Javascript must be enabled to continue!
अप्रिय उपन्यासमा अन्तर्पाठीयता
View through CrossRef
प्रस्तुत लेखमा अन्तर्पाठीयताको सिद्धान्तका आधारमा ध्रुवचन्द्र गौतमको 'अप्रिय’ उपन्यासको अध्ययन गरिएको छ । यस उपन्यासमा अन्तर्पाठ प्रस्तुत भएका सन्दर्भको खोजी गरी तिनको पहिचान एवं विश्लेषण गरिएका कारण यो अध्ययन गुणात्मक प्रकृतिको छ । यस लेखमा व्याख्यात्मक एवम् विश्लेषण विधिको प्रयोग गरिएको छ । अन्तर्पाठीयताको सैद्धान्तिक मान्यताअनुसार 'अप्रिय’ उपन्यासमा साहित्य, मिथक र विज्ञान विषयको अन्तर्पाठ भएका सन्दर्भहरूको खोजी गरी तिनको व्याख्या विश्लेषण गरिएको छ । साहित्यकारका नाम, साहित्यिक कृतिहरू, नेपाली गीत, यथार्थवादी साहित्य सिद्धान्तको मान्यता, लेखनाथ पौड्यालको कविताको अंश साहित्यिक अन्तर्पाठका रूपमा, पुराणका नाम, पुराणवर्णित स्थल, भगवान्का आयुध, व्रिmयाकलापलगायत मिथकीय सन्दर्भहरू र शरीरविज्ञान, खगोलविज्ञान, जीवविज्ञान, रसायन विज्ञान, प्रविधि विषयका विभिन्न पारिभाषिक शब्द यसमा अन्तर्पाठ भएका छन् । यस अध्ययनबाट 'अप्रिय’ उपन्यासको निर्मितिमा विभिन्न पाठहरूको जोडजाड भएको, त्यसले गौतमको लेखनका वैशिष्ट्यलाई चिनाएको, कृतिमा स्वैरकल्पना, व्यब्ग्य र फेबुलेसनको प्रस्तुति गराएको, अर्थगत विस्तार र गहनतालाई प्रस्तुत गरेको निष्कर्ष प्राप्त भएको छ ।
Title: अप्रिय उपन्यासमा अन्तर्पाठीयता
Description:
प्रस्तुत लेखमा अन्तर्पाठीयताको सिद्धान्तका आधारमा ध्रुवचन्द्र गौतमको 'अप्रिय’ उपन्यासको अध्ययन गरिएको छ । यस उपन्यासमा अन्तर्पाठ प्रस्तुत भएका सन्दर्भको खोजी गरी तिनको पहिचान एवं विश्लेषण गरिएका कारण यो अध्ययन गुणात्मक प्रकृतिको छ । यस लेखमा व्याख्यात्मक एवम् विश्लेषण विधिको प्रयोग गरिएको छ । अन्तर्पाठीयताको सैद्धान्तिक मान्यताअनुसार 'अप्रिय’ उपन्यासमा साहित्य, मिथक र विज्ञान विषयको अन्तर्पाठ भएका सन्दर्भहरूको खोजी गरी तिनको व्याख्या विश्लेषण गरिएको छ । साहित्यकारका नाम, साहित्यिक कृतिहरू, नेपाली गीत, यथार्थवादी साहित्य सिद्धान्तको मान्यता, लेखनाथ पौड्यालको कविताको अंश साहित्यिक अन्तर्पाठका रूपमा, पुराणका नाम, पुराणवर्णित स्थल, भगवान्का आयुध, व्रिmयाकलापलगायत मिथकीय सन्दर्भहरू र शरीरविज्ञान, खगोलविज्ञान, जीवविज्ञान, रसायन विज्ञान, प्रविधि विषयका विभिन्न पारिभाषिक शब्द यसमा अन्तर्पाठ भएका छन् । यस अध्ययनबाट 'अप्रिय’ उपन्यासको निर्मितिमा विभिन्न पाठहरूको जोडजाड भएको, त्यसले गौतमको लेखनका वैशिष्ट्यलाई चिनाएको, कृतिमा स्वैरकल्पना, व्यब्ग्य र फेबुलेसनको प्रस्तुति गराएको, अर्थगत विस्तार र गहनतालाई प्रस्तुत गरेको निष्कर्ष प्राप्त भएको छ ।.
Related Results
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन
‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन
यस अध्ययनको मुख्य उद्देश्य ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘अप्रिय’ उपन्यासको कथानक, चरित्र, भाषिक चयन, भाषिक विचलन तथा समानान्तरतासम्बन्धी जानकारी शैली वैज्ञानिक आधारमा विश्लेषण गर्न...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रस्तुत लेखमा नारायण ढकालद्वारा लिखित ‘प्रेतकल्प’ उपन्यासमा सन्निहित स्थानीयताको विश्लेषण गरिएको छ । ‘प्रेतकल्प’ उपन्यासमा हालको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गतका विभिन्न भौगोल...
माधवी उपन्यासमा संस्कृति
माधवी उपन्यासमा संस्कृति
प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए प...

