Javascript must be enabled to continue!
उपन्यासकार हृदय चन्द्रसिंह प्रधान: प्रगतिवादका कोसेढुङ्गो
View through CrossRef
प्रस्तुत लेख आधुनिक नेपाली उपन्यासकार हृदय चन्द्रसिंह प्रधानमा केन्द्रित छ । प्रधानद्वारा स्वास्नीमान्छे (२०११) र एकचिहान (२०१७) गरी दुई उपन्यास रचना गरिएको छ । यी रचनामा जनक्रान्तिपछिको नेपाली सामाजिक–आर्थिक अवस्था तथा गरिबी, शोषण, विभेद तथा उत्पीडनका विरुद्ध विद्रोहमा उत्रन थालेको सामाजिक चेतनाको विश्लेषण गरिएको छ । यी उपन्यासमा नारीलाई बेश्या बन्न बाध्य पारिदिने पुरुष अधिनायकवादी सोचाइको प्रतिकारमा उत्रिएको नारीविद्रोह छ । साथैश्रमिक तथा किसानमाथि शोषण गर्न पल्किएका सामन्तकाविरुद्ध जागरुक उत्पीडित निम्नवर्गको जोसिलो आवाज छ । कुसंस्कार र सामाजिक विकृतिप्रतिको तीब्र असहमतिमात्र छैन परिवर्तनको दिशानिर्देश पनि यिनमा गरिएको छ । साथै नारी अस्तित्व र मूल्यबोध अनि किसान जागरण र कर्मशीलताको क्रान्तिकारी अभिव्यक्ति पनि समेटिएको छ । तत्कालीन सामाजिक अवस्थालाई उनले भौतिकवादी द्वन्द्ववादका आधारमा चिनाएका छन् । उनका यी उपन्यास नेपाली समाजलाई जगाउन, बदल्न र विद्रोही तुल्याउन कोसेढुङ्गो बनेका छन् । उनका यी रचनालाई विभिन्न शैक्षिक तहका पाठ्यवस्तु तथा अध्ययन सामग्री पनि बनाइएको छ । उनको औपन्यासिक प्रवृत्तिबारे धेरै चर्चा भएका छन् । साथै प्रगतिशीलता खोजिएका छन् तर विद्रोह, वर्गीयता, उत्पादन शक्तिको पहिचान र वर्गद्वन्द्वको गहन विश्लेषणबाट प्रगतिवाद खोज्ने अनि नेपाली उपन्यासको इतिहासमा कोसेढुङ्गो मान्ने काम भएको देखिँदैन । यसैले प्रधानका उपन्यासको मूल वैचारिक धरातल नै प्रगतिवाद भएको र नेपाली उपन्यासमा उनी कोसेढुङ्गो बनेको निष्कर्ष निकाल्न यो लेख प्रयत्नशील रहेको छ ।
Title: उपन्यासकार हृदय चन्द्रसिंह प्रधान: प्रगतिवादका कोसेढुङ्गो
Description:
प्रस्तुत लेख आधुनिक नेपाली उपन्यासकार हृदय चन्द्रसिंह प्रधानमा केन्द्रित छ । प्रधानद्वारा स्वास्नीमान्छे (२०११) र एकचिहान (२०१७) गरी दुई उपन्यास रचना गरिएको छ । यी रचनामा जनक्रान्तिपछिको नेपाली सामाजिक–आर्थिक अवस्था तथा गरिबी, शोषण, विभेद तथा उत्पीडनका विरुद्ध विद्रोहमा उत्रन थालेको सामाजिक चेतनाको विश्लेषण गरिएको छ । यी उपन्यासमा नारीलाई बेश्या बन्न बाध्य पारिदिने पुरुष अधिनायकवादी सोचाइको प्रतिकारमा उत्रिएको नारीविद्रोह छ । साथैश्रमिक तथा किसानमाथि शोषण गर्न पल्किएका सामन्तकाविरुद्ध जागरुक उत्पीडित निम्नवर्गको जोसिलो आवाज छ । कुसंस्कार र सामाजिक विकृतिप्रतिको तीब्र असहमतिमात्र छैन परिवर्तनको दिशानिर्देश पनि यिनमा गरिएको छ । साथै नारी अस्तित्व र मूल्यबोध अनि किसान जागरण र कर्मशीलताको क्रान्तिकारी अभिव्यक्ति पनि समेटिएको छ । तत्कालीन सामाजिक अवस्थालाई उनले भौतिकवादी द्वन्द्ववादका आधारमा चिनाएका छन् । उनका यी उपन्यास नेपाली समाजलाई जगाउन, बदल्न र विद्रोही तुल्याउन कोसेढुङ्गो बनेका छन् । उनका यी रचनालाई विभिन्न शैक्षिक तहका पाठ्यवस्तु तथा अध्ययन सामग्री पनि बनाइएको छ । उनको औपन्यासिक प्रवृत्तिबारे धेरै चर्चा भएका छन् । साथै प्रगतिशीलता खोजिएका छन् तर विद्रोह, वर्गीयता, उत्पादन शक्तिको पहिचान र वर्गद्वन्द्वको गहन विश्लेषणबाट प्रगतिवाद खोज्ने अनि नेपाली उपन्यासको इतिहासमा कोसेढुङ्गो मान्ने काम भएको देखिँदैन । यसैले प्रधानका उपन्यासको मूल वैचारिक धरातल नै प्रगतिवाद भएको र नेपाली उपन्यासमा उनी कोसेढुङ्गो बनेको निष्कर्ष निकाल्न यो लेख प्रयत्नशील रहेको छ ।.
