Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

पलापला गजलकृतिमा राजनीतिक व्यङ्ग्य

View through CrossRef
प्रस्तुत लेख गजलकार लक्ष्मण थापाको पलापला गजलकृतिमा निहित राजनीतिक व्यङ्ग्यको विश्लेषणमा केन्द्रित रहेको छ । व्यङ्ग्यले कुनै पनि विषयमाथि देखिएका बेथिति र विसङ्गतिप्रति शिष्ट र मर्यादित ढङ्गले असहमति जनाई आक्रमण गर्दछ । राजनीति राज्यव्यवस्थाको एउटा महŒवपूर्ण अङ्ग मानिन्छ । गजलमा अभिव्यक्त व्यङ्ग्यका विभिन्न विषयक्षेत्रमध्येको एक शसक्त र प्रमुख विषय राजनीति हो । यही राजनीतिक क्षेत्रमा देखिएका विभिन्न खालका विकृति र विसङ्गतिको पहिचान गरी व्यङ्ग्यसँग सम्बन्धित पक्षको मात्र अध्ययन यस कार्यमा गरिएको छ । यस अध्ययनमा पलापला गजलकृतिभित्र राजनीतिक व्यङ्ग्यको प्रयोग विषयगत रूपमा केकस्तो ढङ्गले अभिव्यक्त भएको छ भन्ने समस्याको निरूपण गर्ने उद्देश्य रहेको छ । अध्ययनका लागि प्राथमिक र द्वितीयक सामग्रीको पठनपश्चात् पाठविश्लेषण विधिको उपयोग गरिएको छ । राजनीतिमा देखिएका हत्या, हिंसा, असुरक्षा र आतङ्क, नेतृत्वको विकृत चरित्र, राजनीतिप्रति जनताको निराशा, भ्रष्टाचार, गिर्दो स्वाभिमान, निरङ्कुशता तथा प्रजातान्त्रिक व्यवस्थामाथि गरिएका प्रहार राजनीतिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरिनु अध्ययनको निष्कर्ष रहेको छ । समाजका विभिन्न क्षेत्रमा देखिएका वेथिति, कुरीति, कुसंस्कार, विकृति तथा विसङ्गति व्यङ्ग्यका विषयका रूपमा आउन सक्ने भए पनि राजनीतिक क्षेत्रमा देखिएका व्यङ्ग्यका विषयको विश्लेषण गरिएकाले यो नै प्रस्तुत अध्ययनको प्राप्ति हो ।
Nepal Journals Online (JOL)
Title: पलापला गजलकृतिमा राजनीतिक व्यङ्ग्य
Description:
प्रस्तुत लेख गजलकार लक्ष्मण थापाको पलापला गजलकृतिमा निहित राजनीतिक व्यङ्ग्यको विश्लेषणमा केन्द्रित रहेको छ । व्यङ्ग्यले कुनै पनि विषयमाथि देखिएका बेथिति र विसङ्गतिप्रति शिष्ट र मर्यादित ढङ्गले असहमति जनाई आक्रमण गर्दछ । राजनीति राज्यव्यवस्थाको एउटा महŒवपूर्ण अङ्ग मानिन्छ । गजलमा अभिव्यक्त व्यङ्ग्यका विभिन्न विषयक्षेत्रमध्येको एक शसक्त र प्रमुख विषय राजनीति हो । यही राजनीतिक क्षेत्रमा देखिएका विभिन्न खालका विकृति र विसङ्गतिको पहिचान गरी व्यङ्ग्यसँग सम्बन्धित पक्षको मात्र अध्ययन यस कार्यमा गरिएको छ । यस अध्ययनमा पलापला गजलकृतिभित्र राजनीतिक व्यङ्ग्यको प्रयोग विषयगत रूपमा केकस्तो ढङ्गले अभिव्यक्त भएको छ भन्ने समस्याको निरूपण गर्ने उद्देश्य रहेको छ । अध्ययनका लागि प्राथमिक र द्वितीयक सामग्रीको पठनपश्चात् पाठविश्लेषण विधिको उपयोग गरिएको छ । राजनीतिमा देखिएका हत्या, हिंसा, असुरक्षा र आतङ्क, नेतृत्वको विकृत चरित्र, राजनीतिप्रति जनताको निराशा, भ्रष्टाचार, गिर्दो स्वाभिमान, निरङ्कुशता तथा प्रजातान्त्रिक व्यवस्थामाथि गरिएका प्रहार राजनीतिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरिनु अध्ययनको निष्कर्ष रहेको छ । समाजका विभिन्न क्षेत्रमा देखिएका वेथिति, कुरीति, कुसंस्कार, विकृति तथा विसङ्गति व्यङ्ग्यका विषयका रूपमा आउन सक्ने भए पनि राजनीतिक क्षेत्रमा देखिएका व्यङ्ग्यका विषयको विश्लेषण गरिएकाले यो नै प्रस्तुत अध्ययनको प्राप्ति हो ।.

