Javascript must be enabled to continue!
ग्यास च्याम्बरको मृत्यु कथामा सांस्कृतिक प्रभुत्व
View through CrossRef
आर्जित शक्तिका पृष्ठभूमिमा रही हिटलरले विकास गरेको दमनकारी चरित्रलाई ग्यास च्याम्बरको मृत्यु कथामा अभिव्यक्त गरिएको छ । यहुदीविनाशका नाममा हिटलरले कायम गरेको जातीय प्रभुत्व यस कथाको मुख्य विषय हो । प्रभुत्व हासिल गर्न हिटलरले अपनाएको दमनात्मक शैली परिधीय प्रतिरोधको प्रमुख कारण बन्न पुगेको छ । जातीय प्रभुत्वका पृष्ठाधारमा विकसित वर्गीय तथा लैब्गिक प्रभुत्वको स्वरूप, प्रक्रिया र चरित्र यस कथाका प्रमुख अनुसन्धेय क्षेत्रहरू हुन् । यस अध्ययनमा विश्लेष्य कथामा अभिव्यक्त प्रभुत्वको स्वरूप, प्रक्रिया र चरित्रलाई विश्लेषण तथा मूल्याब्कन गर्ने उद्देश्य लिइएको छ । यस कार्यका लागि उद्देश्यमूलक नमुना छनोट विधिको प्रयोग गरी पुस्तकालयकार्यलाई सामग्री सब्कलनको माध्यम बनाइएको छ । यस अध्ययनमा सांस्कृतिक अध्ययनको सैद्धान्तिक पृष्ठभूमिबाट वर्गीय, जातीय तथा लैब्गिक प्रभुत्व, प्रभुत्व हासिल गर्ने शैली, प्रभुत्व र प्रतिप्रभुत्वका बिचको द्वन्द्व जस्ता प्रभुत्वको स्वरूप र प्रक्रियासम्बद्ध विषयलाई कथाविश्लेषणको आधारका रूपमा प्रयोग गरिएको छ । यसका आधारमा हिटलरको दमनात्मक चरित्रका कारण सिर्जित जातीय प्रभुत्व र त्यसका पृष्ठभूमिमा विकसित वर्गीय तथा लैङ्गिक प्रभुत्वको अवस्था मूल्याङ्कन गरी प्रभुत्वको स्वरूप र चरित्र सार्वजनिक गरिएको छ । यहुदीदमनको विषय हिटलरको शासकीय प्रभुत्व हुँदै परिधीय प्रतिरोध जागृतिको कारण बन्न पुगेको विश्लेषण गरी प्रतिरोधको प्रवृत्ति यसमा मूल्याङ्कन गरिएको छ । यसबाट सत्ता, शक्ति, प्रभुत्व र अहम्का विरुद्धमा प्रतिरोध जागृत भई प्रतिप्रभुत्व निर्माण हुने निचोडमा पुगिएको छ । प्रस्तुत अध्ययनमा शासकीय दमनका कारण सिर्जित प्रतिरोध नै प्रभुत्वशाली सत्ताको अस्तित्व निस्तेज पार्ने प्रमुख कारण र माध्यम हो भन्ने निष्कर्ष निकालिएको छ ।
Title: ग्यास च्याम्बरको मृत्यु कथामा सांस्कृतिक प्रभुत्व
Description:
आर्जित शक्तिका पृष्ठभूमिमा रही हिटलरले विकास गरेको दमनकारी चरित्रलाई ग्यास च्याम्बरको मृत्यु कथामा अभिव्यक्त गरिएको छ । यहुदीविनाशका नाममा हिटलरले कायम गरेको जातीय प्रभुत्व यस कथाको मुख्य विषय हो । प्रभुत्व हासिल गर्न हिटलरले अपनाएको दमनात्मक शैली परिधीय प्रतिरोधको प्रमुख कारण बन्न पुगेको छ । जातीय प्रभुत्वका पृष्ठाधारमा विकसित वर्गीय तथा लैब्गिक प्रभुत्वको स्वरूप, प्रक्रिया र चरित्र यस कथाका प्रमुख अनुसन्धेय क्षेत्रहरू हुन् । यस अध्ययनमा विश्लेष्य