Javascript must be enabled to continue!
दलितसँग काङ्ग्रेस २००७ सालदेखि वर्तमानसम्म
View through CrossRef
जातीय भेदभाव तथा छुवाछूत राज्य प्रवर्धित मानवता विरुद्धको ऐतिहासिक अन्यायी अपराध हो । जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि नेपाली काङ्ग्रेसले आफ्नो स्थापना कालदेखि नै कदम चालेको प्रमाणहरूले पुष्टि गरेका छन् । २००९ सालमा धनमानसिंह परियार महामन्त्री थिए । उनको बहिर्गमन पश्चात् २०६७ सालसम्म पार्टीमा दलित प्रतिनिधित्व शून्यप्रायः रह्यो । १४ औं महाधिवेशबाट पार्टीमा १ पदाधिकारी, ९ दलित आरक्षित सदस्य र २ जना सभापतिबाट मनोनित गरी १३ जना केन्द्रीय कार्यसमितिमा रहेका छन् । पूर्ण वैज्ञानिक नभए तापनि गाउँ तहबाटै पार्टीमा दलित प्रतिनिधित्व सुनिश्चित गर्ने अभिप्रायले काङ्ग्रेसको विधानमा दलित आरक्षणको व्यवस्था रहेको छ । काङ्ग्रेसको प्रत्यक्ष अप्रत्यक्ष योगदानका कारण नगन्य मात्रामा नै भए पनि राज्य संयन्त्रमा दलितहरूको प्रतिनिधित्व हुन थालेको तथ्य स्वीकार गर्नुपर्दछ । यसको समाजवादी चरित्रका कारण नेपाली काङ्ग्रेसले सरकारको नेतृत्व गरेका बेला (२०५८ साल) महिला आयोग स्थापना सँगसँगै राष्ट्रिय दलित आयोगकोसमेत स्थापना भएको थियो । अहिले यसले संवैधानिक आयोगको हैसियतमा पाएको छ । नेपाली काङ्ग्रेस नै सरकारमा भएका बेला २०४८ सालमा पहिलो पटक जातीय भेदभाव तथा छुवाछूतलाई अपराधीकरण गरिएको थियो (मुलुकी ऐन अदल महलमा १०क नं. थप गरिएको) । उसैले अन्तरिम संविधान, २०६३ को मस्यौदा गर्न दलित समुदायको प्रतिनिधित्व गराएका कारण जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हकले मौलिक हकको स्थान पायो । जसको आलोकमा जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ को तर्जुमा भइ कार्यान्यवनमा छ । यसको सामयिक सुधारका लागि सदनमा प्रतिनिधित्व गर्ने दलित गैरदलित प्रतिनिधिले बारम्बार प्रयत्न गरिरहेकै छन् । तथापि समाजमा जातीय भेदभाव तथा छुवाछूतको असर कहाली लाग्दो छ । यसका लागि नेपाली काङ्ग्रेस बढी चनाखो हुनुपर्ने देखिन्छ ।
Nepal Journals Online (JOL)
Title: दलितसँग काङ्ग्रेस २००७ सालदेखि वर्तमानसम्म
Description:
जातीय भेदभाव तथा छुवाछूत राज्य प्रवर्धित मानवता विरुद्धको ऐतिहासिक अन्यायी अपराध हो । जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि नेपाली काङ्ग्रेसले आफ्नो स्थापना कालदेखि नै कदम चालेको प्रमाणहरूले पुष्टि गरेका छन् । २००९ सालमा धनमानसिंह परियार महामन्त्री थिए । उनको बहिर्गमन पश्चात् २०६७ सालसम्म पार्टीमा दलित प्रतिनिधित्व शून्यप्रायः रह्यो । १४ औं महाधिवेशबाट पार्टीमा १ पदाधिकारी, ९ दलित आरक्षित सदस्य र २ जना सभापतिबाट मनोनित गरी १३ जना केन्द्रीय कार्यसमितिमा रहेका छन् । पूर्ण वैज्ञानिक नभए तापनि गाउँ तहबाटै पार्टीमा दलित प्रतिनिधित्व सुनिश्चित गर्ने अभिप्रायले काङ्ग्रेसको विधानमा दलित आरक्षणको व्यवस्था रहेको छ । काङ्ग्रेसको प्रत्यक्ष अप्रत्यक्ष योगदानका कारण नगन्य मात्रामा नै भए पनि राज्य संयन्त्रमा दलितहरूको प्रतिनिधित्व हुन थालेको तथ्य स्वीकार गर्नुपर्दछ । यसको समाजवादी चरित्रका कारण नेपाली काङ्ग्रेसले सरकारको नेतृत्व गरेका बेला (२०५८ साल) महिला आयोग स्थापना सँगसँगै राष्ट्रिय दलित आयोगकोसमेत स्थापना भएको थियो । अहिले यसले संवैधानिक आयोगको हैसियतमा पाएको छ । नेपाली काङ्ग्रेस नै सरकारमा भएका बेला २०४८ सालमा पहिलो पटक जातीय भेदभाव तथा छुवाछूतलाई अपराधीकरण गरिएको थियो (मुलुकी ऐन अदल महलमा १०क नं.