Related Results

महिलाओं का राजनीतिक समाजीकरण और राजनीतिक सहभागिता
महिलाओं का राजनीतिक समाजीकरण और राजनीतिक सहभागिता
राजनीतिक समाजीकरण वह प्रक्रिया है जिसके माध्यम से व्यक्ति राजनीतिक व्यवस्था, राजनीतिक मूल्यों और राजनीतिक व्यवहार को सीखता है। यह प्रक्रिया व्यक्ति को राजनीतिक संस्कृति से जोड़ती है...
लिओ स्ट्रॉस का राजनीतिक दर्शन: एक समालोचनात्मक अध्ययन
लिओ स्ट्रॉस का राजनीतिक दर्शन: एक समालोचनात्मक अध्ययन
लियो स्ट्रॉस (1899–1973) बीसवीं शताब्दी के प्रमुख राजनीतिक दार्शनिकों में से एक थे, जिन्होंने आधुनिक राजनीतिक चिंतन की आधारभूत मान्यताओं की गहन समीक्षा प्रस्तुत की। उन्होंने विशेष ...
मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य
मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य
प्रस्तुत अनुसन्धानमूलक लेख मान्छेका रङहरू कवितासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कवितासङ्ग्रहका लेखक कवि वनमाली निराकार हुन् । उनको यस कृतिमा मानवीय प्रवृत्तिमाथिको...
वर्तमान दौर की भारतीय राजनीति के मुख्य मुद्दे और जीवंत लोकतंत्र-एक विश्लेषणात्मक अध्ययन
वर्तमान दौर की भारतीय राजनीति के मुख्य मुद्दे और जीवंत लोकतंत्र-एक विश्लेषणात्मक अध्ययन
समकालीन भारतीय राजनीतिक परिदृश्य और लोकतांत्रिक संस्थाओं पर इसके प्रभाव का एक विश्लेषणात्मक मूल्यांकन प्रस्तुत करता है। प्रस्तुत शोध पत्र वर्ष 2014 से 2026 तक के कालखंड को आधार बना...
कानून कार्यान्वयनः चुनौती, समस्या तथा सम्भावनाहरू
कानून कार्यान्वयनः चुनौती, समस्या तथा सम्भावनाहरू
नेपालले विगत केही दशकहरूमा पञ्चायत हुदै राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक रूपान्तरणहरूको श्रृंखला देखेको छ । कानूनी प्रणालीको प्रभावकारिता केवल कानूनको मात्रा वा ...
चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन
चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन
प्रस्तुत लेखमा सुधा त्रिपाठीको ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारीउत्पीडनका विविध आयामहरूको विश्लेषण र मूल्याङ्कनमार्फत निबन्धसङ्ग्रहमा प्...
भारत में धार्मिक सांप्रदायिक हिंसा का विश्लेषणात्मक पद्धति अध्ययन
भारत में धार्मिक सांप्रदायिक हिंसा का विश्लेषणात्मक पद्धति अध्ययन
इन संघर्षों को बढ़ावा देने वाले सामाजिक-राजनीतिक और ऐतिहासिक तत्वों पर जोर देते हुए, यह पुस्तक भारत में धार्मिक सांप्रदायिक हिंसा का विश्लेषणात्मक विश्लेषण प्रस्तुत करती है। यह गुज...
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...

Back to Top