Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

प्रेतकल्प उपन्यासमा स्थानीयता

View through CrossRef
प्रस्तुत लेखमा नारायण ढकालद्वारा लिखित ‘प्रेतकल्प’ उपन्यासमा सन्निहित स्थानीयताको विश्लेषण गरिएको छ । ‘प्रेतकल्प’ उपन्यासमा हालको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गतका विभिन्न भौगोलिक इलाकालाई आधार बनाएर उपन्यासको परिवेश र विषयगत कार्यपीठिका तयार पारी त्यहाँको विविध सन्दर्भलाई उजागर गरिएको छ । मूलतः मनोहरा नदीको किनारमा रहेका विभिन्न स्थानहरूमध्ये बोडेभन्दा वारिपट्टिको विष्णुमति नदी किनाराको फाँट, त्यस वरिपरिको स्थानलाई ‘दुःखपुर’ नाम दिई त्यसै स्थानलाई उपन्यासको सङ्केन्द्रीकृत स्थान बनाई त्यहाँको स्थानीयतालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । उपन्यासमा हालको कागेश्वरी मनोहरा पालिकामा रहेको उक्त दुःखपुर गाउँ र त्यहाँका युवाको नवचेतनाले १९६९ देखि १९७८ सम्मको नेपालको जहानियाँ निरङ्कुुश राणाशासनको विरुद्धमा तथा समाज रूपान्तरणको पक्षमा बालेको प्रगतिशील सञ्चेतनाको ज्योतिलाई निष्ठापूर्वक प्रस्तुत गरिएको छ । मनोहरा नदीका किनारमा रहेका गाउँहरूको सामाजिक, आर्थिक, जातीय र वैचारिक पक्षलाई यस लेखमा विश्लेषण गरी उक्त क्षेत्रको स्थानीयतामा पाइने बहुविध आयामलाई देखाइएको छ । स्थानीयताको विश्लेषणका लागि यथार्थवादी साहित्य सिद्धान्तले प्रस्तुत गरेका आधारहरूको उपयोग गरी तिनै आधारहरूको मानदण्डमा स्थानीयताको विवेचन गरी उपन्यासमा अन्तर्निहित स्थानीयताका आयामहरूलाई उजागर गरिएको छ । समाज रूपान्तरण र तत्कालीन निरङ्कुुश राणाशासनका हरेक प्रकारका उत्पीडनका विरुद्धमा हालको कागेश्वरी मनोहरा पालिका अन्तर्गत सङ्केत गरिएको दुःखपुर इलाकाले चेतनाको नवदीप बाल्दै गरेको प्रतिरोधलाई निर्धारित उपन्यासमा रहेका विविध औपन्यासिक प्रकरण, सन्दर्भ र प्रतीकात्मक बिम्बका सापेक्षमा पुष्टि गरिएको छ ।
Nepal Journals Online (JOL)
Title: प्रेतकल्प उपन्यासमा स्थानीयता
Description:
प्रस्तुत लेखमा नारायण ढकालद्वारा लिखित ‘प्रेतकल्प’ उपन्यासमा सन्निहित स्थानीयताको विश्लेषण गरिएको छ । ‘प्रेतकल्प’ उपन्यासमा हालको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गतका विभिन्न भौगोलिक इलाकालाई आधार बनाएर उपन्यासको परिवेश र विषयगत कार्यपीठिका तयार पारी त्यहाँको विविध सन्दर्भलाई उजागर गरिएको छ । मूलतः मनोहरा नदीको किनारमा रहेका विभिन्न स्थानहरूमध्ये बोडेभन्दा वारिपट्टिको विष्णुमति नदी किनाराको फाँट, त्यस वरिपरिको स्थानलाई ‘दुःखपुर’ नाम दिई त्यसै स्थानलाई उपन्यासको सङ्केन्द्रीकृत स्थान बनाई त्यहाँको स्थानीयतालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । उपन्यासमा हालको कागेश्वरी मनोहरा पालिकामा रहेको उक्त दुःखपुर गाउँ र त्यहाँका युवाको नवचेतनाले १९६९ देखि १९७८ सम्मको नेपालको जहानियाँ निरङ्कुुश राणाशासनको विरुद्धमा तथा समाज रूपान्तरणको पक्षमा बालेको प्रगतिशील सञ्चेतनाको ज्योतिलाई निष्ठापूर्वक प्रस्तुत गरिएको छ । मनोहरा नदीका किनारमा रहेका गाउँहरूको सामाजिक, आर्थिक, जातीय र वैचारिक पक्षलाई यस लेखमा विश्लेषण गरी उक्त क्षेत्रको स्थानीयतामा पाइने बहुविध आयामलाई देखाइएको छ । स्थानीयताको विश्लेषणका लागि यथार्थवादी साहित्य सिद्धान्तले प्रस्तुत गरेका आधारहरूको उपयोग गरी तिनै आधारहरूको मानदण्डमा स्थानीयताको विवेचन गरी उपन्यासमा अन्तर्निहित स्थानीयताका आयामहरूलाई उजागर गरिएको छ । समाज रूपान्तरण र तत्कालीन निरङ्कुुश राणाशासनका हरेक प्रकारका उत्पीडनका विरुद्धमा हालको कागेश्वरी मनोहरा पालिका अन्तर्गत सङ्केत गरिएको दुःखपुर इलाकाले चेतनाको नवदीप बाल्दै गरेको प्रतिरोधलाई निर्धारित उपन्यासमा रहेका विविध औपन्यासिक प्रकरण, सन्दर्भ र प्रतीकात्मक बिम्बका सापेक्षमा पुष्टि गरिएको छ ।.

Related Results

योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...
माधवी उपन्यासमा संस्कृति
माधवी उपन्यासमा संस्कृति
प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए प...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...

Back to Top