Javascript must be enabled to continue!
चीत्कार कथामा नारी उत्पीडन
View through CrossRef
प्रस्तुत लेख ध्रुव सापकोटा (२००९) द्वारा लिखित “चीत्कार” कथामा अभिव्यक्त नारी उत्पीडनमा केन्द्रित रही विश्लेषण गरिएको छ । यो कथा २०५१ सालमा पहिलो पटक गरिमा पत्रिकामा प्रकाशित भएको पाइन्छ । यस कथामा नेपाली समाजका निम्नवर्गीय नारी जीवनमाथि पुरुषवर्गले गरेका दमन, शोषण, अन्याय, अत्याचारका कुरूप अवस्थाको चित्रण गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाका कारण नारीहरू भय, सन्त्रास र आतङ्कको भूमरीमा उत्पीडित भएर बाँच्नु परेको यथार्थ घटनालाई कथामार्फत अगाडि सारिएको छ । कथामा बाँच्नका लागि भोकको अभावलाई पूर्ति गर्नबाध्य भएका नारी पात्रहरू नचाहँदा नचाहँदै पनि यौनजन्य समागम क्रियामा संलग्न हुनुपरेको विवश परिस्थितिलाई कारुणिक ढङ्गले प्रस्तुत गरिएको छ । नेपाली समाजमा खुला यौनधन्दालाई सामाजिकदृष्टिले वर्जित गरिए पनि बादी जातिका नारीहरूले पेसागत रूपमा अवलम्बन गरेको अस्वीकृत यौनधन्दालाई यसमा मुख्य विषय बनाइएको छ । कथामा चित्रण गरिएका सबै नारी पात्रहरू उत्पीडनमा परेका भए पनि सचेत भएर विद्रोह गर्न सकेको अवस्थालाई देखाइएको छैन तापनि आफू अनुकूल कुनै कार्य नहुँदा आंशिक रूपमा संवेदनामार्फत प्रत्यक्ष वा अप्रत्यक्ष प्रतिकार गरिएका केही छनक भने पाउन सकिन्छ । प्रस्तुत अध्ययनका लागि आवश्यक पर्ने सामग्रीको चयन पुस्तकालयीय स्रोतबाट सङ्कलन गरी तिनको पठनपश्चात् पाठविश्लेषण विधिको उपयोग नारीवादका केही सैद्धान्तिक मान्यताकाआधारमा पाठको विश्लेषण गरिएको छ ।
Title: चीत्कार कथामा नारी उत्पीडन
Description:
प्रस्तुत लेख ध्रुव सापकोटा (२००९) द्वारा लिखित “चीत्कार” कथामा अभिव्यक्त नारी उत्पीडनमा केन्द्रित रही विश्लेषण गरिएको छ । यो कथा २०५१ सालमा पहिलो पटक गरिमा पत्रिकामा प्रकाशित भएको पाइन्छ । यस कथामा नेपाली समाजका निम्नवर्गीय नारी जीवनमाथि पुरुषवर्गले गरेका दमन, शोषण, अन्याय, अत्याचारका कुरूप अवस्थाको चित्रण गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाका कारण नारीहरू भय, सन्त्रास र आतङ्कको भूमरीमा उत्पीडित भएर बाँच्नु परेको यथार्थ घटनालाई कथामार्फत अगाडि सारिएको छ । कथामा बाँच्नका लागि भोकको अभावलाई पूर्ति गर्नबाध्य भएका नारी पात्रहरू नचाहँदा नचाहँदै पनि यौनजन्य समागम क्रियामा संलग्न हुनुपरेको विवश परिस्थितिलाई कारुणिक ढङ्गले प्रस्तुत गरिएको छ । नेपाली समाजमा खुला यौनधन्दालाई सामाजिकदृष्टिले वर्जित गरिए पनि बादी जातिका नारीहरूले पेसागत रूपमा अवलम्बन गरेको अस्वीकृत यौनधन्दालाई यसमा मुख्य विषय बनाइएको छ । कथामा चित्रण गरिएका सबै नारी पात्रहरू उत्पीडनमा परेका भए पनि सचेत भएर विद्रोह गर्न सकेको अवस्थालाई देखाइएको छैन तापनि आफू अनुकूल कुनै कार्य नहुँदा आंशिक रूपमा संवेदनामार्फत प्रत्यक्ष वा अप्रत्यक्ष प्रतिकार गरिएका केही छनक भने पाउन सकिन्छ । प्रस्तुत अध्ययनका लागि आवश्यक पर्ने सामग्रीको चयन पुस्तकालयीय स्रोतबाट सङ्कलन गरी तिनको पठनपश्चात् पाठविश्लेषण विधिको उपयोग नारीवादका केही सैद्धान्तिक मान्यताकाआधारमा पाठको विश्लेषण गरिएको छ ।.
Related Results
सहनशीला सुशीला नाटकमा नारी उत्पीडन
सहनशीला सुशीला नाटकमा नारी उत्पीडन
प्रस्तुत अनुसन्धानात्मक लेखमा नारीवादी सैद्धान्तिक मान्यताअन्तर्गत नारी उत्पीडनका आधारहरू प्रस्तुत गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाभित्र नारीले झेल्ने उत्पीडनलाई जैविकीय आधा...
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
भारतीय साहित्य के परिदृश्य पर हिन्दी की सुविख्यात कथाकार कृष्णा सोबतीजी के उपन्यासों में चित्रित नैतिक समस्याओं पर प्रकाश डालने पर ज्ञात होता है। कृष्णाजी ने अपने उपन्यासों में उन ...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीन चिन्तनहरू देखा परेका छन्...
नारी नाटककारका नाटकमा लोकविश्वास
नारी नाटककारका नाटकमा लोकविश्वास
नेपाली नाट्यपरम्परामा नारी नाटककारको उपस्थिति नेपाली नाटकको आधुनिक कालमा आएर मात्र देखिएको पाइन्छ । नेपाली एकाङ्की क्षेत्रमा २०११ सालबाट र पूर्णाङ्की नाटकमा २०१५ सालबाट मात्र नारी ...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...

