Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

प्रतिघात उपन्यासको पात्रविधान

View through CrossRef
प्रस्तुत लेखमा नारद पोखरेलको प्रतिघात (वि.सं. २०७८) उपन्यासलाई पाठका रूपमा लिई त्यस उपन्यासमा प्रयुक्त पात्रहरूको व्यवस्थापनको विश्लेषण र मूल्याङ्कन गरिएको छ । प्रतिघात उपन्यासमा पूर्वी पहाडी सिम्पानी गाउँ आसपासको परिवेशमा हुर्कीबढेको विमलराज र उसको जीवनको आरोहअवरोहमा आइपरेका घटना, ती घटनामा सहभागी पात्रहरू, त्यहाँको परिवेश, उनीहरूको बोलीचाली, संस्कार र संस्कृति तथा उनीहरूको राजनीतिक चेतनाको उतारचढाव जस्ता विभिन्न अवस्थाको प्रस्तुति रहेको छ । प्रस्तुत उपन्यासमा उल्लिखित यिनै विषयहरूको कृतिगत गहन अध्ययन गरी पात्रविधानका आधारमा पात्रको व्यवस्थापनका विविध पक्षको विवेचना र समीक्षा गर्नु यस लेखको उद्देश्य हो । उद्देश्य परिपूर्तिका लागि भरतमुनिको प्रकृतिप्रदत्त शारीरिक अवस्थाका आधारमा पात्र पुरुष, स्त्री र नपुंसक; मोहनराज शर्माको लिङ्गका आधारमा पुरुष, स्त्री र तेस्रो लिङ्गी, कार्यका आधारमा प्रमुख, सहायक र गौण, प्रवृत्तिका आधारमा अनुकूल र प्रतिकूल, स्वभावका आधारमा गतिशील र गतिहीन, जीवनचेतनाका आधारमा व्यक्तिगत र वर्गगत, आसन्नताका आधारमा नेपथ्य र मञ्च, आबद्धताका आधारमा बद्ध र मुक्त, जीवनका आधारमा मानवीय र मानवेतर; र विष्णु न्यौपानेको लिङ्ग, कार्य, उमेर, भूमिका, चरित्र विकास, प्रवृत्ति, व्यक्तित्व, शारीरिक अवस्था, भेषभूषा, उपस्थिति, आबद्धता, वैचारिकता, विचार, आर्थिकस्तर, शिक्षा, प्रतिनिधित्व, अभिव्यक्ति, परिवेश, बसोबास, मनोविज्ञान, विषय, रोजगारी र लेखकीय विचारको प्रस्तुतिलाई पात्रविधानको सैद्धान्तिक आधार मानिएको छ । यसै सैद्धान्तिक ढाँचाका आधारमा पाठगत विश्लेषण पद्धतिअनुसार प्रस्तुत उपन्यासको अध्ययन र विश्लेषण गरिएको छ । प्रस्तुत उपन्यासमा पात्रको व्यवस्थापन समुचित सुसङ्गठन रूपमा भएको छ भन्ने निष्कर्ष प्राप्त भएको छ ।
Title: प्रतिघात उपन्यासको पात्रविधान
Description:
प्रस्तुत लेखमा नारद पोखरेलको प्रतिघात (वि.
सं.
२०७८) उपन्यासलाई पाठका रूपमा लिई त्यस उपन्यासमा प्रयुक्त पात्रहरूको व्यवस्थापनको विश्लेषण र मूल्याङ्कन गरिएको छ । प्रतिघात उपन्यासमा पूर्वी पहाडी सिम्पानी गाउँ आसपासको परिवेशमा हुर्कीबढेको विमलराज र उसको जीवनको आरोहअवरोहमा आइपरेका घटना, ती घटनामा सहभागी पात्रहरू, त्यहाँको परिवेश, उनीहरूको बोलीचाली, संस्कार र संस्कृति तथा उनीहरूको राजनीतिक चेतनाको उतारचढाव जस्ता विभिन्न अवस्थाको प्रस्तुति रहेको छ । प्रस्तुत उपन्यासमा उल्लिखित यिनै विषयहरूको कृतिगत गहन अध्ययन गरी पात्रविधानका आधारमा पात्रको व्यवस्थापनका विविध पक्षको विवेचना र समीक्षा गर्नु यस लेखको उद्देश्य हो । उद्देश्य परिपूर्तिका लागि भरतमुनिको प्रकृतिप्रदत्त शारीरिक अवस्थाका आधारमा पात्र पुरुष, स्त्री र नपुंसक; मोहनराज शर्माको लिङ्गका आधारमा पुरुष, स्त्री र तेस्रो लिङ्गी, कार्यका आधारमा प्रमुख, सहायक र गौण, प्रवृत्तिका आधारमा अनुकूल र प्रतिकूल, स्वभावका आधारमा गतिशील र गतिहीन, जीवनचेतनाका आधारमा व्यक्तिगत र वर्गगत, आसन्नताका आधारमा नेपथ्य र मञ्च, आबद्धताका आधारमा बद्ध र मुक्त, जीवनका आधारमा मानवीय र मानवेतर; र विष्णु न्यौपानेको लिङ्ग, कार्य, उमेर, भूमिका, चरित्र विकास, प्रवृत्ति, व्यक्तित्व, शारीरिक अवस्था, भेषभूषा, उपस्थिति, आबद्धता, वैचारिकता, विचार, आर्थिकस्तर, शिक्षा, प्रतिनिधित्व, अभिव्यक्ति, परिवेश, बसोबास, मनोविज्ञान, विषय, रोजगारी र लेखकीय विचारको प्रस्तुतिलाई पात्रविधानको सैद्धान्तिक आधार मानिएको छ । यसै सैद्धान्तिक ढाँचाका आधारमा पाठगत विश्लेषण पद्धतिअनुसार प्रस्तुत उपन्यासको अध्ययन र विश्लेषण गरिएको छ । प्रस्तुत उपन्यासमा पात्रको व्यवस्थापन समुचित सुसङ्गठन रूपमा भएको छ भन्ने निष्कर्ष प्राप्त भएको छ ।.

