Javascript must be enabled to continue!
‘म शून्यमा शून्य सरी’ कवितामा ध्वनि
View through CrossRef
प्रस्तुत लेख महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचना गरिएको म शून्यमा शून्य सरी कवितामा अभिव्यञ्जित ध्वनिको अध्ययनका केन्द्रित छ । यो कविता नेपाली भाषामा लेखिएको देवकोटाको अन्तिम कविता हो । यसमा ध्वनिको सैद्धान्तिक परिचयका साथै यसका मुख्य दुई भेद- अविवक्षित वाच्यध्वनि/लक्षणामूला र विवक्षितान्यपरवाच्यध्वनि/अभिधामूलाको समेत चर्चा गर्दै यसका आधारमा प्रस्तुत कविताको विश्लेषण गरिएको छ । यस अध्ययनमा उपजाति छन्दका जम्माजम्मी चारओटा श्लोकमा आबद्ध प्रस्तुत कविताको विभिन्न उपशीर्षकहरूमा विश्लेषण गरिएको छ । कविले जीवनकालमा सांसारिकतामा भुलेर श्रीकृष्ण वा परमात्मा विषयक भक्ति, ज्ञान र विवेकको यथोचित साधना गर्न नसकेको तथा पूर्वीय आध्यात्मिक संस्कार र संस्कृतिको संरक्षण र संबद्र्धन गर्न नसकेको पीडा प्रस्तुत कवितामा अभिव्यक्त गरेको निष्कर्ष यस लेखमा निकालिएको छ ।
Title: ‘म शून्यमा शून्य सरी’ कवितामा ध्वनि
Description:
प्रस्तुत लेख महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचना गरिएको म शून्यमा शून्य सरी कवितामा अभिव्यञ्जित ध्वनिको अध्ययनका केन्द्रित छ । यो कविता नेपाली भाषामा लेखिएको देवकोटाको अन्तिम कविता हो । यसमा ध्वनिको सैद्धान्तिक परिचयका साथै यसका मुख्य दुई भेद- अविवक्षित वाच्यध्वनि/लक्षणामूला र विवक्षितान्यपरवाच्यध्वनि/अभिधामूलाको समेत चर्चा गर्दै यसका आधारमा प्रस्तुत कविताको विश्लेषण गरिएको छ । यस अध्ययनमा उपजाति छन्दका जम्माजम्मी चारओटा श्लोकमा आबद्ध प्रस्तुत कविताको विभिन्न उपशीर्षकहरूमा विश्लेषण गरिएको छ । कविले जीवनकालमा सांसारिकतामा भुलेर श्रीकृष्ण वा परमात्मा विषयक भक्ति, ज्ञान र विवेकको यथोचित साधना गर्न नसकेको तथा पूर्वीय आध्यात्मिक संस्कार र संस्कृतिको संरक्षण र संबद्र्धन गर्न नसकेको पीडा प्रस्तुत कवितामा अभिव्यक्त गरेको निष्कर्ष यस लेखमा निकालिएको छ ।.
Related Results
माधव प्रसाद घिमिरेको ‘पापिनी आमा’ खण्डकाव्यमा मातृध्वनि
माधव प्रसाद घिमिरेको ‘पापिनी आमा’ खण्डकाव्यमा मातृध्वनि
‘ध्वनि’ आवाज हो । मानिसले आफ्नो परिस्थितिअनुसार ध्वनि प्रवाह गर्ने गर्दछ । ध्वनि विद्यमान समयमा मात्र होइन, प्राचीन समयदेखि प्रचलनमा आएको हो । ध्वनि मानवको विचारलाई बाहिर निकाल्ने ...
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
प्रस्तुत लेखमा दलितचेतका मान्यताहरूलाई आधार बनाई भोकको लय कवितासङ्ग्रहको अध्ययन गरिएको छ । भोकको लय कवितासङ्ग्रहमा के-कस्तो दलितचेत पाइन्छ भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन ग...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
‘अवैध सम्बन्ध’ कविताको लयविधान
‘अवैध सम्बन्ध’ कविताको लयविधान
प्रस्तुत अनुसन्धानात्मक लेखमा बानिरा गिरी (२००३–२०७८) द्वारा रचित तथा प्रज्ञा आधुनिक कविता (२०७४) मा सङ्कलित ‘अवैध सम्बन्ध’ कविताको लयविधानबारे अध्ययन गरिएको छ । कवितामा अनुबन्धित ...