Related Results
मंत्र योग और आधुनिक चिकित्सा विज्ञान का समन्वय
मंत्र योग और आधुनिक चिकित्सा विज्ञान का समन्वय
वर्तमान शोध पत्र में "मंत्र योग और आधुनिक चिकित्सा विज्ञान का समन्वय" पर प्रभाव का पता लगाया गया है। मंत्र योग प्राचीन भारतीय परंपरा का एक महत्वपूर्ण अंग है, जो ध्वनि तरंगों और कंप...
Rasa, Rasika and Rasavant
Rasa, Rasika and Rasavant
The Art, कला, has varied genre, विधा. चित्र सूत्र suggests the शास्त्र of the गीत, आतोद्यू, नृत्त, च मूर्ति शिल्प and आलेख्य. प्रतिमा लक्षण is discussed there as देवतारूप-निर्माणम्...
ऋग्वेद में वर्णित विविध चिकित्सा
ऋग्वेद में वर्णित विविध चिकित्सा
वर्तमान समय में आधुनिक चिकित्सा पद्धति अपने सर्वोत्तम युग में है परन्तु उसकी जड़ें प्राचीन चिकित्सा पद्धति से होकर ही यहाँ तक पहुँची हैं, जिनमें वेदों का विशेष योगदान रहा है, प्रमुख...
सिम्मा नाटकमा वर्गीय चिन्तन
सिम्मा नाटकमा वर्गीय चिन्तन
सिम्मा रायनका रचनाहरू मध्ये एक गीतिनाटक हो । यसमा नेपालको पञ्चायतकालीन समय र समाजको वर्गीय अवस्थालाई यथार्थपरक ढङ्गले चित्रण गरिएको छ । नेपाली समाजमा पञ्चायतकालीन समयमा गाउँका साहु...
Importance of Sanskrit language in Ayurveda
Importance of Sanskrit language in Ayurveda
यह शोध-पत्र आयुर्वेद में संस्कृत भाषा की अनिवार्यता और उसकी मूलभूत भूमिका पर प्रकाश डालता है। चरक संहिता, सुश्रुत संहिता तथा अष्टांग हृदय जैसे प्रमुख आयुर्वेदिक ग्रंथ पूर्णतः संस्क...
सोशल मीडियाः अभिव्यक्ति के नए चौनल
सोशल मीडियाः अभिव्यक्ति के नए चौनल
1947 में भारत को आजादी मिली थी। देश के प्रत्येक नागरिक को अभिव्यक्ति की आजादी 26 जनवरी 1950 को भारतीय संविधान के लागू होने के उपरान्त मिला था, किन्तु कुछ साल पहले तक अभिव्यक्ति के ...
महात्मा गांधी के शैक्षिक चिंतन एवं नई शिक्षा नीति 2020 पर अध्ययनः (भारतीय परिप्रेक्ष्य में)
महात्मा गांधी के शैक्षिक चिंतन एवं नई शिक्षा नीति 2020 पर अध्ययनः (भारतीय परिप्रेक्ष्य में)
महात्मा गांधी का शैक्षिक चिंतन भारतीय शिक्षा की आत्मा को जागृत करने वाला दर्शन है। उनका मानना था कि शिक्षा केवल ज्ञान प्राप्ति का साधन नहीं, बल्कि आत्मनिर्भर, नैतिक और सामाजिक रूप ...
महिला सशक्तीकरण
महिला सशक्तीकरण
सारांश – 15 ऑगस्ट 1947 ला भारत स्वातंत्र होऊन 78 वर्श पुर्ण झाली. या सात दशकाच्या काळात देशाची सामाजिक, आर्थिक, सांस्कृतीक व शैक्षणिक प्रगती बऱ्याच प्रमाणात झाली. अगदी प्राचीन काळा...

