Javascript must be enabled to continue!
चीत्कार कथामा नारी उत्पीडन
View through CrossRef
प्रस्तुत लेख ध्रुव सापकोटा (२००९) द्वारा लिखित “चीत्कार” कथामा अभिव्यक्त नारी उत्पीडनमा केन्द्रित रही विश्लेषण गरिएको छ । यो कथा २०५१ सालमा पहिलो पटक गरिमा पत्रिकामा प्रकाशित भएको पाइन्छ । यस कथामा नेपाली समाजका निम्नवर्गीय नारी जीवनमाथि पुरुषवर्गले गरेका दमन, शोषण, अन्याय, अत्याचारका कुरूप अवस्थाको चित्रण गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाका कारण नारीहरू भय, सन्त्रास र आतङ्कको भूमरीमा उत्पीडित भएर बाँच्नु परेको यथार्थ घटनालाई कथामार्फत अगाडि सारिएको छ । कथामा बाँच्नका लागि भोकको अभावलाई पूर्ति गर्नबाध्य भएका नारी पात्रहरू नचाहँदा नचाहँदै पनि यौनजन्य समागम क्रियामा संलग्न हुनुपरेको विवश परिस्थितिलाई कारुणिक ढङ्गले प्रस्तुत गरिएको छ । नेपाली समाजमा खुला यौनधन्दालाई सामाजिकदृष्टिले वर्जित गरिए पनि बादी जातिका नारीहरूले पेसागत रूपमा अवलम्बन गरेको अस्वीकृत यौनधन्दालाई यसमा मुख्य विषय बनाइएको छ । कथामा चित्रण गरिएका सबै नारी पात्रहरू उत्पीडनमा परेका भए पनि सचेत भएर विद्रोह गर्न सकेको अवस्थालाई देखाइएको छैन तापनि आफू अनुकूल कुनै कार्य नहुँदा आंशिक रूपमा संवेदनामार्फत प्रत्यक्ष वा अप्रत्यक्ष प्रतिकार गरिएका केही छनक भने पाउन सकिन्छ । प्रस्तुत अध्ययनका लागि आवश्यक पर्ने सामग्रीको चयन पुस्तकालयीय स्रोतबाट सङ्कलन गरी तिनको पठनपश्चात् पाठविश्लेषण विधिको उपयोग नारीवादका केही सैद्धान्तिक मान्यताकाआधारमा पाठको विश्लेषण गरिएको छ ।
Title: चीत्कार कथामा नारी उत्पीडन
Description:
प्रस्तुत लेख ध्रुव सापकोटा (२००९) द्वारा लिखित “चीत्कार” कथामा अभिव्यक्त नारी उत्पीडनमा केन्द्रित रही विश्लेषण गरिएको छ । यो कथा २०५१ सालमा पहिलो पटक गरिमा पत्रिकामा प्रकाशित भएको पाइन्छ । यस कथामा नेपाली समाजका निम्नवर्गीय नारी जीवनमाथि पुरुषवर्गले गरेका दमन, शोषण, अन्याय, अत्याचारका कुरूप अवस्थाको चित्रण गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाका कारण नारीहरू भय, सन्त्रास र आतङ्कको भूमरीमा उत्पीडित भएर बाँच्नु परेको यथार्थ घटनालाई कथामार्फत अगाडि सारिएको छ । कथामा बाँच्नका लागि भोकको अभावलाई पूर्ति गर्नबाध्य भएका नारी पात्रहरू नचाहँदा नचाहँदै पनि यौनजन्य समागम क्रियामा संलग्न हुनुपरेको विवश परिस्थितिलाई कारुणिक ढङ्गले प्रस्तुत गरिएको छ । नेपाली समाजमा खुला यौनधन्दालाई सामाजिकदृष्टिले वर्जित गरिए पनि बादी जातिका नारीहरूले पेसागत रूपमा अवलम्बन गरेको अस्वीकृत यौनधन्दालाई यसमा मुख्य विषय बनाइएको छ । कथामा चित्रण गरिएका सबै नारी पात्रहरू उत्पीडनमा परेका भए पनि सचेत भएर विद्रोह गर्न सकेको अवस्थालाई देखाइएको छैन तापनि आफू अनुकूल कुनै कार्य नहुँदा आंशिक रूपमा संवेदनामार्फत प्रत्यक्ष वा अप्रत्यक्ष प्रतिकार गरिएका केही छनक भने पाउन सकिन्छ । प्रस्तुत अध्ययनका लागि आवश्यक पर्ने सामग्रीको चयन पुस्तकालयीय स्रोतबाट सङ्कलन गरी तिनको पठनपश्चात् पाठविश्लेषण विधिको उपयोग नारीवादका केही सैद्धान्तिक मान्यताकाआधारमा पाठको विश्लेषण गरिएको छ ।.
