Javascript must be enabled to continue!
सिम्मा नाटकमा वर्गीय चिन्तन
View through CrossRef
सिम्मा रायनका रचनाहरू मध्ये एक गीतिनाटक हो । यसमा नेपालको पञ्चायतकालीन समय र समाजको वर्गीय अवस्थालाई यथार्थपरक ढङ्गले चित्रण गरिएको छ । नेपाली समाजमा पञ्चायतकालीन समयमा गाउँका साहु महाजनहरूले निम्न वर्गमाथि गर्ने आर्थिक तथा सामाजिक शोषण अत्यन्त घृणित किसिमको रहेको हुँदा सामन्ती समाजको बुर्जुवा वर्ग समाज विकासको बाधक भएको विषयलाई यस गीतिनाटकमा उठान गरिएको छ । परम्परागत सामन्ती राज्य व्यवस्थाका अवशेषहरू अझै बाँकी छन् । स्वाभिमान गुमाई युवा नेपालीहरू काम र मामको खोजीमा विदेशी भूमिमा रगत पसिना चुहाउन विवश बन्ने परिस्थिति यसमा देखाइएको छ, जुन पहिलेदेखि अहिलेसम्म रहेकै छ । गरिबीकै कारण डेङ्सुजस्ता युवाहरू भर्ती हुन हिँडेपछि साहुले घरखेत कब्जा गरी तिनका परिवारजन नोकर बनाएर मानसिक यातना र श्रम शोषण गरेको तथ्य यसमा देखाइएको छ । गीतिनाटकमा अन्याय गर्ने साहुका विरुद्ध युवाहरू आन्दोलित भएबाट निम्न वर्गीय पक्षधरता स्पष्ट रूपमा देखिन्छ । उच्चवर्गको साहु र उसकी श्रीमतीले सिम्मामाथि गरेको अत्याचार हदैसम्मको छ । धनी मानिसको हृदय कठोर र आपराधिक हुन्छ भन्ने तथ्य साहु र साहुनीका कुकृत्यबाट पर्दाफास गरिएको छ । उनीहरूप्रति आम पाठकको घृणा जगाइएको छ । साम्राज्यवादी विस्तारवादी शक्तिका स्वार्थका लागि नेपालीहरूले गरिब राष्ट्रका आफूजस्तै गरिब मानिसलाई मार्नका लागि खट्नु पर्ने विवशता रहेको कुरा यसमा अगाडि सारिएको छ । सिम्मामा अन्याय अत्याचार सहनु हुँदैन बरु त्यसका विरुद्ध चेतनाको लहर फैलाउनुपर्ने सिम्माको सन्देशले भर्ती भएका युवाहरू साहुको विद्रोह गर्न छाउनीबाट फर्किएको सन्दर्भ देखाइएको छ । सिम्मामा साम्राज्यवादी व्यवस्था र युद्धको डरलाग्दो परिणामको अन्त्यको कामनासँगै देशभक्तिको भावना र स्वाभिमानको खोजीसमेत गरिएको छ । निम्नवर्गीय पक्षधरता रहेको सिम्मा प्रगतिवादी वर्गीय चिन्तन र वैचारिकताका हिसाबले उत्कृष्ट गीतिनाटक बनेको छ ।
Title: सिम्मा नाटकमा वर्गीय चिन्तन
Description:
सिम्मा रायनका रचनाहरू मध्ये एक गीतिनाटक हो । यसमा नेपालको पञ्चायतकालीन समय र समाजको वर्गीय अवस्थालाई यथार्थपरक ढङ्गले चित्रण गरिएको छ । नेपाली समाजमा पञ्चायतकालीन समयमा गाउँका साहु महाजनहरूले निम्न वर्गमाथि गर्ने आर्थिक तथा सामाजिक शोषण अत्यन्त घृणित किसिमको रहेको हुँदा सामन्ती समाजको बुर्जुवा वर्ग समाज विकासको बाधक भएको विषयलाई यस गीतिनाटकमा उठान गरिएको छ । परम्परागत सामन्ती राज्य व्यवस्थाका अवशेषहरू अझै बाँकी छन् । स्वाभिमान गुमाई युवा नेपालीहरू काम