Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

मुटुको व्यथा नाटकमा अङ्गी रस

View through CrossRef
नाटककार बालकृष्ण समद्वारा लिखितमुटुको व्यथानाटक रसात्मक अभिव्यक्तिको विशिष्‍टतारहेको कृति हो  । यस लेखमा उक्त नाटकमा निष्‍पादितअङ्गी रसको पहिचानर विश्‍लेषण गरिएको छ।प्रस्तुत लेखको उद्देश्य नाटककार बालकृष्ण समको मुटुको व्यथा नाटकमा अङ्गी रसको पहिचान र विश्‍लेषण गर्नु रहेको छ । यस उद्देश्यलाई पूरा गर्न मुटुको व्यथा नाटकमा अङ्गी रसको विकास कसरी भएको छ भन्ने प्रश्‍न तय गरिएको छ । यस लेखमा पूर्वीय काव्यशास्त्रीय मान्यताको रससिद्धान्तलाई आधार मानेर यस नाटकको विश्‍लेषण गरिएको छ । भरतमुनिद्वारा प्रतिपादित र उनीपछिका रसवादी आचार्यहरूबाट परिपोषित मान्यताका आधारमा स्थापित रसवादी चिन्तनलाई आधार मानी यस नाटकको विश्‍लेषण गरिएको छ । पुस्तकालयीय कार्य तथा गुणात्मक अनुसन्धान विधिको प्रयोग गरी अध्ययन गरिएको यस लेखमा मुटुको व्यथा नाटकको घटनावस्तुलाई अर्थप्रकृति, कार्यावस्थाका आधारमा अध्ययन गरी नाटकमा निष्पादित अङ्गी रसलाई रससामग्रीका आधारमा विश्‍लेषण गरिएको छ । यस आधारबाट हेर्दा कपिलाले माधवको आत्मिक प्रेमलाई बुझ्न नसकेर शनकसित विवाह गरेपछि उनीहरूको जीवनमा आएका विभिन्न उतारचढाव तथा कपिलाले आफ्नो गलत निर्णयका कारण भोग्नु परेको पीडा तथा उक्त पीडापछि आफ्नो निर्णय गलत भएको निष्कर्षमा पुगेको तथा उसले अर्को जुनीमा माधव जस्तो साथी पाऊँ भन्ने प्रण गर्दै देहत्याग गरेको देखिाएकाले पनि प्रस्तुत नाटकमा माधव र कपिलामा एक अर्काप्रति अव्यक्त प्रेमभाव देख्न सकिन्छ । यसर्थ नाटकमा शृङ्गार (विप्रलम्भ) अङ्गी रस रसका रूपमा रहेको देखिन्छ ।
Nepal Journals Online (JOL)
Title: मुटुको व्यथा नाटकमा अङ्गी रस
Description:
नाटककार बालकृष्ण समद्वारा लिखितमुटुको व्यथानाटक रसात्मक अभिव्यक्तिको विशिष्‍टतारहेको कृति हो  । यस लेखमा उक्त नाटकमा निष्‍पादितअङ्गी रसको पहिचानर विश्‍लेषण गरिएको छ।प्रस्तुत लेखको उद्देश्य नाटककार बालकृष्ण समको मुटुको व्यथा नाटकमा अङ्गी रसको पहिचान र विश्‍लेषण गर्नु रहेको छ । यस उद्देश्यलाई पूरा गर्न मुटुको व्यथा नाटकमा अङ्गी रसको विकास कसरी भएको छ भन्ने प्रश्‍न तय गरिएको छ । यस लेखमा पूर्वीय काव्यशास्त्रीय मान्यताको रससिद्धान्तलाई आधार मानेर यस नाटकको विश्‍लेषण गरिएको छ । भरतमुनिद्वारा प्रतिपादित र उनीपछिका रसवादी आचार्यहरूबाट परिपोषित मान्यताका आधारमा स्थापित रसवादी चिन्तनलाई आधार मानी यस नाटकको विश्‍लेषण गरिएको छ । पुस्तकालयीय कार्य तथा गुणात्मक अनुसन्धान विधिको प्रयोग गरी अध्ययन गरिएको यस लेखमा मुटुको व्यथा नाटकको घटनावस्तुलाई अर्थप्रकृति, कार्यावस्थाका आधारमा अध्ययन गरी नाटकमा निष्पादित अङ्गी रसलाई रससामग्रीका आधारमा विश्‍लेषण गरिएको छ । यस आधारबाट हेर्दा कपिलाले माधवको आत्मिक प्रेमलाई बुझ्न नसकेर शनकसित विवाह गरेपछि उनीहरूको जीवनमा आएका विभिन्न उतारचढाव तथा कपिलाले आफ्नो गलत निर्णयका कारण भोग्नु परेको पीडा तथा उक्त पीडापछि आफ्नो निर्णय गलत भएको निष्कर्षमा पुगेको तथा उसले अर्को जुनीमा माधव जस्तो साथी पाऊँ भन्ने प्रण गर्दै देहत्याग गरेको देखिाएकाले पनि प्रस्तुत नाटकमा माधव र कपिलामा एक अर्काप्रति अव्यक्त प्रेमभाव देख्न सकिन्छ । यसर्थ नाटकमा शृङ्गार (विप्रलम्भ) अङ्गी रस रसका रूपमा रहेको देखिन्छ ।.

Related Results

स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ,...
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
विलियम शेक्सपियरले सत्रौँ शताब्दीका विषयलाई आफ्ना नाटकमा समेटेका छन् । जातीय द्वन्द्वको विषय त्यस समयको निकै महत्वपूर्ण विषय थियो । यस समयमा काला र सेता जातिका सम्बन्धमा निकै विषयम...
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
‘माटोको माया’ राष्ट्रप्रेमका भावना उत्प्रेरक तŒव अभिमुख भएको नाटक हो । यस प्रलेखमा राष्ट्रवादी भावनाको निरूपण गर्ने सिलसिलामा नाटककार भीमनिधि तिवारीको सामान्य परिचय दिएको छ । अलग–अ...
मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
प्रस्तुत अध्ययन ‘मसान’ नाटकमा केन्द्रित सबाल्टर्न अध्ययनसँग सम्बन्धित छ । सबाल्टर्न सम्बन्धी अवधारणा माक्र्सवादमा आधारित नवीन अवधारणा हो । यस लेखमा ‘मसान’ नाटकमा रहेका नारी सबाल्टर...
निना कथामा अङ्गी र अङ्गरसको अवस्था
निना कथामा अङ्गी र अङ्गरसको अवस्था
प्रस्तुत निना कथामा अङ्गी र अङ्गरसको अवस्था शीर्षकको अनुसन्धानमूलक लेख रससिद्धान्तसँग सापेक्षित रहेको छ । विशेष गरी कथामा प्रस्तुत रसको निदान गरी अङ्ग र अङ्गीरसको अवस्थाकोनिरूपण गर...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...

Back to Top