Javascript must be enabled to continue!
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
View through CrossRef
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा नारीराज्यको कल्पना गरी असम्भव क्रियाकलाप प्रस्तुत गरिएको छ । यस नाटकमा चोभारको गुफाबाट पसेको बालकृष्ण नयाँ नारीको राज्यमा पुग्छ जहाँ नारी पुरुषबिच कुनै विभेद देखिँदैन । त्यहाँका नारी आत्मनिर्भर भएको, घुम्न हिमालय पुगेको, आफ्नै देशमा प्रविधिको आविष्कार गरेको र विभेदयुक्त सोच भएका पुरुषबाट भाव परिवर्तन गराई नारी र पुरुषबिच समानता ल्याएको कल्पना नाटकमा गरिएको छ । राम्रो राज्यको कल्पना गरिए पनि पुरुषप्रधान सोच भएका व्यक्तिबाट त्यस कार्यलाई असफल बनाइएको र युद्धमा सबै नारी मारिएको, बालकृष्ण बचेर आफ्नै देश फर्किएका अतिकाल्पनिक घटना नाटकमा प्रस्तुत छन् । यस नाटकमा दुई घण्टाभित्र बालकृष्ण नयाँ राज्यमा पुगी कैयौँ दिन बिताएर फर्किएको घटनालाई अद्भुत रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।
Title: स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
Description:
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा नारीराज्यको कल्पना गरी असम्भव क्रियाकलाप प्रस्तुत गरिएको छ । यस नाटकमा चोभारको गुफाबाट पसेको बालकृष्ण नयाँ नारीको राज्यमा पुग्छ जहाँ नारी पुरुषबिच कुनै विभेद देखिँदैन । त्यहाँका नारी आत्मनिर्भर भएको, घुम्न हिमालय पुगेको, आफ्नै देशमा प्रविधिको आविष्कार गरेको र विभेदयुक्त सोच भएका पुरुषबाट भाव परिवर्तन गराई नारी र पुरुषबिच समानता ल्याएको कल्पना नाटकमा गरिएको छ । राम्रो राज्यको कल्पना गरिए पनि पुरुषप्रधान सोच भएका व्यक्तिबाट त्यस कार्यलाई असफल बनाइएको र युद्धमा सबै नारी मारिएको, बालकृष्ण बचेर आफ्नै देश फर्किएका अतिकाल्पनिक घटना नाटकमा प्रस्तुत छन् । यस नाटकमा दुई घण्टाभित्र बालकृष्ण नयाँ राज्यमा पुगी कैयौँ दिन बिताएर फर्किएको घटनालाई अद्भुत रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।.
Related Results
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
विलियम शेक्सपियरले सत्रौँ शताब्दीका विषयलाई आफ्ना नाटकमा समेटेका छन् । जातीय द्वन्द्वको विषय त्यस समयको निकै महत्वपूर्ण विषय थियो । यस समयमा काला र सेता जातिका सम्बन्धमा निकै विषयम...
मुटुको व्यथा नाटकमा अङ्गी रस
मुटुको व्यथा नाटकमा अङ्गी रस
नाटककार बालकृष्ण समद्वारा लिखितमुटुको व्यथानाटक रसात्मक अभिव्यक्तिको विशिष्टतारहेको कृति हो । यस लेखमा उक्त नाटकमा निष्पादितअङ्गी रसको पहिचानर विश्लेषण गरिएको छ।प्रस्तुत लेखको ...
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
‘माटोको माया’ राष्ट्रप्रेमका भावना उत्प्रेरक तŒव अभिमुख भएको नाटक हो । यस प्रलेखमा राष्ट्रवादी भावनाको निरूपण गर्ने सिलसिलामा नाटककार भीमनिधि तिवारीको सामान्य परिचय दिएको छ । अलग–अ...
सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना
सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्य...
मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
प्रस्तुत अध्ययन ‘मसान’ नाटकमा केन्द्रित सबाल्टर्न अध्ययनसँग सम्बन्धित छ । सबाल्टर्न सम्बन्धी अवधारणा माक्र्सवादमा आधारित नवीन अवधारणा हो । यस लेखमा ‘मसान’ नाटकमा रहेका नारी सबाल्टर...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...

