Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

भोकको लय कवितासङ्ग्रहमा दलितचेत

View through CrossRef
प्रस्तुत लेखमा दलितचेतका मान्यताहरूलाई आधार बनाई भोकको लय कवितासङ्ग्रहको अध्ययन गरिएको छ । भोकको लय कवितासङ्ग्रहमा के-कस्तो दलितचेत पाइन्छ भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन गरिएको छ । यसका लागि भोकको लय कवितासङ्ग्रह प्राथमिक सामग्री र दलितचेतसँग सम्बन्धित द्वितीयक सामग्रीको प्रयोग गरिएको छ । तिनको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । भौतिकवादी जीवनदृष्टि; दलनको पीडा बोध र स्वपहिचान; शोषण तथा उत्पीडनको विरोध; दलित नायकत्वको खोजी; मुक्तिको आकाङ्क्षा र क्रान्तिचेत ; समतामूलक समाज निर्माणको चाह र आक्रोषपूर्ण सोझो भाषाशैली गरी यी सातओटा आधार नै कृतिको विमर्श गर्ने सैद्धान्तिक स्वरूप हुन् ।  पाठविश्लेषण विधिमा आधारित यस अध्ययनका आधारमा दलित भन्नाले पहाडीया र खस आर्यभित्रका उत्पीडित समुदाय, नेवारभित्रका उत्पीडित समुदाय र तराई मधेसका उत्पीडित समुदायको साझा परिचयलाई समेट्छ । अर्थात् उनीहरूको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थालाई बुझाउँछ । कवितामा अन्धविस्वास र अन्धपरम्पराको विरोध गर्नु,  वैज्ञानिक चिन्तनलाई आत्मसात् गर्नु, ईश्वको अस्तित्वलाई अस्वीकार गरी ईश्वर मर्यो भन्नु भौतिकवादी जीवनदृष्टि हो । कवितामा दलितहरूमाथि हजारौँ वर्षदेखि हुँदै आएको अन्याय, अत्याचार, विभेद, छुवाछुत, शोषण तथा उत्पीडनको स्वीकार गर्नु,  दलितहरूको वीरता, अङ्ग्रेजसँगको युद्ध र विसेनगर्चीको प्रसङ्गबाट इतिहासमासमेत आफ"हुनुको भावको खोजी गरिनुले दलनको पीडा बोध र स्वपहिचानलाई प्रष्ट पार्छ । कवितामा बेथितिको पराकाष्टाका विरुद्ध, भोकले ग्रस्त छातीहरूमा बुर्कुसी मारिरहेका पाउहरूका विरुद्ध, हाम्रा छोरी चेलीमाथि कुदृष्टि लगाउने शोषक, ठूलाबडाका विरुद्ध दुर्गम गाउँलाई अझै दुर्गमै बनाइराख्ने नियतिका विरुद्ध, माफिया, घुसखोरी, भ्रष्टारीका विरुद्ध जनतालाई एकजुट भएर ज्वालामुखी झैँ  विष्फोट हुन प्रेरित गर्नु शोषण तथा उत्पीडनको विरोध हो । समाजका कथित ठुलाबडाले अछुत, अपवित्र, कोइला ठाने तापनि समाजको वास्तविक पोषणकर्ता, पहरेदार दलित नै भएको भन्दै दलितलाई समाज सञ्चालनको नायकका रूपमा कवितामा प्रस्तुत गर्नु दलित नायकत्वको खोजी हो  । यस्तै क्रान्ति नगरी कुनै पनि उत्पीडनबाट मुक्त हुन नसकिने भाव कवितामा अभिव्यक्त गरी मुक्तिको आकाङ्क्षा र क्रान्ति चेतलाई प्रस्तुत गरिएको छ । कवितामा प्रस्तुत खराब संस्कृतिलाई हटाएर आपसी समानता, सद्भाव र विभेदरहीत समाजको निर्माण र विकास गर्ने चाहना नै समतामूलक समाज निर्माणको चाह हो । कवितामा शासक तथा उत्पीडक वर्गप्रति रोष प्रकट गर्दै 'विचारहीन चालबाजहरू’, 'चोर', 'हरिकङ्गाल’, 'छट्टुहरू’ र 'बेसारे’जस्ता रुखो शब्दको प्रयोग गरिनुले आक्रोषपूर्ण सोझो भाषाशैलीलाई प्रष्ट्याउँछ । यसरी दलितचेतना र प्रयोगका दृष्टिले भोकको लय कवितासङ्ग्रह अब्बल रहेको निष्कर्ष यसमा प्रस्तुत गरिएको छ ।