Related Results

विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा  सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन ...
चरीमाई उपन्यासमा भाषिक विचलन
चरीमाई उपन्यासमा भाषिक विचलन
प्रस्तुत लेखमा विचलनका आधारमा चरीमाई उपन्यासको अध्ययन गरिएको छ । चरीमाई अन्जना पौडेल अनुश्रुतीद्वारा लेखिएको उपन्यास हो । यस लेखको मुख्य उद्देश्य विचलका आधारमा चरीमाई उपन्यासको विश...
‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन
‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन
यस अध्ययनको मुख्य उद्देश्य ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘अप्रिय’ उपन्यासको कथानक, चरित्र, भाषिक चयन, भाषिक विचलन तथा समानान्तरतासम्बन्धी जानकारी शैली वैज्ञानिक आधारमा विश्लेषण गर्न...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
स्वर्गीय हीरादेवीको खोज उपन्यासमा भविता
स्वर्गीय हीरादेवीको खोज उपन्यासमा भविता
प्रस्तुत लेख ध्रुवचन्द्र गौतमद्वारा लिखित स्वर्गीय हीरादेवीको खोज उपन्यासको अस्तित्ववादी जीवनदृष्टिको मूलभूत मान्यता भविताका कोणबाट गरिने विश्लेषणमा केन्द्रित रहेको छ । स्वर्गीय ही...
तपन उपन्यासमा सबाल्टर्न चेतना
तपन उपन्यासमा सबाल्टर्न चेतना
प्रस्तुत शोधलेख शरद पौडेलद्वारा लिखित तपन उपन्यासको सबाल्टर्न चेतनाका आधारमा अध्ययन गरिएको छ । ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणालाई लिएर रन्जित गुहाको नेतृत्वमा भारतमा सन् १९८२ द...
चुली उपन्यासको सारवस्तु {The Essence of Chuli Novel}
चुली उपन्यासको सारवस्तु {The Essence of Chuli Novel}
‘चुली’ उपन्यासको सारवस्तु शीर्षकको प्रस्तुत लेखमा उपन्यासकार सरुभक्तको ‘चुली’ उपन्यासमा प्रस्तुत सारवस्तुको विश्लेषण गरिएको छ । ‘चुली’ सरुभक्तको पर्यावरणीय चेतनाका साथै मानवीय जीवन...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...

Back to Top