Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

आफर कवितासङ्ग्रहमा दलित चेतना

View through CrossRef
प्रस्तुत शोधलेखमा उन्मुक्त पुस्ताद्वारा लेखिएको ‘आफर’ कवितासङ्ग्रहको दलित चेतनाका आधारमा अध्ययन गरिएको छ । सामाजिक, सांस्कृतिक र आर्थिक दृष्टिले उत्पीडनमा पारिएका जातिहरूको समुदाय नै दलित हुन् । मनुवादी हिन्दू वर्णव्यवस्थामा आधारित नेपाली समाजमा दलित समुदायले लामो समयदेखि शोषण र उत्पीडन भोग्दै आएका छन् । दलित मुक्तिका लागि सर्वप्रथम भारतका भीमराव अम्बेडकरले सङ्गठित रूपमा आवाज उठाउने काम गरे । तिनै दलितका समस्यालाई प्रस्तुत गर्दै दलितमुक्तिको आह्वान गरिएको साहित्य नै दलित साहित्य हो । हिन्दू वर्णव्यवस्थाको विरोध, सामाजिक तथा सांस्कृतिक उत्पीडनको विरोध, स्वतन्त्रता, समानता र बन्धुत्वको भावना, श्रम शोषणको विरोध, दलित नायकत्वको स्थापना आदि दलित साहित्यका आधारभूत मान्यता हुन् । यस लेखमा दलित साहित्यसम्बन्धी यिनै मुख्य मान्यताहरूलाई आधार बनाएर ‘आफर’ कवितासङ्ग्रहको अध्ययन गर्ने काम गरिएको छ । अध्ययनका क्रममा ‘आफर’ भित्रका कविताहरूले दलितको समस्यालाई सघन रूपमा उठाउँदै उनीहरूको सामाजिक मूल्य स्थापित हुनुपर्दछ भन्ने मुक्तिको आवाजलाई प्रखर रूपमा प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ ।
Title: आफर कवितासङ्ग्रहमा दलित चेतना
Description:
प्रस्तुत शोधलेखमा उन्मुक्त पुस्ताद्वारा लेखिएको ‘आफर’ कवितासङ्ग्रहको दलित चेतनाका आधारमा अध्ययन गरिएको छ । सामाजिक, सांस्कृतिक र आर्थिक दृष्टिले उत्पीडनमा पारिएका जातिहरूको समुदाय नै दलित हुन् । मनुवादी हिन्दू वर्णव्यवस्थामा आधारित नेपाली समाजमा दलित समुदायले लामो समयदेखि शोषण र उत्पीडन भोग्दै आएका छन् । दलित मुक्तिका लागि सर्वप्रथम भारतका भीमराव अम्बेडकरले सङ्गठित रूपमा आवाज उठाउने काम गरे । तिनै दलितका समस्यालाई प्रस्तुत गर्दै दलितमुक्तिको आह्वान गरिएको साहित्य नै दलित साहित्य हो । हिन्दू वर्णव्यवस्थाको विरोध, सामाजिक तथा सांस्कृतिक उत्पीडनको विरोध, स्वतन्त्रता, समानता र बन्धुत्वको भावना, श्रम शोषणको विरोध, दलित नायकत्वको स्थापना आदि दलित साहित्यका आधारभूत मान्यता हुन् । यस लेखमा दलित साहित्यसम्बन्धी यिनै मुख्य मान्यताहरूलाई आधार बनाएर ‘आफर’ कवितासङ्ग्रहको अध्ययन गर्ने काम गरिएको छ । अध्ययनका क्रममा ‘आफर’ भित्रका कविताहरूले दलितको समस्यालाई सघन रूपमा उठाउँदै उनीहरूको सामाजिक मूल्य स्थापित हुनुपर्दछ भन्ने मुक्तिको आवाजलाई प्रखर रूपमा प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ ।.

Related Results

Shiksha ka Dalit Chetana ke Vikas me Yogdan evn Mahatva
Shiksha ka Dalit Chetana ke Vikas me Yogdan evn Mahatva
सारांश भारत जैसे विविध जातीय संरचना वाले समाज में शिक्षा ने दलित चेतना को विकसित करने में अत्यंत महत्वपूर्ण भूमिका निभाई है। ऐतिहासिक रूप से जातिगत भेदभाव के कारण दलित समुदाय को शि...
भारतातील दलित चळवळी
भारतातील दलित चळवळी
सारांश:- २०११ च्या जनगणनेनुसार अनुसूचित जाती ह्या संपूर्ण भारतातील लोकसंख्येच्या १६.६% एवढ्या आहेत.नॅशनल क्राईम रेकॉर्ड ब्युरो(NCRB) च्या अहवालात अनुसूचित जातींवरील गुन्ह्यांच्या घ...
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
प्रस्तुत लेखमा कवि गोविन्दराज भट्टराईको 'भूकम्प प्रार्थना’ कवितासङ्ग्रहभित्रका कवितामा निहित अभिघातको अवस्थालाई प्रकाश पार्ने काम गरिएको छ । २०७२ सालको भूकम्पले सिर्जना गरेको त्रास...
दलित चेतना और हिन्दी पत्रकारिता
दलित चेतना और हिन्दी पत्रकारिता
हिन्दी दलित पत्रकारिता का इतिहास लगभग 150 वर्शों से भी अधिक पुराना है। दलित पत्रकारिता की षुरूआत मराठी भाशा में प्रकाषित पत्रिकाओं के माध्यम से हुई। कालांतर में हिन्दी भाशा में भी ...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
प्रस्तुत लेख ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतनाको अध्ययनमा आधारित छ । नेपाली समाजको वर्गीय विषमताको विरुद्धमा सङ्घर्षरत जनताले देखाएको साहस र वलिदान तथा सामाजिक, राजनीतिक विकृति ...
हिंदी दलित साहित्य: विमर्श और चुनौती
हिंदी दलित साहित्य: विमर्श और चुनौती
दलित साहित्य हिंदी साहित्य की एक महत्वपूर्ण धारा है जो सामाजिक अन्याय, शोषण, भेदभाव और जातिवादी व्यवस्था के विरुद्ध आवाज़ उठाता है। यह साहित्य दलितों के अनुभवों, संघर्षों, पीड़ाओं ...
नवेन्दु महर्षि के काव्य में प्रेम-तत्व की प्रधानता
नवेन्दु महर्षि के काव्य में प्रेम-तत्व की प्रधानता
भारतीय साहित्य का प्राण-तत्व प्रेम रहा है। प्रेम को केन्द्रीय तत्व मानकर अनेक महाकाव्य एवं महत्वपूर्ण रचनाएँ हुई हैं। परंतु दलित साहित्य में प्रेम-तत्व को स्थापित करनेवाले रचनाकारो...

Back to Top