थप गरिएको) । उसैले अन्तरिम संविधान, २०६३ को मस्यौदा गर्न दलित समुदायको प्रतिनिधित्व गराएका कारण जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हकले मौलिक हकको स्थान पायो । जसको आलोकमा जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ को तर्जुमा भइ कार्यान्यवनमा छ । यसको सामयिक सुधारका लागि सदनमा प्रतिनिधित्व गर्ने दलित गैरदलित प्रतिनिधिले बारम्बार प्रयत्न गरिरहेकै छन् । तथापि समाजमा जातीय भेदभाव तथा छुवाछूतको असर कहाली लाग्दो छ । यसका लागि नेपाली काङ्ग्रेस बढी चनाखो हुनुपर्ने देखिन्छ ।.
Related Results
वासु शशीको नाट्यकारिता (Dramatization in the Works by Vasu Sashi)
वासु शशीको नाट्यकारिता (Dramatization in the Works by Vasu Sashi)
प्रस्तुत लेख आधुनिक नेपाली नाटक परम्पराका विशिष्ट प्रतिभा वासु शशी (१९९३ — २०४९) सँग सम्बन्धित छ । विधागत लेखनका दृष्टिले शशी मूलतः कविता र नाट्य विधामा बढी सक्रिय देखा पर्दछन् । व...
नेपाल कम्युनिस्ट पार्टीको दरभङ्गा प्लेनम र परिणाम
नेपाल कम्युनिस्ट पार्टीको दरभङ्गा प्लेनम र परिणाम
राणा शासनका विरुद्ध लड्ने र राजनीतिक परिवर्तन ल्याउने उद्देश्यका साथ दलहरूको गठन भएको थियो । नेकपाको गठन त्यसैमध्येको एक थियो । २००६ सालमा नेकपाको गठन भएपछि राष्ट्रिय र अन्तराष्ट्र...
नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिता
नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिता
नेपाल विभिन्न सास्कृतिक र सामाजिक मूल्य मान्यताले भरिपूर्ण देश हो । वि.सं. १९०३ देखि २००७ सालसम्म राणाको शासन र त्यसपछिको अवधिमा शाह वंशीय राजाको शासन शैली निकै संघर्ष र उतारका कार...
नेपाली समसामयिक चित्रकलाः राजनैतिक गतिशीलताको प्रतिविम्व (Contemporary Nepali Painting: A Reflection of Political Dynamics)
नेपाली समसामयिक चित्रकलाः राजनैतिक गतिशीलताको प्रतिविम्व (Contemporary Nepali Painting: A Reflection of Political Dynamics)
नेपाली समसामयिक चित्रकलामा राजनैतिक गतिशीलताले निम्त्याएको परिदृश्य प्रतिविम्वित चित्रहरुमा एत्रतत्र सर्वत्र पाउन सकिन्छ । नेपालको संस्कृतिक, बहुभाषिक विविधताले भरिएका देशमा अनेकन ...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
प्रस्तुत अध्ययन गणेश अधिकारीद्वारा लिखित ‘डायरीमा रामप्रसाद राई’ (२०७७) उपन्यासमा केन्द्रित छ । यहाँ ‘डायरीमा रामप्रसाद राई’ उपन्यासलाई समाजवादी यथार्थवादका कसीमा अध्ययन तथा विश्ले...
डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
प्रस्तुत अध्ययन गणेश अधिकारीद्वारा लिखित ‘डायरीमा रामप्रसाद राई’ २०७७) उपन्यासमा केन्द्रित छ । यहाँ ‘डायरीमा रामप्रसाद राई’ उपन्यासलाई समाजवादी यथार्थवादका कसीमा अध्ययन तथा विश्लेष...
नेपालको इतिहासमा सिद्ध र प्रथम सहिद लखन थापा मगर
नेपालको इतिहासमा सिद्ध र प्रथम सहिद लखन थापा मगर
सानो गोर्खा राज्यको इतिहास देखि सिङगो नेपालको इतिहासमा देखिएका एकै जाति ,समूदाय, एकै स्थानमा महत्वपूर्ण ऐतिहासिक व्यक्तित्वहरु सिद्ध लखन थापा मगर र प्रथम सहिद खलन थापा मगरको उदय र ...

