Javascript must be enabled to continue!
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
View through CrossRef
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधारित छ । युवायुवतीका बिच स्वाभाविक रूपमा प्रेम हुनु र त्यसमा विघ्न पुग्दा प्रेम दुःखान्त बन्ने कुरालाई यस नाटकमा प्रस्तुत गरिएको छ । प्रेमको स्वरूप प्रस्तुत गर्दै प्रेमको दर्शन प्रस्तुत गर्नु यस नाटकको मुख्य उद्देश्य रहेको देखिन्छ । प्रेमसम्बन्धी दर्शन प्राचीन कालदेखि नै पूर्वीय एवं पाश्चात्य चिन्तनपरम्परामा पाइन्छ । पूर्वीय चिन्तनमा प्रेमदर्शन मूलतः आध्यात्मिक प्रकारको छ । त्यसमा भगवत्प्रेमलाई महत्त्व दिएको र भौतिकप्रेम वा नारीपुरुषबिचको प्रेमलाई हेय ठानिएको पाइन्छ । पाश्चात्य चिन्तनमा प्राचीन ग्रिसेली दार्शनिकहरूदेखि प्रेमसम्बन्धी विचार अभिव्यक्त भएको पाइन्छ । तिनमा प्रेमलाई सौन्दर्यमा पुग्ने, राम्रा इच्छालाई प्रोत्साहित गर्ने र साख्यभाव उत्पन्न गर्ने शक्तिका रूपमा चित्रण गरेका छन् । नाटककाभर विलियम शेक्सपियरले आफ्ना नाटकमा प्रेमसम्बन्धी दृष्टिकोण प्रस्तुत गरेका छन् र प्रेमलाई कसैले रोक्नछेक्न नसक्ने विचार प्रस्तुत गरेका छन् । बालकृष्ण सम प्रेमलाई नियमित आकस्मिकताको दर्शनका आधारमा प्रस्तुत गरेका छन् । संरचनाका दृष्टिले विशालकाय प्रस्तुत नाटकमा प्रेमदर्शन स्पष्ट पार्नका लागि विषयवस्तुको चयन र वस्तुयोजनाको निर्माण गरिएको छ । त्रिकोणात्मक प्रेमसम्बन्धका कारण नाटक द्वन्द्वात्मक बनेको छ र दुःखान्त परिस्थितिको सिर्जना भएको छ । प्रेमलाई यस नाटकमा आदर्शवादी ढङ्गमा प्रस्तुत गरिएको छ । यस नाटकका सम्बन्धमा विभिन्न विद्वान्हरूले विभिन्न किसिमले अध्ययन गरे पनि प्रेमदर्शनका आधारमा अध्ययन भएको पाइँदैन । त्यही अभावको पूर्तिका लागि प्रस्तुत अध्ययन गरिएको हो । यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यबाट गरिएको छ र सामग्रीको विश्लेषण गुणात्मक पद्धति र विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । यस अध्ययनको निष्कर्ष प्रेमदर्शनको प्रस्तुतिका दृष्टिले प्रेमपिण्ड नाटक सफल छ भन्ने रहेको छ ।
Nepal Journals Online (JOL)
Title: प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
Description:
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधारित छ । युवायुवतीका बिच स्वाभाविक रूपमा प्रेम हुनु र त्यसमा विघ्न पुग्दा प्रेम दुःखान्त बन्ने कुरालाई यस नाटकमा प्रस्तुत गरिएको छ । प्रेमको स्वरूप प्रस्तुत गर्दै प्रेमको दर्शन प्रस्तुत गर्नु यस नाटकको मुख्य उद्देश्य रहेको देखिन्छ । प्रेमसम्बन्धी दर्शन प्राचीन कालदेखि नै पूर्वीय एवं पाश्चात्य चिन्तनपरम्परामा पाइन्छ । पूर्वीय चिन्तनमा प्रेमदर्शन मूलतः आध्यात्मिक प्रकारको छ । त्यसमा भगवत्प्रेमलाई महत्त्व दिएको र भौतिकप्रेम वा नारीपुरुषबिचको प्रेमलाई हेय ठानिएको पाइन्छ । पाश्चात्य चिन्तनमा प्राचीन ग्रिसेली दार्शनिकहरूदेखि प्रेमसम्बन्धी