारण कार्य शृङ्खलामा आबद्ध गराई कथात्मक ढाँचामा प्रस्तुत गरिने आख्यानात्मक सङ्कथन हो । सन्दर्भगत अर्थ सम्प्रेषण हुने यी सबै स्वरूपका सङ्कथनमा आरम्भ, विस्तार र समापनको शृङ्खला कायम गरिएको हुन्छ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ ।
Title: सङ्कथनका स्वरूप
Description:
प्रस्तुत लेख सङ्कथनका मूलभूत स्वरूपहरूको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । यस लेखको अध्ययन क्षेत्रका रूपमा सङ्कथन रहेको छ भने समस्याका रूपमा यसका स्वरूप रहेका छन् । कुनैपनि पाठमा कोशीय अर्थ मात्र सन्निहित नभई त्यसको सन्दर्भगत अर्थसमेत सम्प्रेषण भएको हुन्छ भन्नेकुरा सङ्कथनसँग सम्बद्ध छ । वाक्यभन्दा मुनिका भाषिक अभिव्यक्तिदेखि बृहत् आकृतिका रचना पनि सङ्कथनका रूपमा चिनिन्छन् । यस्ता सङ्कथनका स्वरूपको पहिचान गर्न आवश्यक देखिएकालेसङ्कथनका स्वरूप कस्ता छन्भन्ने जिज्ञासालाई यस अध्ययनमा समस्याका रूपमा प्रस्तुत गरिएकोछ । सङ्कथनका विभिन्न स्वरूपहरूका बारेमा चर्चा गर्दा वर्णनात्मक, विवरणात्मक, विश्लेषणात्मक र आख्यानात्मक सङ्कथनलाई सूचकका रूपमा यस अध्ययनमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचा, बहुसत्यमा विश्वास, आगमनात्मक शोधविधिको अवलम्बन गरिएको यस अध्ययनमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको छ । कुनै विषयको इन्द्रियग्राह्य प्रस्तुति वर्णनात्मक सङ्कथन, कुनै विषयको विस्तारपूर्वक अभिव्यक्ति विवरणात्मक सङ्कथन, संश्लिष्ट विचारको खण्डित प्रस्तुति विश्लेषणात्मक सङ्कथन र घटनालाई कारण कार्य शृङ्खलामा आबद्ध गराई कथात्मक ढाँचामा प्रस्तुत गरिने आख्यानात्मक सङ्कथन हो । सन्दर्भगत अर्थ सम्प्रेषण हुने यी सबै स्वरूपका सङ्कथनमा आरम्भ, विस्तार र समापनको शृङ्खला कायम गरिएको हुन्छ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ ।.
Related Results
ऋग्वेदमा नारीको दैवीभूमिका
ऋग्वेदमा नारीको दैवीभूमिका
ऋग्वेद संस्कृत वाङ्मयको सर्वप्राचीन ग्रन्थ हो । यसमा विभिन्न देवतथा देवीहरूको विषयमा केन्द्रित भएकासूक्तहरू छन् । यसमा नारीलाई दैवी अर्थात् (ईश्वरीय) भूमिकामा प्रस्तुत गरी नारीलाई ...
ग्यास च्याम्बरको मृत्यु कथामा सांस्कृतिक प्रभुत्व
ग्यास च्याम्बरको मृत्यु कथामा सांस्कृतिक प्रभुत्व
आर्जित शक्तिका पृष्ठभूमिमा रही हिटलरले विकास गरेको दमनकारी चरित्रलाई ग्यास च्याम्बरको मृत्यु कथामा अभिव्यक्त गरिएको छ । यहुदीविनाशका नाममा हिटलरले कायम गरेको जातीय प्रभुत्व यस कथाक...
मानवतावादी जीवनदृष्टि: आधुनिक परिप्रेक्ष्य में
मानवतावादी जीवनदृष्टि: आधुनिक परिप्रेक्ष्य में
मानवतावादी जीवनदृष्टि में व्यष्टिगत् और समष्टिगत जीवन विकास के आदर्श निहित हैं। यह मनुष्य जीवन को इस धरती पर अति विशिष्ट जीवन के रूप में स्वीकारती है एवं मानव, प्रकृति और परमात्मा ...
Sathottari bal kavita main prakrati chitran evam paryawaran bodh
Sathottari bal kavita main prakrati chitran evam paryawaran bodh
प्रस्तावना बाल साहित्य में कविता विधा बच्चों के लिए सबस े सहज, सरल और ग्राह्य विधा है। कविता के माध्यम से दिया हुआ संदेश बच्चों को न केवल रुचिकर लगता है। अपितु उनके लिए प्र ेरणा का...
‘कुम्भकर्ण’ निबन्धमा जागरण र सुषुप्ति {Awakening and Slumbering (Susupti) in the essay 'Kumbhakarna'}
‘कुम्भकर्ण’ निबन्धमा जागरण र सुषुप्ति {Awakening and Slumbering (Susupti) in the essay 'Kumbhakarna'}
लक्ष्मीप्रसाद देवकोटाको कुम्भकर्ण निबन्धमा पौरस्त्य दर्शनसँग सम्बन्धित जागरण र सुषुप्तिसम्बन्धी प्रभावको निरूपण गर्नु नै यस अध्ययन पत्रको मुख्य विषयवस्तु हो । सर्वेक्षण, सूक्ष्म पठ...
कृष्णा सोबती के उपन्यासों में चित्रित आर्थिक समस्याएँ
कृष्णा सोबती के उपन्यासों में चित्रित आर्थिक समस्याएँ
हिन्दी की सुविख्यात लेखिका कृष्णा सोबती जी ने अपने उपन्यासों में अधिकतर समाज के मध्यवर्ग को चित्रित किया है। जिसके अन्तर्गत उच्च मध्यवर्ग व मध्यवर्ग दोनों का ही समावेश है। मध्यवर्ग...
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूपको विश्लेषण गर्ने उद्देश्यले यस अनुसन्धानात्मक लेख तयार गरिएको हो । यस लेखको अध्ययनको प्रमुख क्षेत्रका रूपमा सिद्घिचरण श्रेष्ठको उर...
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
प्रस्तुत लेख कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू नेपाली भाषाको औपचारिक सिकाइप्रति के कस्ता कारणले कसरी अभिप्रेरित हुन्छन् भन्ने उपायको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । प्रस्त...

