Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

पाणिनि र चम्स्कीका कारकीय मान्यताको तुलना

View through CrossRef
प्रस्तुत लेख वैयाकरण पाणिनि (इ.पू.पाँचौं शताब्दी) र आधुनिक भाषावैज्ञानिक अभ्राम नोम चम्की (जन्म, सन् १९२८) द्वारा प्रस्तुत कारकसम्बन्धी मान्यताको तुलनात्मक अध्ययनमा केन्द्रित छ । यसैले यस लेखमा पाणिनि र चम्स्कीद्वारा प्रस्तुत कारकीय मान्यताको वैशिष्ट्य प्रस्तुत गर्नुका साथै तिनको तुलना गरी प्राप्त भएको निचोड प्रस्तुत गरिएको छ । विश्लेषणात्मक र तुलनात्मक विधिको उपयोग गरी पाणिनि र चम्स्कीका कारकीय मान्यताको तुलना गर्दा प्राप्त भएको निष्कर्ष के हो भने पाणिनि र चम्स्की दुवैले क्रियासित प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित भएर प्रयोग हुने नामिक पदले पाउने प्रकार्यात्मक भूमिकालाई कारक मानेका छन् । क्रियाका आधारमा आन्तरिक तहमा कारकको निर्धारण हुन्छ भन्ने कुरो पाणिनि र चम्स्की दुवैले स्विकारेको देखिन्छ तर बाह्य संरचनामा कारकको उपस्थिति कसरी हुन्छ भन्ने विषयमा चाहिँ यी दुईबिच केही फरक मत छ । पाणिनिले नामिक पदमा कारकीय भूमिका समायोजनका लागि क्रियाको अर्थलाई समेट्दै बाह्य तहमा संरचनागत सम्बन्ध (विभक्तिसंयोजन)लाई मुख्य आधार बनाएका छन् । यस आधारमा उनले कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण गरी छओटा कारक स्वीकार गरेका छन् । पाणिनिका अनुसार कर्ता, कर्म र सम्प्रदान (गौण कर्म) बाहेकका अन्य कारकले क्रियाविशेषणको प्रकार्य गर्दछन् । उनले क्रियासँग प्रत्यक्ष रूपमा सम्बन्धित नहुने भएकाले षष्ठी विभक्ति लागेका नामिक पदमा कारक समायोजन नहुने र यस्ता पदहरू सम्बन्धबोधक विशेषणका रूपमा रहने निष्कर्ष प्रस्तुत गरेका छन् । चम्स्कीले चाहिँ आन्तरिक संरचनाका तहमा नामिक पदमा कारक समायोजन अभिलक्षण रहने र बाह्य संरचनामा प्रयुक्त भएपछि मात्र तिनले अधिशासन सम्बन्ध (संरचनात्मक सम्बन्ध) का आधारमा कारकीय भूमिका प्राप्त गर्ने बताएका छन् । चम्स्कीका अनुसार संरचनात्मक सम्बन्धका आधारमा कर्ता, कर्म, तिर्यक् र सम्बन्ध गरी चारओटा कारक छन् । चम्स्कीले पाणिनिले उल्लेख गरेका करण, सम्प्रदान, अपादान र अधिकरणलाई तिर्यक् कारकअन्तर्गत समावेश गरेका छन् र क्रियासँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएका सम्बन्धबोधक नामिक पदमा पनि कारक समायोजन हुने बताएका छन् । यसरी चम्स्कीले सम्बन्धबोधक पदलाई नामिक पदका रूपमा स्विकारेर त्यसमा कारक समायोजन हुने बताए पनि अन्य कारकको समायोजन प्रक्रिया र तिनले सङ्केत गर्ने व्याकरणिक प्रकार्यसम्बन्धी मान्यता भने पाणिनिसँग समान छ । यसरी उपर्युक्त तथ्य र चम्स्की स्वयम्ले पाणिनिको व्याकरण पढिसकेपछि कारक सिद्धान्त प्रस्तुत गरेकाले उनको कारकसम्बन्धी मान्यतामा पाणिनिको प्रभाव परेको छ भन्ने निष्कर्ष प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।
Nepal Journals Online (JOL)
Title: पाणिनि र चम्स्कीका कारकीय मान्यताको तुलना
Description:
प्रस्तुत लेख वैयाकरण पाणिनि (इ.
पू.
पाँचौं शताब्दी) र आधुनिक भाषावैज्ञानिक अभ्राम नोम चम्की (जन्म, सन् १९२८) द्वारा प्रस्तुत कारकसम्बन्धी मान्यताको तुलनात्मक अध्ययनमा केन्द्रित छ । यसैले यस लेखमा पाणिनि र चम्स्कीद्वारा प्रस्तुत कारकीय मान्यताको वैशिष्ट्य प्रस्तुत गर्नुका साथै तिनको तुलना गरी प्राप्त भएको निचोड प्रस्तुत गरिएको छ । विश्लेषणात्मक र तुलनात्मक विधिको उपयोग गरी पाणिनि र चम्स्कीका कारकीय मान्यताको तुलना गर्दा प्राप्त भएको निष्कर्ष के हो भने पाणिनि र चम्स्की दुवैले क्रियासित प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित भएर प्रयोग हुने नामिक पदले पाउने प्रकार्यात्मक भूमिकालाई कारक मानेका छन् । क्रियाका आधारमा आन्तरिक तहमा कारकको निर्धारण हुन्छ भन्ने कुरो पाणिनि र चम्स्की दुवैले स्विकारेको देखिन्छ तर बाह्य संरचनामा कारकको उपस्थिति कसरी हुन्छ भन्ने विषयमा चाहिँ यी दुईबिच केही फरक मत छ । पाणिनिले नामिक पदमा कारकीय भूमिका समायोजनका लागि क्रियाको अर्थलाई समेट्दै बाह्य तहमा संरचनागत सम्बन्ध (विभक्तिसंयोजन)लाई मुख्य आधार बनाएका छन् । यस आधारमा उनले कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण गरी छओटा कारक स्वीकार गरेका छन् । पाणिनिका अनुसार कर्ता, कर्म र सम्प्रदान (गौण कर्म) बाहेकका अन्य कारकले क्रियाविशेषणको प्रकार्य गर्दछन् । उनले क्रियासँग प्रत्यक्ष रूपमा सम्बन्धित नहुने भएकाले षष्ठी विभक्ति लागेका नामिक पदमा कारक समायोजन नहुने र यस्ता पदहरू सम्बन्धबोधक विशेषणका रूपमा रहने निष्कर्ष प्रस्तुत गरेका छन् । चम्स्कीले चाहिँ आन्तरिक संरचनाका तहमा नामिक पदमा कारक समायोजन अभिलक्षण रहने र बाह्य संरचनामा प्रयुक्त भएपछि मात्र तिनले अधिशासन सम्बन्ध (संरचनात्मक सम्बन्ध) का आधारमा कारकीय भूमिका प्राप्त गर्ने बताएका छन् । चम्स्कीका अनुसार संरचनात्मक सम्बन्धका आधारमा कर्ता, कर्म, तिर्यक् र सम्बन्ध गरी चारओटा कारक छन् । चम्स्कीले पाणिनिले उल्लेख गरेका करण, सम्प्रदान, अपादान र अधिकरणलाई तिर्यक् कारकअन्तर्गत समावेश गरेका छन् र क्रियासँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएका सम्बन्धबोधक नामिक पदमा पनि कारक समायोजन हुने बताएका छन् । यसरी चम्स्कीले सम्बन्धबोधक पदलाई नामिक पदका रूपमा स्विकारेर त्यसमा कारक समायोजन हुने बताए पनि अन्य कारकको समायोजन प्रक्रिया र तिनले सङ्केत गर्ने व्याकरणिक प्रकार्यसम्बन्धी मान्यता भने पाणिनिसँग समान छ । यसरी उपर्युक्त तथ्य र चम्स्की स्वयम्ले पाणिनिको व्याकरण पढिसकेपछि कारक सिद्धान्त प्रस्तुत गरेकाले उनको कारकसम्बन्धी मान्यतामा पाणिनिको प्रभाव परेको छ भन्ने निष्कर्ष प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।.