Related Results
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
चीत्कार कथामा सीमान्तीयता
चीत्कार कथामा सीमान्तीयता
प्रस्तुत लेख चीत्कार कथामा चित्रित वादी समुदायका महिलाहरूको सीमान्तीय अवस्थाको विश्लेषणमा केन्द्रित छ । सामाजिक यथार्थवादी तथा प्रगतिवादी कथाकार धु्रव सापकोटाद्वारा रचित यस कथाले आ...
हिंदी काव्य मे नारी की बदलती स्थिति
हिंदी काव्य मे नारी की बदलती स्थिति
वैदिक काल में नारी को पूजा करने, यज्ञ करने और शिक्षा ग्रहण करने जैसे अनेक अधिकार प्राप्त थे। परंतु आदिकाल तक आते - आते नारी पुरुष की संपत्ति बन कर रह गई। आदिकालीन काव्य से स्पष्ट ह...
सहनशीला सुशीला नाटकमा नारी उत्पीडन
सहनशीला सुशीला नाटकमा नारी उत्पीडन
प्रस्तुत अनुसन्धानात्मक लेखमा नारीवादी सैद्धान्तिक मान्यताअन्तर्गत नारी उत्पीडनका आधारहरू प्रस्तुत गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाभित्र नारीले झेल्ने उत्पीडनलाई जैविकीय आधा...
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
प्रस्तुत अनुसन्धानात्मक लेख कथाकार इन्दिरा प्रसाइद्धारा लेखिएको ‘दोस्रो सत्ता’ कथामा व्यक्त नारीवादी समालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यसका निम्ति पाश्चात्य साहित्यको...
बाँस्कोटा धनञ्जयको ‘मेरी छोरीको बाउ’ कथामा नारीवादी दृष्टिकोण
बाँस्कोटा धनञ्जयको ‘मेरी छोरीको बाउ’ कथामा नारीवादी दृष्टिकोण
प्रस्तुत आलेख मेरी छोरीको बाउ कथा माक्र्सवादी नारीवादसँग सम्बन्धित छ । यो लेख माक्र्सवादी नारीवादका आधारमा बाँस्कोटाको कथाको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको छ । प्रस्तुत लेख...
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
भारतीय साहित्य के परिदृश्य पर हिन्दी की सुविख्यात कथाकार कृष्णा सोबतीजी के उपन्यासों में चित्रित नैतिक समस्याओं पर प्रकाश डालने पर ज्ञात होता है। कृष्णाजी ने अपने उपन्यासों में उन ...
Nari shakti: samaj aor rastra ke mukhyadhara me yogdaan
Nari shakti: samaj aor rastra ke mukhyadhara me yogdaan
शोधसार : हमारे देश भारत में नारी को देवी का रूप माना जाता है। भारत की नारीयों ने प्राचीन काल से ही अपनी शक्ति और सामर्थ्य का समय- समय पर परिचय दिया है । नारी शक्ति का अर्थ है महिल...