कथामा अभिव्यक्त प्रभुत्वको स्वरूप, प्रक्रिया र चरित्रलाई विश्लेषण तथा मूल्याब्कन गर्ने उद्देश्य लिइएको छ । यस कार्यका लागि उद्देश्यमूलक नमुना छनोट विधिको प्रयोग गरी पुस्तकालयकार्यलाई सामग्री सब्कलनको माध्यम बनाइएको छ । यस अध्ययनमा सांस्कृतिक अध्ययनको सैद्धान्तिक पृष्ठभूमिबाट वर्गीय, जातीय तथा लैब्गिक प्रभुत्व, प्रभुत्व हासिल गर्ने शैली, प्रभुत्व र प्रतिप्रभुत्वका बिचको द्वन्द्व जस्ता प्रभुत्वको स्वरूप र प्रक्रियासम्बद्ध विषयलाई कथाविश्लेषणको आधारका रूपमा प्रयोग गरिएको छ । यसका आधारमा हिटलरको दमनात्मक चरित्रका कारण सिर्जित जातीय प्रभुत्व र त्यसका पृष्ठभूमिमा विकसित वर्गीय तथा लैङ्गिक प्रभुत्वको अवस्था मूल्याङ्कन गरी प्रभुत्वको स्वरूप र चरित्र सार्वजनिक गरिएको छ । यहुदीदमनको विषय हिटलरको शासकीय प्रभुत्व हुँदै परिधीय प्रतिरोध जागृतिको कारण बन्न पुगेको विश्लेषण गरी प्रतिरोधको प्रवृत्ति यसमा मूल्याङ्कन गरिएको छ । यसबाट सत्ता, शक्ति, प्रभुत्व र अहम्का विरुद्धमा प्रतिरोध जागृत भई प्रतिप्रभुत्व निर्माण हुने निचोडमा पुगिएको छ । प्रस्तुत अध्ययनमा शासकीय दमनका कारण सिर्जित प्रतिरोध नै प्रभुत्वशाली सत्ताको अस्तित्व निस्तेज पार्ने प्रमुख कारण र माध्यम हो भन्ने निष्कर्ष निकालिएको छ ।.
Related Results
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुन...
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...
'अभागी' कथामा परिवेशविधान
'अभागी' कथामा परिवेशविधान
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढा...
मुग़ल साम्राज्य का पतन
मुग़ल साम्राज्य का पतन
औरंगज़ेब की मृत्यु के बाद मुग़ल साम्राज्य का तेजी से पतन होने लगा था। मुग़ल दरबार सरदारों के बीच आपसी झगड़ों और षड़यंत्रों का अड्डा बन गया और शीघ्र ही महत्वाकांक्षी तथा प्रान्तीय श...
‘राजनीति’ कथामा सबाल्टर्न 'Rajniti' Kathama Subaltarn
‘राजनीति’ कथामा सबाल्टर्न 'Rajniti' Kathama Subaltarn
प्रस्तुत लेखमा कथाकार नारायण ढकालद्वारा लिखित ‘राजनीति’ कथालाई सबाल्टर्नसिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । समाजमा सदियौंदेखि रहेर अमूल्य योगदान गरेपनि इतिहास लुकाइएका, अधिकार ख...
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
सहिद कथामा सांस्कृतिक अध्ययन
सहिद कथामा सांस्कृतिक अध्ययन
गुरु प्रसाद मैनालीद्वारा रचित ‘सहिद’ कथा ‘नासो’ कथा सङ्ग्रहमा सङ्गृहित एक कालजयी कथा हो । कथामा एक शिक्षक पात्रले तत्कालीन राणाकालीन सामन्ती व्यवस्था (वि.सं. १९५७–२०२८) मा विद्यमान...

