Javascript must be enabled to continue!
एउटा महानगरमा कथामा परिचयसङ्कट
View through CrossRef
प्रस्तुत लेखमा कथाकार मीरा प्रधान रेमको ‘एउटा महानगरमा’ कथालाई कलात्मक पाठका रूपमा लिई त्यसमा परिचयसङ्कटका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कथाको मूल्य निरूपण गरिएको छ । नेपालमा २०५० को दशकदेखि नै आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक तथा रोजगारीका कारण अर्को देशमा जाने र त्यहाँको पृथक् परिवेशमा अन्तर्घुलन हुँदै पारदेशीय बन्ने प्रवृत्तिमा वृद्धि भएको छ । यसले गर्दा व्यक्तिमा आफ्नो समाज र संस्कृतिबाट विच्छेद भएर नयाँ मूल्ययुक्त जीवनपद्धति स्वीकार गर्नुपर्ने अवस्था आउँछ । ‘एउटा महानगरमा’ कथामा परिचयसङ्कट कुन पात्रमार्पmत कसरी अभिव्यञ्जित भएको छ भन्ने समस्यामा केन्द्रित रहेकाले देशको भूगोल, संस्कृति, परम्परा र मूल्यमान्यताहरूको अन्तर्सम्बन्धबाट उक्त कथाका पात्रहरूका जीवनचिन्तनमा देखिने भिन्नताको कारण र परिणति मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य हो । यसमा परिचयसङ्कटको विश्लेषणका निम्ति मूल रूपमा मनोवैज्ञानिक इरिक्सन (सन् १९८२), उत्तरऔपनिवेशक चिन्तक सइद (सन् १९९३) र आप्रवासीको पहिचान र प्रतिनिधित्वका अध्येता हल (सन् १९९८) ले स्थापना गरेका परिचयसङ्कटका आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी गुणात्मक अनुसन्धान पद्धतिअन्तर्गत पाठविश्लेषण विधि अवलम्बन गरिएको छ । यसमा पात्रहरूको भूमिकाको विस्तार, भूमिकामा दुविधा र आत्मसन्देहको परिस्थिति सिर्जना गर्ने कारकहरूको पहिचान, सङ्कटको सामना र त्यसले उत्पन्न गर्ने सकारात्मक–नकारात्मक निर्णयको मूल्याङ्कन भएको छ । ‘एउटा महानगरमा’ कथामा जर्मनीमा वसोवास गर्ने नेपाली ‘म’पात्रमा भूगोल र सांस्कृतिक भिन्नताका कारण प्रेम एवम् विवाहबारे सही निर्णय गर्न नसकी आफ्नो परिचयप्रति नै शङ्का हुने अवस्था आएको तर जर्मनेली केटीमा चाहिँ प्रेममा पुँजीवादी मूल्यको उपयोगितावादी प्रवृत्तिका कारण आत्मसन्देहको अवस्था सिर्जना भई परिचयसङ्कटको अभिव्यक्ति कलात्मक रूपमा प्रकट भएको छ भन्ने निष्कर्ष प्राप्त भएको छ
Title: एउटा महानगरमा कथामा परिचयसङ्कट
Description:
प्रस्तुत लेखमा कथाकार मीरा प्रधान रेमको ‘एउटा महानगरमा’ कथालाई कलात्मक पाठका रूपमा लिई त्यसमा परिचयसङ्कटका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कथाको मूल्य निरूपण गरिएको छ । नेपालमा २०५० को दशकदेखि नै आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक तथा रोजगारीका कारण अर्को देशमा जाने र त्यहाँको पृथक् परिवेशमा अन्तर्घुलन हुँदै पारदेशीय बन्ने प्रवृत्तिमा वृद्धि भएको छ । यसले गर्दा व्यक्तिमा आफ्नो समाज र संस्कृतिबाट विच्छेद भएर नयाँ मूल्ययुक्त जीवनपद्धति स्वीकार गर्नुपर्ने अवस्था आउँछ । ‘एउटा महानगरमा’ कथामा परिचयसङ्कट कुन पात्रमार्पmत कसरी अभिव्यञ्जित भएको छ भन्ने समस्यामा केन्द्रित रहेकाले देशको भूगोल, संस्कृति, परम्परा र मूल्यमान्यताहरूको अन्तर्सम्बन्धबाट उक्त कथाका पात्रहरूका जीवनचिन्तनमा देखिने भिन्नताको कारण र परिणति मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य हो । यसमा परिचयसङ्कटको विश्लेषणका निम्ति मूल रूपमा मनोवैज्ञानिक इरिक्सन (सन् १९८२), उत्तरऔपनिवेशक चिन्तक सइद (सन् १९९३) र आप्रवासीको पहिचान र प्रतिनिधित्वका अध्येता हल (सन् १९९८) ले स्थापना गरेका परिचयसङ्कटका आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी गुणात्मक अनुसन्धान पद्धतिअन्तर्गत पाठविश्लेषण विधि अवलम्बन गरिएको छ । यसमा पात्रहरूको भूमिकाको विस्तार, भूमिकामा दुविधा र आत्मसन्देहको परिस्थिति सिर्जना गर्ने कारकहरूको पहिचान, सङ्कटको सामना र त्यसले उत्पन्न गर्ने सकारात्मक–नकारात्मक निर्णयको मूल्याङ्कन भएको छ । ‘एउटा महानगरमा’ कथामा जर्मनीमा वसोवास गर्ने नेपाली ‘म’पात्रमा भूगोल र सांस्कृतिक भिन्नताका कारण प्रेम एवम् विवाहबारे सही निर्णय गर्न नसकी आफ्नो परिचयप्रति नै शङ्का हुने अवस्था आएको तर जर्मनेली केटीमा चाहिँ प्रेममा पुँजीवादी मूल्यको उपयोगितावादी प्रवृत्तिका कारण आत्मसन्देहको अवस्था सिर्जना भई परिचयसङ्कटको अभिव्यक्ति कलात्मक रूपमा प्रकट भएको छ भन्ने निष्कर्ष प्राप्त भएको छ.
Related Results
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको प्रवेशसँगै अन्तर्विषयकताले पनि प्र...
‘मेरी सौता’ कथामा रौद्र रस
‘मेरी सौता’ कथामा रौद्र रस
प्रस्ततु लेख मेरी सौता कथाको विश्लेषणमा केन्द्रित रहेको छ । मुना चौधरीद्वारा लेखिएको यो कथा उनको कथासङ्ग्रह लारमा समाविष्ट छ । चौधरी नेपाली साहित्यका कथा तथा उपन्यास विधामा स्थापित...
कदमलाल ततमाको गीत कथामा सीमान्तीयता {Marginality in the story "Kadamlal Tatmako Geet"}
कदमलाल ततमाको गीत कथामा सीमान्तीयता {Marginality in the story "Kadamlal Tatmako Geet"}
प्रस्तुत अनुसन्धानात्मक लेख ऋषिराज बरालद्वारा लेखिएको ‘कदमलाल ततमाको गीत’ कथामा चित्रित सीमान्तकृत समुदायको अध्ययनसँग सम्बद्ध छ । कथामा समाजका उच्च र अभिजात वर्गले निम्नवर्गलाई हेर...
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुन...

