Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

बसाइँ उपन्यासमा सबाल्टर्न

View through CrossRef
प्रस्तुत लेख बसाइँ उपन्यासको सबाल्टर्न विश्लेषणमा केन्द्रित छ । यस लेखमा सामग्रीको सङ्कलन पुस्तकालयीय पद्धतिबाट भएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषणमा आधारित विश्लेषण ढाँचाको उपयोग भएको यस लेखको सैद्धान्तिक र अवधारणात्मक आधार सबाल्टर्न हो । सदियौँदेखि इतिहासबिहीन भएका वा बनाइएका समाजको किनारामा रहेर आवाजविहीन, इतिहासविहीन तथा अधिकारविहीन भएका वा बनाइएका समुदाय नै सबाल्टर्न  हुन् । विचारधारात्मक रूपले हेर्दा यसमा एकभन्दा बढी विचारको बहुलता रहेको छ । सबाल्टर्न अध्ययनमा सबै प्रकारका विभेदका कारण किनारीकृत हुनपुगेका सबै शोषित, पीडित अटाउन सक्ने भए पनि यस लेखमा मूलतः बसाइँ उपन्यासमा सबाल्टर्न सामाजिक संरचनाका एकाइ तथा समाजमा उनीहरूको स्थान, प्रभुत्व, विचारधारा र प्रतिरोधको अवस्थाको विश्लेषणमा केन्द्रित छ । तत्कालीन नेपाली समाजका विविध पक्ष र पाटालाई केलाउने उद्देश्यले सिर्जित बसाइँ उपन्यासमा वर्गीय भेदका कारण सत्तार सत्ताको वर्चस्व उच्च वर्गमा निहित हुँदा निम्न वर्ग शोषित, अपमानित र निरीह हुँदै आफ्नो पुख्र्यौली थातबास साहूलाई सुम्पेर बसाइँ हिंड्नु परेको यथार्थ प्रतिबिम्बन भएको छ । उपन्यासमा सामन्त वर्गले अधीनस्थ वर्गका उत्पादनका साधन हडपेर निरूद्देश्य बसाइँ सर्न बाध्य बनाएको यथार्थ प्रस्तुत भएको छ । यस उपन्यासमा जातीय दृष्टिले उच्च जातिको, लिङ्गीय दृष्टिले पितृसत्ता (पुरूष) को र वर्गीय दृष्टिले उच्च वर्गको प्रभुत्व रहेको छ । लेखमा सबाल्टर्न वर्गमा प्रतिरोधको भावना खासै नदेखिएको र दमनकारी विचारधारा अभिव्यञ्जित रहेको विषयमा विमर्श भएको छ ।
Title: बसाइँ उपन्यासमा सबाल्टर्न
Description:
प्रस्तुत लेख बसाइँ उपन्यासको सबाल्टर्न विश्लेषणमा केन्द्रित छ । यस लेखमा सामग्रीको सङ्कलन पुस्तकालयीय पद्धतिबाट भएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषणमा आधारित विश्लेषण ढाँचाको उपयोग भएको यस लेखको सैद्धान्तिक र अवधारणात्मक आधार सबाल्टर्न हो । सदियौँदेखि इतिहासबिहीन भएका वा बनाइएका समाजको किनारामा रहेर आवाजविहीन, इतिहासविहीन तथा अधिकारविहीन भएका वा बनाइएका समुदाय नै सबाल्टर्न  हुन् । विचारधारात्मक रूपले हेर्दा यसमा एकभन्दा बढी विचारको बहुलता रहेको छ । सबाल्टर्न अध्ययनमा सबै प्रकारका विभेदका कारण किनारीकृत हुनपुगेका सबै शोषित, पीडित अटाउन सक्ने भए पनि यस लेखमा मूलतः बसाइँ उपन्यासमा सबाल्टर्न सामाजिक संरचनाका एकाइ तथा समाजमा उनीहरूको स्थान, प्रभुत्व, विचारधारा र प्रतिरोधको अवस्थाको विश्लेषणमा केन्द्रित छ । तत्कालीन नेपाली समाजका विविध पक्ष र पाटालाई केलाउने उद्देश्यले सिर्जित बसाइँ उपन्यासमा वर्गीय भेदका कारण सत्तार सत्ताको वर्चस्व उच्च वर्गमा निहित हुँदा निम्न वर्ग शोषित, अपमानित र निरीह हुँदै आफ्नो पुख्र्यौली थातबास साहूलाई सुम्पेर बसाइँ हिंड्नु परेको यथार्थ प्रतिबिम्बन भएको छ । उपन्यासमा सामन्त वर्गले अधीनस्थ वर्गका उत्पादनका साधन हडपेर निरूद्देश्य बसाइँ सर्न बाध्य बनाएको यथार्थ प्रस्तुत भएको छ । यस उपन्यासमा जातीय दृष्टिले उच्च जातिको, लिङ्गीय दृष्टिले पितृसत्ता (पुरूष) को र वर्गीय दृष्टिले उच्च वर्गको प्रभुत्व रहेको छ । लेखमा सबाल्टर्न वर्गमा प्रतिरोधको भावना खासै नदेखिएको र दमनकारी विचारधारा अभिव्यञ्जित रहेको विषयमा विमर्श भएको छ ।.

Related Results

हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
तपन उपन्यासमा सबाल्टर्न चेतना
तपन उपन्यासमा सबाल्टर्न चेतना
प्रस्तुत शोधलेख शरद पौडेलद्वारा लिखित तपन उपन्यासको सबाल्टर्न चेतनाका आधारमा अध्ययन गरिएको छ । ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणालाई लिएर रन्जित गुहाको नेतृत्वमा भारतमा सन् १९८२ द...
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
प्रस्तुत लेखमा नारायण ढकालको ‘इरफान अली’ कथालाई सबाल्टर्न अध्ययनका दृष्टिले विश्लेषण गरिएको छ । सबाल्टर्न शब्दले सामान्यतः वर्ग, लिङ्ग, जाति, उमेर, भाषा, कार्यगत दर्जालगायत हरेक हि...
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
प्रस्तुत लेखमा कथाकार मनु ब्राजाकीद्वारा लिखित मा¥यो च्याङ्बा मा¥यो असिनामा पा¥यो कथालार्ई सबाल्टर्न सिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहास विहीन भएका वा बनाइएका ...
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
‘राजनीति’ कथामा सबाल्टर्न 'Rajniti' Kathama Subaltarn
‘राजनीति’ कथामा सबाल्टर्न 'Rajniti' Kathama Subaltarn
प्रस्तुत लेखमा कथाकार नारायण ढकालद्वारा लिखित ‘राजनीति’ कथालाई सबाल्टर्नसिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । समाजमा सदियौंदेखि रहेर अमूल्य योगदान गरेपनि इतिहास लुकाइएका, अधिकार ख...
नेपाली दोहोरी गीतमा सबाल्टर्न
नेपाली दोहोरी गीतमा सबाल्टर्न
यो अनुसन्धनात्मक लेख नेपाली दोहोरी गीतसँग सम्बन्धित रहेको छ । दोहोरी गीत नेपाली लोकसाहित्यबाट विकसित भएको विधा हो । दोहोरीगीतमा लोकका विषयवस्तुहरू प्रस्तुत गरिने र लोकले अनुभूति गर...

Back to Top