Javascript must be enabled to continue!
‘पोथी बास्नुहुँदैन’ कविताको शक्तिकेन्द्र
View through CrossRef
प्रस्तुत अध्ययन कुन्ता शर्माको ‘पोथी बास्नुहुँदैन’ कविताको शक्तिकेन्द्र विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । ‘पोथी बास्नुहुँदैन’ कवितामा बिम्बको शक्तिकेन्द्र निर्मितिको आधार र त्यसको प्रभावकारिता केकस्तो छ भन्ने समस्यामा यो अध्ययन आधारित छ । यसमा मूल समस्याको समाधानका लागि कवितामा प्रकटित शक्तिकेन्द्रीकरण, समयको सङ्कुचन, मूर्तताको विधान र आकाङ्क्षाको आकृति जस्ता प्रतिमानको उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको निर्माण मूल रूपमा भुमरीवादअन्तर्गत मटेरेर टिमोथीको ‘भोर्टेक्स ः पाउन्ड, इलियट यान्ड लेविस’ (सन् १९७९) कृतिका आधारमा तयार पारिएको छ । शक्तिकेन्द्रको विश्लेषण सांस्कृतिक पक्षसँग सम्बन्धित शक्ति र सामाजिक प्रयुक्तिको अभ्याससम्बद्ध विषय हो । समालोचनाका क्षेत्रमा शक्तिकेन्द्र (खयचतभह) विश्लेषण कृतिमा निहित केन्द्रीकृत बिम्बको भूमिका एवम् जीवनजगत्प्रतिको विचार, ज्ञान, अनुभव र भावना सङ्केन्द्रित सर्वोच्चता पहिचानमा केन्द्रित रहन्छ । यो रचनामा निहित काव्यात्मक बिम्बहरूको तरलतामा सिर्जना भएको उच्चतम शक्तिको बिन्दु हो । यसले साहित्यिक पाठमा रहेको विचार, चेतना र अनुभूतिको प्रवाह जस्ता रचनाको शक्ति केन्द्रित गर्ने पक्षहरूको खोजी गरी तिनको प्रयोजनपरक ढङ्गले विश्लेषण गर्ने काम गर्दछ । ‘पोथी बास्नुहुँदैन’ कविताको शक्तिकेन्द्र विश्लेषणअन्तर्गत यस लेखमा शक्तिकेन्द्रीकरण, समयको सङ्कुचन, मूर्तताको विधान र आकाङ्क्षाको आकृति विश्लेषणका माध्यमबाट शक्तिकेन्द्र पहिचान गरिएको छ । नेपाली समाजको पितृसत्तात्मक चरित्र चित्रण, त्यसको उत्पीडनमा परेका महिलासँगको सम्बन्धको व्यङ्ग्यात्मक र आलोचनात्मक प्रसार एवम् पितृसत्ताबाट मुक्तिका लागि अवलम्बन गरिएका ताजा बिम्बहरूको प्रतिरोधी अभिव्यञ्जनाबाट प्रस्तुत कविता शक्तिकेन्द्रका कोणबाट प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।
Title: ‘पोथी बास्नुहुँदैन’ कविताको शक्तिकेन्द्र
Description:
प्रस्तुत अध्ययन कुन्ता शर्माको ‘पोथी बास्नुहुँदैन’ कविताको शक्तिकेन्द्र विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । ‘पोथी बास्नुहुँदैन’ कवितामा बिम्बको शक्तिकेन्द्र निर्मितिको आधार र त्यसको प्रभावकारिता केकस्तो छ भन्ने समस्यामा यो अध्ययन आधारित छ । यसमा मूल समस्याको समाधानका लागि कवितामा प्रकटित शक्तिकेन्द्रीकरण, समयको सङ्कुचन, मूर्तताको विधान र आकाङ्क्षाको आकृति जस्ता प्रतिमानको उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको निर्माण मूल रूपमा भुमरीवादअन्तर्गत मटेरेर टिमोथीको ‘भोर्टेक्स ः पाउन्ड, इलियट यान्ड लेविस’ (सन् १९७९) कृतिका आधारमा तयार पारिएको छ । शक्तिकेन्द्रको विश्लेषण सांस्कृतिक पक्षसँग सम्बन्धित शक्ति र सामाजिक प्रयुक्तिको अभ्याससम्बद्ध विषय हो । समालोचनाका क्षेत्रमा शक्तिकेन्द्र (खयचतभह) विश्लेषण कृतिमा निहित केन्द्रीकृत बिम्बको भूमिका एवम् जीवनजगत्प्रतिको विचार, ज्ञान, अनुभव र भावना सङ्केन्द्रित सर्वोच्चता पहिचानमा केन्द्रित रहन्छ । यो रचनामा निहित काव्यात्मक बिम्बहरूको तरलतामा सिर्जना भएको उच्चतम शक्तिको बिन्दु हो । यसले साहित्यिक पाठमा रहेको विचार, चेतना र अनुभूतिको प्रवाह जस्ता रचनाको शक्ति केन्द्रित गर्ने पक्षहरूको खोजी गरी तिनको प्रयोजनपरक ढङ्गले विश्लेषण गर्ने काम गर्दछ । ‘पोथी बास्नुहुँदैन’ कविताको शक्तिकेन्द्र विश्लेषणअन्तर्गत यस लेखमा शक्तिकेन्द्रीकरण, समयको सङ्कुचन, मूर्तताको विधान र आकाङ्क्षाको आकृति विश्लेषणका माध्यमबाट शक्तिकेन्द्र पहिचान गरिएको छ । नेपाली समाजको पितृसत्तात्मक चरित्र चित्रण, त्यसको उत्पीडनमा परेका महिलासँगको सम्बन्धको व्यङ्ग्यात्मक र आलोचनात्मक प्रसार एवम् पितृसत्ताबाट मुक्तिका लागि अवलम्बन गरिएका ताजा बिम्बहरूको प्रतिरोधी अभिव्यञ्जनाबाट प्रस्तुत कविता शक्तिकेन्द्रका कोणबाट प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।.
Related Results
भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रस्तुत अध्ययन प्रिय मौनता कवितासङ्ग्रहका ‘सिल्भिया आफ्नै समाधिबाट’ र ‘नङ्गेली ब्लुज’ कवितामा लैङ्गिकताको अध्ययनमा केन्द्रित छ । ‘मौनता’ लाई स्त्रीलिङ्गी सम्बोधन बनाई प्रेमको उपास...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु
पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु
प्रस्तुत लेख पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु मूल समस्यामा केन्द्रित रहेको छ । मूलशोधसमस्याको समाधानका लागि प्रतिभापरक सृर्जनात्मक हेतुको अवस्था, व्युत्पत्ति र अभ्यासपरक सृजन...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
‘म शून्यमा शून्य सरी’ कवितामा ध्वनि
‘म शून्यमा शून्य सरी’ कवितामा ध्वनि
प्रस्तुत लेख महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचना गरिएको म शून्यमा शून्य सरी कवितामा अभिव्यञ्जित ध्वनिको अध्ययनका केन्द्रित छ । यो कविता नेपाली भाषामा लेखिएको देवकोटाको अन्तिम क...
‘अवैध सम्बन्ध’ कविताको लयविधान
‘अवैध सम्बन्ध’ कविताको लयविधान
प्रस्तुत अनुसन्धानात्मक लेखमा बानिरा गिरी (२००३–२०७८) द्वारा रचित तथा प्रज्ञा आधुनिक कविता (२०७४) मा सङ्कलित ‘अवैध सम्बन्ध’ कविताको लयविधानबारे अध्ययन गरिएको छ । कवितामा अनुबन्धित ...

