Javascript must be enabled to continue!
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
View through CrossRef
प्रस्तुत लेखमा नारायण ढकालको ‘इरफान अली’ कथालाई सबाल्टर्न अध्ययनका दृष्टिले विश्लेषण गरिएको छ । सबाल्टर्न शब्दले सामान्यतः वर्ग, लिङ्ग, जाति, उमेर, भाषा, कार्यगत दर्जालगायत हरेक हिसाबले विभेद गरिएका, शोषण र उत्पीडनको सिकार भएका व्यक्ति वा समुदायलाई जनाउने गर्दछ । प्रस्तुत कथाको मुख्य पात्र इरफान अली मूलत M जातीय, भाषिक र आर्थिक रूपले सबाल्टर्न बन्न पुगेको तथ्यलाई यस आलेखमा विभिन्न साक्ष्यमार्फत प्रस्तुत गरिएको छ । जातीय, भाषिक, वर्गीय जस्ता आधारबाट सबाल्टर्न बन्नुपरेको स्थितिलाई देखाउँदै राज्यसत्ताको चरम दमन र शोषणविरुद्ध सबाल्टर्नवर्ग एकजुट हुनुपर्छ भन्ने विचार कथामा आएको छ । जातीय, भाषिक तथा आर्थिक दृष्टिबाट ‘इरफान अली’ कथा कसरी सबाल्र्टनमैत्री बन्न पुगेको छ भन्ने समस्यामा केन्द्रित रहेको प्रस्तुत लेखमा पुस्तकालयीय कार्यका आधारमा सामग्री सङ्कलन गरिएको छ । नारायण ढकालको ‘इरफान अली’ कथालाई आधार सामग्री र सबाल्टर्न सिद्धान्त तथा पूर्वकार्यसँग सम्बन्धित सामग्रीलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा ग्रहण गरिएको यस लेखमा गुणात्मक पद्धति अपनाई विषयवस्तु विश्लेषणविधि प्रयोग गरिएको छ । सबाल्टर्न वर्गको पहिचानलाई शिरोपर गर्दै उनीहरूका आवाजलाई सशक्त रूपमा उठाएकाले प्रस्तुत कथा सबाल्टर्नमैत्री रहेको निष्कर्ष यस लेखको रहेको छ ।
Title: इरफान अली कथाको सबाल्टर्न विश्लेषण
Description:
प्रस्तुत लेखमा नारायण ढकालको ‘इरफान अली’ कथालाई सबाल्टर्न अध्ययनका दृष्टिले विश्लेषण गरिएको छ । सबाल्टर्न शब्दले सामान्यतः वर्ग, लिङ्ग, जाति, उमेर, भाषा, कार्यगत दर्जालगायत हरेक हिसाबले विभेद गरिएका, शोषण र उत्पीडनको सिकार भएका व्यक्ति वा समुदायलाई जनाउने गर्दछ । प्रस्तुत कथाको मुख्य पात्र इरफान अली मूलत M जातीय, भाषिक र आर्थिक रूपले सबाल्टर्न बन्न पुगेको तथ्यलाई यस आलेखमा विभिन्न साक्ष्यमार्फत प्रस्तुत गरिएको छ । जातीय, भाषिक, वर्गीय जस्ता आधारबाट सबाल्टर्न बन्नुपरेको स्थितिलाई देखाउँदै राज्यसत्ताको चरम दमन र शोषणविरुद्ध सबाल्टर्नवर्ग एकजुट हुनुपर्छ भन्ने विचार कथामा आएको छ । जातीय, भाषिक तथा आर्थिक दृष्टिबाट ‘इरफान अली’ कथा कसरी सबाल्र्टनमैत्री बन्न पुगेको छ भन्ने समस्यामा केन्द्रित रहेको प्रस्तुत लेखमा पुस्तकालयीय कार्यका आधारमा सामग्री सङ्कलन गरिएको छ । नारायण ढकालको ‘इरफान अली’ कथालाई आधार सामग्री र सबाल्टर्न सिद्धान्त तथा पूर्वकार्यसँग सम्बन्धित सामग्रीलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा ग्रहण गरिएको यस लेखमा गुणात्मक पद्धति अपनाई विषयवस्तु विश्लेषणविधि प्रयोग गरिएको छ । सबाल्टर्न वर्गको पहिचानलाई शिरोपर गर्दै उनीहरूका आवाजलाई सशक्त रूपमा उठाएकाले प्रस्तुत कथा सबाल्टर्नमैत्री रहेको निष्कर्ष यस लेखको रहेको छ ।.
Related Results
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
निद्रा आएन कथाको रचनाविधान
निद्रा आएन कथाको रचनाविधान
प्रस्तुत अध्ययन ‘निद्रा आएन कथाको रचनाविधान’ विश्लेषणमा आधारित छ । कथाको रचनाविधानले कथाको निर्माणप्रक्रियालाई बुझाउँछ । कथाको रचनाविधानको अध्ययनबाट कथाको समग्र रूपाकृतिको निरूपण ग...
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
प्रस्तुत लेखमा कथाकार मनु ब्राजाकीद्वारा लिखित मा¥यो च्याङ्बा मा¥यो असिनामा पा¥यो कथालार्ई सबाल्टर्न सिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहास विहीन भएका वा बनाइएका ...
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...
तपन उपन्यासमा सबाल्टर्न चेतना
तपन उपन्यासमा सबाल्टर्न चेतना
प्रस्तुत शोधलेख शरद पौडेलद्वारा लिखित तपन उपन्यासको सबाल्टर्न चेतनाका आधारमा अध्ययन गरिएको छ । ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणालाई लिएर रन्जित गुहाको नेतृत्वमा भारतमा सन् १९८२ द...
बसाइँ उपन्यासमा सबाल्टर्न
बसाइँ उपन्यासमा सबाल्टर्न
प्रस्तुत लेख बसाइँ उपन्यासको सबाल्टर्न विश्लेषणमा केन्द्रित छ । यस लेखमा सामग्रीको सङ्कलन पुस्तकालयीय पद्धतिबाट भएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषणमा आधारित विश्लेषण ढाँ...
‘राजनीति’ कथामा सबाल्टर्न 'Rajniti' Kathama Subaltarn
‘राजनीति’ कथामा सबाल्टर्न 'Rajniti' Kathama Subaltarn
प्रस्तुत लेखमा कथाकार नारायण ढकालद्वारा लिखित ‘राजनीति’ कथालाई सबाल्टर्नसिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । समाजमा सदियौंदेखि रहेर अमूल्य योगदान गरेपनि इतिहास लुकाइएका, अधिकार ख...
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
प्रस्तुत आलेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘‘राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन गरिएको छ । साहित्यका समाजशास्त्री टेनका प्रजाति, क्षण र परिवेश मान्यतामध्ये प्रस्तुत आलेखमा ‘‘रा...

