Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

चरैवति उपन्यासमा प्रजाति र परिवेश

View through CrossRef
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्यासमा प्रजाति र परिवेशको प्रयोग के कसरी गरिएको छ भनी अध्ययन गर्नु यस लेखको मूल समस्या र उद्देश्य हो । पुस्तकालयबाट सङ्कलित आधारभूत र सन्दर्भ स्रोत सामग्रीको विमर्श पाठविलेषण विधिबाट गरिएको छ । यसमा टेनले चर्चा गरेको प्रजाति र परिवेशसमबद्ध सिद्धान्तका आधारमा विशलेषणका मानदण्ड तयार पारेर कृतिबाट तथ्यहरू सङ्कलन गरी विश्लेषण गरिएको छ । टेनका अनुसार व्यक्तिका विशेषता, आनुवांशिकता, मानसिक बनावट र शारीरिक संरचना जस्ता पक्षहरू पनि प्रजाति हुन् । परिवेशले उपन्यासमा पात्रहरूको कार्यकलाप हुने वा घटनाहरू घट्ने स्थान, समय र त्यसको मानसिक प्रभावलाई बुझाउँछ, जसले पाठकलाई बाँध्ने काम गर्छ । मुख्यतः उपन्यसमा ब्राहमण, क्षेत्री, दलित, आदिवासी जनजाति गरी उपन्यासमा तीन प्रजातिका पात्रहरू रहेका छन् । परिवेशको दृष्टिबाट उपन्यासलाई नियाल्दा उपन्यासमा प्राकृतिक र भौगोलिक परिवेश, धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश, राजनीतिक परिवेश, आर्थिक परिवेश, ऐतिहासिक परिवेश र वैज्ञानिक तथा समसामयिक परिवेशको चित्रण गरिएको छ । उपन्यासमा प्रजातिगत पहिचान, सामाजिक पृष्ठभूमि र मानसिक संरचनाको यथोचित प्रयोग गरिनुका साथै लेखकीय प्रजातिगत गुण र ऊ बाँचेको समाजको प्रतिबिम्बन कृतिमा झल्किएको पाइन्छ यसर्थ टेनको समाजशास्त्रीय सिद्धान्तका आधारमा प्रजाति र परिवेशको दृष्टिले चरैवेति उपन्यास सशक्त रहेको निष्कर्ष निकालिएको छ ।
Nepal Journals Online (JOL)
Title: चरैवति उपन्यासमा प्रजाति र परिवेश
Description:
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्यासमा प्रजाति र परिवेशको प्रयोग के कसरी गरिएको छ भनी अध्ययन गर्नु यस लेखको मूल समस्या र उद्देश्य हो । पुस्तकालयबाट सङ्कलित आधारभूत र सन्दर्भ स्रोत सामग्रीको विमर्श पाठविलेषण विधिबाट गरिएको छ । यसमा टेनले चर्चा गरेको प्रजाति र परिवेशसमबद्ध सिद्धान्तका आधारमा विशलेषणका मानदण्ड तयार पारेर कृतिबाट तथ्यहरू सङ्कलन गरी विश्लेषण गरिएको छ । टेनका अनुसार व्यक्तिका विशेषता, आनुवांशिकता, मानसिक बनावट र शारीरिक संरचना जस्ता पक्षहरू पनि प्रजाति हुन् । परिवेशले उपन्यासमा पात्रहरूको कार्यकलाप हुने वा घटनाहरू घट्ने स्थान, समय र त्यसको मानसिक प्रभावलाई बुझाउँछ, जसले पाठकलाई बाँध्ने काम गर्छ । मुख्यतः उपन्यसमा ब्राहमण, क्षेत्री, दलित, आदिवासी जनजाति गरी उपन्यासमा तीन प्रजातिका पात्रहरू रहेका छन् । परिवेशको दृष्टिबाट उपन्यासलाई नियाल्दा उपन्यासमा प्राकृतिक र भौगोलिक परिवेश, धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश, राजनीतिक परिवेश, आर्थिक परिवेश, ऐतिहासिक परिवेश र वैज्ञानिक तथा समसामयिक परिवेशको चित्रण गरिएको छ । उपन्यासमा प्रजातिगत पहिचान, सामाजिक पृष्ठभूमि र मानसिक संरचनाको यथोचित प्रयोग गरिनुका साथै लेखकीय प्रजातिगत गुण र ऊ बाँचेको समाजको प्रतिबिम्बन कृतिमा झल्किएको पाइन्छ यसर्थ टेनको समाजशास्त्रीय सिद्धान्तका आधारमा प्रजाति र परिवेशको दृष्टिले चरैवेति उपन्यास सशक्त रहेको निष्कर्ष निकालिएको छ ।.

Related Results

चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
प्रतिघात उपन्यासको पात्रविधान
प्रतिघात उपन्यासको पात्रविधान
प्रस्तुत लेखमा नारद पोखरेलको प्रतिघात (वि.सं. २०७८) उपन्यासलाई पाठका रूपमा लिई त्यस उपन्यासमा प्रयुक्त पात्रहरूको व्यवस्थापनको विश्लेषण र मूल्याङ्कन गरिएको छ । प्रतिघात उपन्यासमा प...
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा (२०२७) उपन्यासमा मिथकका रूपमा पौराणिक उपकथालाई जोडेर नेपालको सामाजिक सांस्कृतिक घटनाको चित्रण गरिएको छ । यसमा दुई भिन्न संस्कृति आर्य ...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...

Back to Top