Nepal Journals Online (JOL)
Title: भोकको लय कवितासङ्ग्रहमा दलितचेत
Description:
प्रस्तुत लेखमा दलितचेतका मान्यताहरूलाई आधार बनाई भोकको लय कवितासङ्ग्रहको अध्ययन गरिएको छ । भोकको लय कवितासङ्ग्रहमा के-कस्तो दलितचेत पाइन्छ भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन गरिएको छ । यसका लागि भोकको लय कवितासङ्ग्रह प्राथमिक सामग्री र दलितचेतसँग सम्बन्धित द्वितीयक सामग्रीको प्रयोग गरिएको छ । तिनको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । भौतिकवादी जीवनदृष्टि; दलनको पीडा बोध र स्वपहिचान; शोषण तथा उत्पीडनको विरोध; दलित नायकत्वको खोजी; मुक्तिको आकाङ्क्षा र क्रान्तिचेत ; समतामूलक समाज निर्माणको चाह र आक्रोषपूर्ण सोझो भाषाशैली गरी यी सातओटा आधार नै कृतिको विमर्श गर्ने सैद्धान्तिक स्वरूप हुन् ।  पाठविश्लेषण विधिमा आधारित यस अध्ययनका आधारमा दलित भन्नाले पहाडीया र खस आर्यभित्रका उत्पीडित समुदाय, नेवारभित्रका उत्पीडित समुदाय र तराई मधेसका उत्पीडित समुदायको साझा परिचयलाई समेट्छ । अर्थात् उनीहरूको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थालाई बुझाउँछ । कवितामा अन्धविस्वास र अन्धपरम्पराको विरोध गर्नु,  वैज्ञानिक चिन्तनलाई आत्मसात् गर्नु, ईश्वको अस्तित्वलाई अस्वीकार गरी ईश्वर मर्यो भन्नु भौतिकवादी जीवनदृष्टि हो । कवितामा दलितहरूमाथि हजारौँ वर्षदेखि हुँदै आएको अन्याय, अत्याचार, विभेद, छुवाछुत, शोषण तथा उत्पीडनको स्वीकार गर्नु,  दलितहरूको वीरता, अङ्ग्रेजसँगको युद्ध र विसेनगर्चीको प्रसङ्गबाट इतिहासमासमेत आफ"हुनुको भावको खोजी गरिनुले दलनको पीडा बोध र स्वपहिचानलाई प्रष्ट पार्छ । कवितामा बेथितिको पराकाष्टाका विरुद्ध, भोकले ग्रस्त छातीहरूमा बुर्कुसी मारिरहेका पाउहरूका विरुद्ध, हाम्रा छोरी चेलीमाथि कुदृष्टि लगाउने शोषक, ठूलाबडाका विरुद्ध दुर्गम गाउँलाई अझै दुर्गमै बनाइराख्ने नियतिका विरुद्ध, माफिया, घुसखोरी, भ्रष्टारीका विरुद्ध जनतालाई एकजुट भएर ज्वालामुखी झैँ  विष्फोट हुन प्रेरित गर्नु शोषण तथा उत्पीडनको विरोध हो । समाजका कथित ठुलाबडाले अछुत, अपवित्र, कोइला ठाने तापनि समाजको वास्तविक पोषणकर्ता, पहरेदार दलित नै भएको भन्दै दलितलाई समाज सञ्चालनको नायकका रूपमा कवितामा प्रस्तुत गर्नु दलित नायकत्वको खोजी हो  । यस्तै क्रान्ति नगरी कुनै पनि उत्पीडनबाट मुक्त हुन नसकिने भाव कवितामा अभिव्यक्त गरी मुक्तिको आकाङ्क्षा र क्रान्ति चेतलाई प्रस्तुत गरिएको छ । कवितामा प्रस्तुत खराब संस्कृतिलाई हटाएर आपसी समानता, सद्भाव र विभेदरहीत समाजको निर्माण र विकास गर्ने चाहना नै समतामूलक समाज निर्माणको चाह हो । कवितामा शासक तथा उत्पीडक वर्गप्रति रोष प्रकट गर्दै 'विचारहीन चालबाजहरू’, 'चोर', 'हरिकङ्गाल’, 'छट्टुहरू’ र 'बेसारे’जस्ता रुखो शब्दको प्रयोग गरिनुले आक्रोषपूर्ण सोझो भाषाशैलीलाई प्रष्ट्याउँछ । यसरी दलितचेतना र प्रयोगका दृष्टिले भोकको लय कवितासङ्ग्रह अब्बल रहेको निष्कर्ष यसमा प्रस्तुत गरिएको छ ।.

