Javascript must be enabled to continue!
चरैवति उपन्यासमा प्रजाति र परिवेश
View through CrossRef
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्यासमा प्रजाति र परिवेशको प्रयोग के कसरी गरिएको छ भनी अध्ययन गर्नु यस लेखको मूल समस्या र उद्देश्य हो । पुस्तकालयबाट सङ्कलित आधारभूत र सन्दर्भ स्रोत सामग्रीको विमर्श पाठविलेषण विधिबाट गरिएको छ । यसमा टेनले चर्चा गरेको प्रजाति र परिवेशसमबद्ध सिद्धान्तका आधारमा विशलेषणका मानदण्ड तयार पारेर कृतिबाट तथ्यहरू सङ्कलन गरी विश्लेषण गरिएको छ । टेनका अनुसार व्यक्तिका विशेषता, आनुवांशिकता, मानसिक बनावट र शारीरिक संरचना जस्ता पक्षहरू पनि प्रजाति हुन् । परिवेशले उपन्यासमा पात्रहरूको कार्यकलाप हुने वा घटनाहरू घट्ने स्थान, समय र त्यसको मानसिक प्रभावलाई बुझाउँछ, जसले पाठकलाई बाँध्ने काम गर्छ । मुख्यतः उपन्यसमा ब्राहमण, क्षेत्री, दलित, आदिवासी जनजाति गरी उपन्यासमा तीन प्रजातिका पात्रहरू रहेका छन् । परिवेशको दृष्टिबाट उपन्यासलाई नियाल्दा उपन्यासमा प्राकृतिक र भौगोलिक परिवेश, धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश, राजनीतिक परिवेश, आर्थिक परिवेश, ऐतिहासिक परिवेश र वैज्ञानिक तथा समसामयिक परिवेशको चित्रण गरिएको छ । उपन्यासमा प्रजातिगत पहिचान, सामाजिक पृष्ठभूमि र मानसिक संरचनाको यथोचित प्रयोग गरिनुका साथै लेखकीय प्रजातिगत गुण र ऊ बाँचेको समाजको प्रतिबिम्बन कृतिमा झल्किएको पाइन्छ यसर्थ टेनको समाजशास्त्रीय सिद्धान्तका आधारमा प्रजाति र परिवेशको दृष्टिले चरैवेति उपन्यास सशक्त रहेको निष्कर्ष निकालिएको छ ।
Title: चरैवति उपन्यासमा प्रजाति र परिवेश
Description:
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्यासमा प्रजाति र परिवेशको प्रयोग के कसरी गरिएको छ भनी अध्ययन गर्नु यस लेखको मूल समस्या र उद्देश्य हो । पुस्तकालयबाट सङ्कलित आधारभूत र सन्दर्भ स्रोत सामग्रीको विमर्श पाठविलेषण विधिबाट गरिएको छ । यसमा टेनले चर्चा गरेको प्रजाति र परिवेशसमबद्ध सिद्धान्तका आधारमा विशलेषणका मानदण्ड तयार पारेर कृतिबाट तथ्यहरू सङ्कलन गरी विश्लेषण गरिएको छ । टेनका अनुसार व्यक्तिका विशेषता, आनुवांशिकता, मानसिक बनावट र शारीरिक संरचना जस्ता पक्षहरू पनि प्रजाति हुन् । परिवेशले उपन्यासमा पात्रहरूको कार्यकलाप हुने वा घटनाहरू घट्ने स्थान, समय र त्यसको मानसिक प्रभावलाई बुझाउँछ, जसले पाठकलाई बाँध्ने काम गर्छ । मुख्यतः उपन्यसमा ब्राहमण, क्षेत्री, दलित, आदिवासी जनजाति गरी उपन्यासमा तीन प्रजातिका पात्रहरू रहेका छन् । परिवेशको दृष्टिबाट उपन्यासलाई नियाल्दा उपन्यासमा प्राकृतिक र भौगोलिक परिवेश, धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश, राजनीतिक परिवेश, आर्थिक परिवेश, ऐतिहासिक परिवेश र वैज्ञानिक तथा समसामयिक परिवेशको चित्रण गरिएको छ । उपन्यासमा प्रजातिगत पहिचान, सामाजिक पृष्ठभूमि र मानसिक संरचनाको यथोचित प्रयोग गरिनुका साथै लेखकीय प्रजातिगत गुण र ऊ बाँचेको समाजको प्रतिबिम्बन कृतिमा झल्किएको पाइन्छ यसर्थ टेनको समाजशास्त्रीय सिद्धान्तका आधारमा प्रजाति र परिवेशको दृष्टिले चरैवेति उपन्यास सशक्त रहेको निष्कर्ष निकालिएको छ ।.
Related Results
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रस्तुत लेखमा नारायण ढकालद्वारा लिखित ‘प्रेतकल्प’ उपन्यासमा सन्निहित स्थानीयताको विश्लेषण गरिएको छ । ‘प्रेतकल्प’ उपन्यासमा हालको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गतका विभिन्न भौगोल...
प्रतिघात उपन्यासको पात्रविधान
प्रतिघात उपन्यासको पात्रविधान
प्रस्तुत लेखमा नारद पोखरेलको प्रतिघात (वि.सं. २०७८) उपन्यासलाई पाठका रूपमा लिई त्यस उपन्यासमा प्रयुक्त पात्रहरूको व्यवस्थापनको विश्लेषण र मूल्याङ्कन गरिएको छ । प्रतिघात उपन्यासमा प...
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा (२०२७) उपन्यासमा मिथकका रूपमा पौराणिक उपकथालाई जोडेर नेपालको सामाजिक सांस्कृतिक घटनाको चित्रण गरिएको छ । यसमा दुई भिन्न संस्कृति आर्य ...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...

