Javascript must be enabled to continue!
नदी किनाराका माझी कवितामा सीमान्तीकरण प्रक्रिया
View through CrossRef
नदी किनाराका भाझी' मोहन कोइरालाको लामो कविता हो । यो नदी किनाराका माझी लामा कवितासङ्ग्रहको पहिलो क्रममा रहेको कविता हो । यसमा नदीको किनारामा बसोवास गर्ने माझी समुदायको जीवनपद्धतिलाई प्रस्तुत गरिएको छ । यस अध्ययनमा 'नदी किनाराका माझी’ कवितामा रहेका सीमान्तीय वर्गको सीमान्तीकरण प्रक्रियाको निरूपण गरिएको छ । यस अध्ययनलाई पूरा गर्नका लागि प्राथमिक र द्वितीयक स्रोतबाट सामग्रीको सङ्कलन गरिएको छ । यो अध्ययन गुणात्मक पद्धतिमा आधारित छ । यसमा सङ्कलित सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । प्रस्तुत अध्ययनको सैद्धान्तिक ढाँचा सीमान्तीय अध्ययन पद्धतिमा आधारित छ । यसमा सीमान्तीकरण प्रक्रियाको अध्ययन गर्नका लागि भाग्यमा विश्वास, परम्परा तथा ऐतिहासिक पृष्ठभूमि, अशिक्षा र अन्धविश्वास, मुखिया पद्धतिलाई विश्लेषणका आधार बनाइएको छ । यसरी विश्लेषण गर्दा यस कृतिमा रहेको सीमान्तीय समुदायको माझी भाग्यवादी, परम्परामा विश्वास गर्ने, अशिक्षित, अन्धविश्वासमा विश्वास गर्ने र मुखिया पद्धतिमा विश्वास गर्ने भएकाले सीमान्तीय बन्न गएको देखिन्छ भन्ने निष्कर्ष निकालिएको छ ।
Title: नदी किनाराका माझी कवितामा सीमान्तीकरण प्रक्रिया
Description:
नदी किनाराका भाझी' मोहन कोइरालाको लामो कविता हो । यो नदी किनाराका माझी लामा कवितासङ्ग्रहको पहिलो क्रममा रहेको कविता हो । यसमा नदीको किनारामा बसोवास गर्ने माझी समुदायको जीवनपद्धतिलाई प्रस्तुत गरिएको छ । यस अध्ययनमा 'नदी किनाराका माझी’ कवितामा रहेका सीमान्तीय वर्गको सीमान्तीकरण प्रक्रियाको निरूपण गरिएको छ । यस अध्ययनलाई पूरा गर्नका लागि प्राथमिक र द्वितीयक स्रोतबाट सामग्रीको सङ्कलन गरिएको छ । यो अध्ययन गुणात्मक पद्धतिमा आधारित छ । यसमा सङ्कलित सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । प्रस्तुत अध्ययनको सैद्धान्तिक ढाँचा सीमान्तीय अध्ययन पद्धतिमा आधारित छ । यसमा सीमान्तीकरण प्रक्रियाको अध्ययन गर्नका लागि भाग्यमा विश्वास, परम्परा तथा ऐतिहासिक पृष्ठभूमि, अशिक्षा र अन्धविश्वास, मुखिया पद्धतिलाई विश्लेषणका आधार बनाइएको छ । यसरी विश्लेषण गर्दा यस कृतिमा रहेको सीमान्तीय समुदायको माझी भाग्यवादी, परम्परामा विश्वास गर्ने, अशिक्षित, अन्धविश्वासमा विश्वास गर्ने र मुखिया पद्धतिमा विश्वास गर्ने भएकाले सीमान्तीय बन्न गएको देखिन्छ भन्ने निष्कर्ष निकालिएको छ ।.
Related Results
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भा...
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
प्रस्तुत लेखमा दलितचेतका मान्यताहरूलाई आधार बनाई भोकको लय कवितासङ्ग्रहको अध्ययन गरिएको छ । भोकको लय कवितासङ्ग्रहमा के-कस्तो दलितचेत पाइन्छ भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन ग...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
‘अवैध सम्बन्ध’ कविताको लयविधान
‘अवैध सम्बन्ध’ कविताको लयविधान
प्रस्तुत अनुसन्धानात्मक लेखमा बानिरा गिरी (२००३–२०७८) द्वारा रचित तथा प्रज्ञा आधुनिक कविता (२०७४) मा सङ्कलित ‘अवैध सम्बन्ध’ कविताको लयविधानबारे अध्ययन गरिएको छ । कवितामा अनुबन्धित ...