Related Results

स्पर्श कवितासङ्ग्रहमा शब्दशक्ति {Shabdashakti in Sparsh Poetry}
स्पर्श कवितासङ्ग्रहमा शब्दशक्ति {Shabdashakti in Sparsh Poetry}
नवोदित कवि भास्कर भण्डारीको पहिलो कवितासङ्ग्रह स्पर्शमा तिस ओटा गद्यकविताहरू रहेका छन् । यिनमा दार्शनिक तथा समसामयिक राष्ट्रियचेतलाई प्रमुख कथ्य बनाइएको छ । विषयगत गम्भीरता र काव्य...
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
प्रस्तुत लेखमा कवि गोविन्दराज भट्टराईको 'भूकम्प प्रार्थना’ कवितासङ्ग्रहभित्रका कवितामा निहित अभिघातको अवस्थालाई प्रकाश पार्ने काम गरिएको छ । २०७२ सालको भूकम्पले सिर्जना गरेको त्रास...
मुसाको सिङ कवितासङ्ग्रहको विधागत विश्लेषण
मुसाको सिङ कवितासङ्ग्रहको विधागत विश्लेषण
कवि भानुभक्त पोखरेलको मुसाको सिङ (२०६१) कवितासङ्ग्रहमा सङ्ग्रहित कविताहरूको विधागत दृष्टिले विश्लेषण नभएको अवस्था प्रस्तुत अध्ययनको प्रमुख समस्या हो । अतः यसै समस्यासँग सम्बद्ध भई ...
मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य
मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य
प्रस्तुत अनुसन्धानमूलक लेख मान्छेका रङहरू कवितासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कवितासङ्ग्रहका लेखक कवि वनमाली निराकार हुन् । उनको यस कृतिमा मानवीय प्रवृत्तिमाथिको...
चीत्कार कथामा नारी उत्पीडन
चीत्कार कथामा नारी उत्पीडन
प्रस्तुत लेख ध्रुव सापकोटा (२००९) द्वारा लिखित “चीत्कार” कथामा अभिव्यक्त नारी उत्पीडनमा केन्द्रित रही विश्लेषण गरिएको छ । यो कथा २०५१ सालमा पहिलो पटक गरिमा पत्रिकामा प्रकाशित भएको ...
आफर कवितासङ्ग्रहमा दलित चेतना
आफर कवितासङ्ग्रहमा दलित चेतना
प्रस्तुत शोधलेखमा उन्मुक्त पुस्ताद्वारा लेखिएको ‘आफर’ कवितासङ्ग्रहको दलित चेतनाका आधारमा अध्ययन गरिएको छ । सामाजिक, सांस्कृतिक र आर्थिक दृष्टिले उत्पीडनमा पारिएका जातिहरूको समुदाय ...
बादल फाटेपछि कवितासङ्ग्रहमा अभिव्यक्त यथार्थ
बादल फाटेपछि कवितासङ्ग्रहमा अभिव्यक्त यथार्थ
घटराज भट्टराईको बादल फाटेपछि कवितासङ्ग्रह वि.सं. २०२५ मा प्रकाशित कवितासङ्ग्रह हो । यसमा तत्कालीन राष्ट्रनायकप्रति सम्मान र श्रद्धा प्रकट भएका काव्यभाव व्यवहृत कविता छन् । यी कविता...
उल्टो धार कवितासङ्गहमा सीमान्तीयता {Marginalism in the Oolto Dhar Kavitasangha}
उल्टो धार कवितासङ्गहमा सीमान्तीयता {Marginalism in the Oolto Dhar Kavitasangha}
प्रस्तुत लेख उल्टो धार कवितासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक आर. बी. निश्चल हुन् । निश्चलका कवितामा मुख्य गरी सबाल्र्टन चेतना मुखरित भएको पाइन्छ । परम्पराद...

Back to Top