Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}

View through CrossRef
प्रस्तुत लेख ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतनाको अध्ययनमा आधारित छ । नेपाली समाजको वर्गीय विषमताको विरुद्धमा सङ्घर्षरत जनताले देखाएको साहस र वलिदान तथा सामाजिक, राजनीतिक विकृति र विसङ्गतिको अभिव्यक्ति उनका उपन्यासमा पाइन्छ । माक्र्सवादी दर्शनबाट प्रभावित बराल प्रगतिवादी साहित्यिक मान्यताअनुसार तत्कालीन आर्थिक तथा सामाजिक असमानताले सिर्जना गरेको वर्ग सङ्घर्षको उद्घाटन गर्नमा केन्द्रित भएको देखिन्छ । बरालका उपन्यासमा निम्न वर्गप्रति सामन्त वर्गको अन्याय, अत्याचार र शोषणको स्थिति कुन रूपमा छ, त्यसका विरुद्धको चेतना शोषित वर्गमा कसरी प्रकट भएको छ र लेखकीय पक्षधरता कुन वर्गप्रति देखिन्छ भन्ने जिज्ञासाको समाधान गर्ने यस अध्ययनको उद्देश्य रहेको छ । यस उद्देश्य पुर्तिका निम्ति उपन्यासमा अभिव्यक्त वर्गीय चेतना तथा वर्गीय पक्षधरताको व्याख्या विश्लेषण गर्न सोद्देश्यमूलक ढङ्गले सामग्रीको सङ्कलन गरी माक्र्सवादी मान्यता अनुरूप सङ्कलित सामग्रीको विश्लेषण गरिएकाले यसमा निगमनात्मक विधिको प्रयोग गरिएको छ । समाजमा भएका असमानताले नै वर्गद्वन्द्व तथा वर्गीय चेतना जन्मने र वर्गीय चेतनाको सही विश्लेषणले मात्र निम्नवर्गको मुक्तिको यात्रा तय हुनसक्ने निष्कर्ष बरालका उपन्यसको अध्ययनबाट प्राप्त भएको छ ।
Title: ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
Description:
प्रस्तुत लेख ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतनाको अध्ययनमा आधारित छ । नेपाली समाजको वर्गीय विषमताको विरुद्धमा सङ्घर्षरत जनताले देखाएको साहस र वलिदान तथा सामाजिक, राजनीतिक विकृति र विसङ्गतिको अभिव्यक्ति उनका उपन्यासमा पाइन्छ । माक्र्सवादी दर्शनबाट प्रभावित बराल प्रगतिवादी साहित्यिक मान्यताअनुसार तत्कालीन आर्थिक तथा सामाजिक असमानताले सिर्जना गरेको वर्ग सङ्घर्षको उद्घाटन गर्नमा केन्द्रित भएको देखिन्छ । बरालका उपन्यासमा निम्न वर्गप्रति सामन्त वर्गको अन्याय, अत्याचार र शोषणको स्थिति कुन रूपमा छ, त्यसका विरुद्धको चेतना शोषित वर्गमा कसरी प्रकट भएको छ र लेखकीय पक्षधरता कुन वर्गप्रति देखिन्छ भन्ने जिज्ञासाको समाधान गर्ने यस अध्ययनको उद्देश्य रहेको छ । यस उद्देश्य पुर्तिका निम्ति उपन्यासमा अभिव्यक्त वर्गीय चेतना तथा वर्गीय पक्षधरताको व्याख्या विश्लेषण गर्न सोद्देश्यमूलक ढङ्गले सामग्रीको सङ्कलन गरी माक्र्सवादी मान्यता अनुरूप सङ्कलित सामग्रीको विश्लेषण गरिएकाले यसमा निगमनात्मक विधिको प्रयोग गरिएको छ । समाजमा भएका असमानताले नै वर्गद्वन्द्व तथा वर्गीय चेतना जन्मने र वर्गीय चेतनाको सही विश्लेषणले मात्र निम्नवर्गको मुक्तिको यात्रा तय हुनसक्ने निष्कर्ष बरालका उपन्यसको अध्ययनबाट प्राप्त भएको छ ।.

Related Results

योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
SPECIFICATION FOR TESTING AUTOMOTIVE MINIATURE BULBS
SPECIFICATION FOR TESTING AUTOMOTIVE MINIATURE BULBS
<div class="section abstract"> <div class="htmlview paragraph">The procedures contained in this specification cover the laboratory testing of miniature incandescent b...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
METALCLAD RIGID AIRSHIP DEVELOPMENT1
METALCLAD RIGID AIRSHIP DEVELOPMENT1
<div class="htmlview paragraph">Several years ago some of the most prominent leaders in automotive industries cooperated to form a purely engineering group that had as its pr...

Back to Top