विचार अभिव्यक्त भएको पाइन्छ । तिनमा प्रेमलाई सौन्दर्यमा पुग्ने, राम्रा इच्छालाई प्रोत्साहित गर्ने र साख्यभाव उत्पन्न गर्ने शक्तिका रूपमा चित्रण गरेका छन् । नाटककाभर विलियम शेक्सपियरले आफ्ना नाटकमा प्रेमसम्बन्धी दृष्टिकोण प्रस्तुत गरेका छन् र प्रेमलाई कसैले रोक्नछेक्न नसक्ने विचार प्रस्तुत गरेका छन् । बालकृष्ण सम प्रेमलाई नियमित आकस्मिकताको दर्शनका आधारमा प्रस्तुत गरेका छन् । संरचनाका दृष्टिले विशालकाय प्रस्तुत नाटकमा प्रेमदर्शन स्पष्ट पार्नका लागि विषयवस्तुको चयन र वस्तुयोजनाको निर्माण गरिएको छ । त्रिकोणात्मक प्रेमसम्बन्धका कारण नाटक द्वन्द्वात्मक बनेको छ र दुःखान्त परिस्थितिको सिर्जना भएको छ । प्रेमलाई यस नाटकमा आदर्शवादी ढङ्गमा प्रस्तुत गरिएको छ । यस नाटकका सम्बन्धमा विभिन्न विद्वान्हरूले विभिन्न किसिमले अध्ययन गरे पनि प्रेमदर्शनका आधारमा अध्ययन भएको पाइँदैन । त्यही अभावको पूर्तिका लागि प्रस्तुत अध्ययन गरिएको हो । यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यबाट गरिएको छ र सामग्रीको विश्लेषण गुणात्मक पद्धति र विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । यस अध्ययनको निष्कर्ष प्रेमदर्शनको प्रस्तुतिका दृष्टिले प्रेमपिण्ड नाटक सफल छ भन्ने रहेको छ ।.
Related Results
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ,...
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
विलियम शेक्सपियरले सत्रौँ शताब्दीका विषयलाई आफ्ना नाटकमा समेटेका छन् । जातीय द्वन्द्वको विषय त्यस समयको निकै महत्वपूर्ण विषय थियो । यस समयमा काला र सेता जातिका सम्बन्धमा निकै विषयम...
मुटुको व्यथा नाटकमा अङ्गी रस
मुटुको व्यथा नाटकमा अङ्गी रस
नाटककार बालकृष्ण समद्वारा लिखितमुटुको व्यथानाटक रसात्मक अभिव्यक्तिको विशिष्टतारहेको कृति हो । यस लेखमा उक्त नाटकमा निष्पादितअङ्गी रसको पहिचानर विश्लेषण गरिएको छ।प्रस्तुत लेखको ...
नाटककार समको प्रेमपिण्ड नाटकका पात्रको शैलीवैज्ञानिक वर्गीकरण
नाटककार समको प्रेमपिण्ड नाटकका पात्रको शैलीवैज्ञानिक वर्गीकरण
प्रस्तुत लेख नाटककार बालकृष्ण समको “प्रेमपिण्ड” नाटकका पात्रको शैलीवैज्ञानिक अध्ययन गरिएको छ । यसमा मोहनाराज शर्माको शैलीविज्ञान (२०५९) कृति अन्तर्गत रहेर पात्रहरुको तालिकीकरणद्वार...
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
‘माटोको माया’ राष्ट्रप्रेमका भावना उत्प्रेरक तŒव अभिमुख भएको नाटक हो । यस प्रलेखमा राष्ट्रवादी भावनाको निरूपण गर्ने सिलसिलामा नाटककार भीमनिधि तिवारीको सामान्य परिचय दिएको छ । अलग–अ...
मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
प्रस्तुत अध्ययन ‘मसान’ नाटकमा केन्द्रित सबाल्टर्न अध्ययनसँग सम्बन्धित छ । सबाल्टर्न सम्बन्धी अवधारणा माक्र्सवादमा आधारित नवीन अवधारणा हो । यस लेखमा ‘मसान’ नाटकमा रहेका नारी सबाल्टर...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...

