Javascript must be enabled to continue!
उपन्यासकार कोइरालाका विद्रोही नारीपात्र
View through CrossRef
प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासका विद्रोही नारीपात्रहरू निरूपण गर्ने उद्देश्य राखिएको छ । यसका लागि उनका तीनघुम्ती, नरेन्द्रदाइ, सुम्निमा, मोदिआइन, हिटलर र यहूदी र बाबु आमा र छोरा छवटा उपन्यासहरूलाई नारीवादी मान्यताअन्तर्गत नारीविद्रोहको सैद्धान्तिक आधारमा विश्लेषण गरिएको छ । यी उपन्यासहरूमा पितृसत्तात्मक सामाजिक संरचनाद्वारा निर्देशित मूल्यमान्यताका कारण त्यहाँभित्रका नारीपात्रहरूले विभिन्न प्रकारको उत्पीडन झेलिरहेका देखिन्छन् । उनीहरूमध्ये विद्रोही प्रवृत्तिका नारीपात्रहरूले त्यसविरुद्ध विद्रोहसमेत गरेका देखिन्छन् । प्रस्तुत लेखमा पितृसत्ता र लैङ्गिक उत्पीडनका सन्दर्भसहित नारीविद्रोहअन्तर्गत विभेदकारी सामाजिक-सांस्कृतिक उत्पीडनप्रतिको विद्रोह र यौनिक उत्पीडनप्रतिको विद्रोहजस्ता पक्षको अध्ययन गरिएको छ । प्रस्तुत लेख गुणात्मक प्रकृतिको रहेको छ र यसमा सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । यसमा प्राथमिक सामग्रीका रूपमा बीपीका उपर्युक्त उपन्यासहरूलाई लिइएको छ भने त्यससँग सम्बन्धित अन्य लेख तथा पुस्तकहरूलाई द्वितीयक सामग्रीका रूपमा ग्रहण गरिएको छ । प्रस्तुत अध्ययनबाट विश्वेश्वरप्रसाद कोइरालाका निर्धारित उपन्यासहरूमा विद्रोही नारीपात्रको उपस्थिति रहेको तथा उनीहरूद्वारा पितृसत्तात्मक मूल्यद्वारा निर्देशित विभेदकारी सामाजिक परिवेशमा सामाजिक-सांस्कृतिक उत्पीडन र यौनिक उत्पीडनप्रति विद्रोह गरिएकोे निष्कर्ष निकालिएको छ ।
Nepal Journals Online (JOL)
Title: उपन्यासकार कोइरालाका विद्रोही नारीपात्र
Description:
प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासका विद्रोही नारीपात्रहरू निरूपण गर्ने उद्देश्य राखिएको छ । यसका लागि उनका तीनघुम्ती, नरेन्द्रदाइ, सुम्निमा, मोदिआइन, हिटलर र यहूदी र बाबु आमा र छोरा छवटा उपन्यासहरूलाई नारीवादी मान्यताअन्तर्गत नारीविद्रोहको सैद्धान्तिक आधारमा विश्लेषण गरिएको छ । यी उपन्यासहरूमा पितृसत्तात्मक सामाजिक संरचनाद्वारा निर्देशित मूल्यमान्यताका कारण त्यहाँभित्रका नारीपात्रहरूले विभिन्न प्रकारको उत्पीडन झेलिरहेका देखिन्छन् । उनीहरूमध्ये विद्रोही प्रवृत्तिका नारीपात्रहरूले त्यसविरुद्ध विद्रोहसमेत गरेका देखिन्छन् । प्रस्तुत लेखमा पितृसत्ता र लैङ्गिक उत्पीडनका सन्दर्भसहित नारीविद्रोहअन्तर्गत विभेदकारी सामाजिक-सांस्कृतिक उत्पीडनप्रतिको विद्रोह र यौनिक उत्पीडनप्रतिको विद्रोहजस्ता पक्षको अध्ययन गरिएको छ । प्रस्तुत लेख गुणात्मक प्रकृतिको रहेको छ र यसमा सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । यसमा प्राथमिक सामग्रीका रूपमा बीपीका उपर्युक्त उपन्यासहरूलाई लिइएको छ भने त्यससँग सम्बन्धित अन्य लेख तथा पुस्तकहरूलाई द्वितीयक सामग्रीका रूपमा ग्रहण गरिएको छ । प्रस्तुत अध्ययनबाट विश्वेश्वरप्रसाद कोइरालाका निर्धारित उपन्यासहरूमा विद्रोही नारीपात्रको उपस्थिति रहेको तथा उनीहरूद्वारा पितृसत्तात्मक मूल्यद्वारा निर्देशित विभेदकारी सामाजिक परिवेशमा सामाजिक-सांस्कृतिक उत्पीडन र यौनिक उत्पीडनप्रति विद्रोह गरिएकोे निष्कर्ष निकालिएको छ ।.
Related Results
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन ...
उपन्यासकार हृदय चन्द्रसिंह प्रधान: प्रगतिवादका कोसेढुङ्गो
उपन्यासकार हृदय चन्द्रसिंह प्रधान: प्रगतिवादका कोसेढुङ्गो
प्रस्तुत लेख आधुनिक नेपाली उपन्यासकार हृदय चन्द्रसिंह प्रधानमा केन्द्रित छ । प्रधानद्वारा स्वास्नीमान्छे (२०११) र एकचिहान (२०१७) गरी दुई उपन्यास रचना गरिएको छ । यी रचनामा जनक्रान्त...
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
प्रस्तुत आलेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘‘राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन गरिएको छ । साहित्यका समाजशास्त्री टेनका प्रजाति, क्षण र परिवेश मान्यतामध्ये प्रस्तुत आलेखमा ‘‘रा...
राधा उपन्यासमा पितृसत्ता
राधा उपन्यासमा पितृसत्ता
प्रस्तुत लेखमा पितृसत्ताको सैद्धान्तिक कोणबाट कृष्ण धरावासीद्वारा रचित 'राधा’ उपन्यासको विश्लेषण गरिएको छ । पितृसत्ता नारीवादी समालोचनाको लैब्गिक अध्ययनअन्तर्गत पर्छ । पितृसत्तात्म...
आदिवासी उपन्यासमा भयवाद {Horror in the tribal novel}
आदिवासी उपन्यासमा भयवाद {Horror in the tribal novel}
प्रस्तुत अध्ययनमा उपन्यासकार देश सुब्बाको आदिवासी उपन्यासलाई भयवादका कोणबाट विश्लेषण गरिएको छ । सुब्बाको २०६४ सालमा प्रकाशित प्रस्तुत उपन्यासमा केकस्तो भयवादी चेतनाको अभिव्यक्ति भए...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...

