Javascript must be enabled to continue!
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
View through CrossRef
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन घटनावर्णनमा आधारित हुन्छ । विशेष क्रममा घटनाहरूको शृङ्खला नै आख्यान हो । आख्यानमा घटनाको व्यवस्थापन र कथासम्प्रेषणको प्रक्रिया पर्दछन् । कथा आख्यानको महत्त्वपूर्ण अङ्ग हो । कथा घटनाहरूको कालक्रमिक शृङ्खला हो । उपन्यासको कथा कल्पना र सम्भावनाका आधारमा संयोजन गरिएको हुन्छ । नाटकका सन्दर्भमा आख्यानकलालाई संस्कृत नाट्यशास्त्रमा वस्तु र प्राचीन ग्रिसेली नाट्यशास्त्रमा कथानक भनिएको पाइन्छ । त्यसलाई आख्यानशास्त्रमा कथाशृङ्खला भनिएको पाइन्छ । आख्यानशास्त्रको विकास संरचनावादी विद्वान्हरूले गरेका हुन् । रुसी रूपवादबाट आरम्भ भएको आख्यानको पाठकेन्द्री अध्ययन फ्रान्सेली संरचनावादमा आख्यानशास्त्रका रूपमा विकसित भएको देखिन्छ । समाख्याशास्त्रमा आख्यान संरचनाका विविध पक्षको सूक्ष्म विवेचन पाइन्छ । । त्यसै आधारमा यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासको अधययन गरिएको छ । यसपूर्व कोइरालाका उपन्यासको अध्ययन विभिन्न आधारमा भए पनि आख्यानकलाका आधारमा नभएकाले यो अध्ययन गरिएको हो । प्रस्तुत अध्ययन गुणात्मक पद्धतिका आधारित छ । अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यद्वारा गरिएको छ र सङ्कलित सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । अध्ययनको सैद्धान्तिक ढाँचा आख्यानशास्त्रमा आधारित छ । आख्यानकलाका दृष्टिले कोइरालाका उपन्यास प्रभावकारी रहेका छन् भन्ने यस लेखको निष्कर्ष रहेको छ ।
Title: विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
Description:
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन घटनावर्णनमा आधारित हुन्छ । विशेष क्रममा घटनाहरूको शृङ्खला नै आख्यान हो । आख्यानमा घटनाको व्यवस्थापन र कथासम्प्रेषणको प्रक्रिया पर्दछन् । कथा आख्यानको महत्त्वपूर्ण अङ्ग हो । कथा घटनाहरूको कालक्रमिक शृङ्खला हो । उपन्यासको कथा कल्पना र सम्भावनाका आधारमा संयोजन गरिएको हुन्छ । नाटकका सन्दर्भमा आख्यानकलालाई संस्कृत नाट्यशास्त्रमा वस्तु र प्राचीन ग्रिसेली नाट्यशास्त्रमा कथानक भनिएको पाइन्छ । त्यसलाई आख्यानशास्त्रमा कथाशृङ्खला भनिएको पाइन्छ । आख्यानशास्त्रको विकास संरचनावादी विद्वान्हरूले गरेका हुन् । रुसी रूपवादबाट आरम्भ भएको आख्यानको पाठकेन्द्री अध्ययन फ्रान्सेली संरचनावादमा आख्यानशास्त्रका रूपमा विकसित भएको देखिन्छ । समाख्याशास्त्रमा आख्यान संरचनाका विविध पक्षको सूक्ष्म विवेचन पाइन्छ । । त्यसै आधारमा यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासको अधययन गरिएको छ । यसपूर्व कोइरालाका उपन्यासको अध्ययन विभिन्न आधारमा भए पनि आख्यानकलाका आधारमा नभएकाले यो अध्ययन गरिएको हो । प्रस्तुत अध्ययन गुणात्मक पद्धतिका आधारित छ । अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यद्वारा गरिएको छ र सङ्कलित सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । अध्ययनको सैद्धान्तिक ढाँचा आख्यानशास्त्रमा आधारित छ । आख्यानकलाका दृष्टिले कोइरालाका उपन्यास प्रभावकारी रहेका छन् भन्ने यस लेखको निष्कर्ष रहेको छ ।.
Related Results
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
उपन्यासकार कोइरालाका विद्रोही नारीपात्र
उपन्यासकार कोइरालाका विद्रोही नारीपात्र
प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासका विद्रोही नारीपात्रहरू निरूपण गर्ने उद्देश्य राखिएको छ । यसका लागि उनका तीनघुम्ती, नरेन्द्रदाइ, सुम्निमा, मोदिआइन, हिटलर र यहूदी ...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा (२०२७) उपन्यासमा मिथकका रूपमा पौराणिक उपकथालाई जोडेर नेपालको सामाजिक सांस्कृतिक घटनाको चित्रण गरिएको छ । यसमा दुई भिन्न संस्कृति आर्य ...
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्यलाई के कसरी प्रस्तुत गरिएको छ भन्ने विषयमा यो लेख केन्द्रित छ । किराती नेपालको प्राचीन जातिको नाम हो । नेपालमा विकसित भएका पुराना सभ्यतामध्येको एक क...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...