र मामको खोजीमा विदेशी भूमिमा रगत पसिना चुहाउन विवश बन्ने परिस्थिति यसमा देखाइएको छ, जुन पहिलेदेखि अहिलेसम्म रहेकै छ । गरिबीकै कारण डेङ्सुजस्ता युवाहरू भर्ती हुन हिँडेपछि साहुले घरखेत कब्जा गरी तिनका परिवारजन नोकर बनाएर मानसिक यातना र श्रम शोषण गरेको तथ्य यसमा देखाइएको छ । गीतिनाटकमा अन्याय गर्ने साहुका विरुद्ध युवाहरू आन्दोलित भएबाट निम्न वर्गीय पक्षधरता स्पष्ट रूपमा देखिन्छ । उच्चवर्गको साहु र उसकी श्रीमतीले सिम्मामाथि गरेको अत्याचार हदैसम्मको छ । धनी मानिसको हृदय कठोर र आपराधिक हुन्छ भन्ने तथ्य साहु र साहुनीका कुकृत्यबाट पर्दाफास गरिएको छ । उनीहरूप्रति आम पाठकको घृणा जगाइएको छ । साम्राज्यवादी विस्तारवादी शक्तिका स्वार्थका लागि नेपालीहरूले गरिब राष्ट्रका आफूजस्तै गरिब मानिसलाई मार्नका लागि खट्नु पर्ने विवशता रहेको कुरा यसमा अगाडि सारिएको छ । सिम्मामा अन्याय अत्याचार सहनु हुँदैन बरु त्यसका विरुद्ध चेतनाको लहर फैलाउनुपर्ने सिम्माको सन्देशले भर्ती भएका युवाहरू साहुको विद्रोह गर्न छाउनीबाट फर्किएको सन्दर्भ देखाइएको छ । सिम्मामा साम्राज्यवादी व्यवस्था र युद्धको डरलाग्दो परिणामको अन्त्यको कामनासँगै देशभक्तिको भावना र स्वाभिमानको खोजीसमेत गरिएको छ । निम्नवर्गीय पक्षधरता रहेको सिम्मा प्रगतिवादी वर्गीय चिन्तन र वैचारिकताका हिसाबले उत्कृष्ट गीतिनाटक बनेको छ ।.
Related Results
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ,...
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
विलियम शेक्सपियरले सत्रौँ शताब्दीका विषयलाई आफ्ना नाटकमा समेटेका छन् । जातीय द्वन्द्वको विषय त्यस समयको निकै महत्वपूर्ण विषय थियो । यस समयमा काला र सेता जातिका सम्बन्धमा निकै विषयम...
मुटुको व्यथा नाटकमा अङ्गी रस
मुटुको व्यथा नाटकमा अङ्गी रस
नाटककार बालकृष्ण समद्वारा लिखितमुटुको व्यथानाटक रसात्मक अभिव्यक्तिको विशिष्टतारहेको कृति हो । यस लेखमा उक्त नाटकमा निष्पादितअङ्गी रसको पहिचानर विश्लेषण गरिएको छ।प्रस्तुत लेखको ...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
प्रस्तुत लेख ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतनाको अध्ययनमा आधारित छ । नेपाली समाजको वर्गीय विषमताको विरुद्धमा सङ्घर्षरत जनताले देखाएको साहस र वलिदान तथा सामाजिक, राजनीतिक विकृति ...
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
‘माटोको माया’ राष्ट्रप्रेमका भावना उत्प्रेरक तŒव अभिमुख भएको नाटक हो । यस प्रलेखमा राष्ट्रवादी भावनाको निरूपण गर्ने सिलसिलामा नाटककार भीमनिधि तिवारीको सामान्य परिचय दिएको छ । अलग–अ...