Related Results

पूर्वीय भाषिक चिन्तन परम्परा
पूर्वीय भाषिक चिन्तन परम्परा
प्रस्तुत लेखमा ऐतिहासिक भाषाविज्ञानको अवधारणाका आधारमा पूर्वीय भाषिक चिन्तनपरम्पराका बारेमा अध्ययन गरिएको छ । यस लेखमा द्वितीयक स्रोत वा सन्दर्भ स्रोतका सामग्रीको उपयोगगरिएको छ । य...
संगणकप्रक्रियायां व्याकरणप्रक्रियाया: वैशिष्ट्यम्
संगणकप्रक्रियायां व्याकरणप्रक्रियाया: वैशिष्ट्यम्
पाणिनि ने संसार की सभी भाषाओं को अपने मस्तिष्क में समाहित कर सर्वाधिक वैज्ञानिक सूत्र गढ़े। इसमें कोई संदेह नहीं कि आचार्य पाणिनि भाषा के जनक थे। इस प्रकार, इस मौलिक शोध प्रबंध की ...
प्रत्ययों की विवेचना
प्रत्ययों की विवेचना
इस शोधपत्र में अष्टाध्ययी में प्रतिपादित सभी प्रत्ययों की आमूलचुल विवेचना  की है। भगवान् पाणिनि की प्रत्ययों की वैज्ञानिकता निरूपित है। शोधपत्र में प्रत्ययों के भेद से उत्पन्न होने...
पाणिनि व्याकरणमा द्विरुक्तिविज्ञानको रूपरेखा
पाणिनि व्याकरणमा द्विरुक्तिविज्ञानको रूपरेखा
The present discussion is related to the system of double entendre in Paninian grammar. Double entendre means repetition and in a broad sense repetition is the process of repeating...
संस्कृतव्याकरणे मुनित्रयावदानसमीक्षणम्
संस्कृतव्याकरणे मुनित्रयावदानसमीक्षणम्
संस्कृतव्याकरणशास्त्रस्य सुदीर्घपरम्परा विद्यते । सामान्यविषयादारभ्य सूक्ष्मविषयपर्यन्तं व्याकरणशास्त्रस्य प्रभावो  दृश्यते । ध्वनिवर्णरूपपदपदावलिवाक्यांशादिविवेचनपक्षतः दार्शनिकचि...
माहेश्वर सूत्र
माहेश्वर सूत्र
माहेश्वर सूत्र संस्कृत व्याकरणया जगया रूपय् नालेगु या । थ्व न्हापां छ्य:म्ह पाणिनि खः। पाणिनिं संस्कृत भाषाया तत्कालीन स्वरूपयात परिष्कृत व नियमसंगत याय्गु उद्देश्यं भाषाया थीथी अव...
भारतीय नौका निर्माण कला
भारतीय नौका निर्माण कला
वैदिक काल में लोगो को समुद्र का ज्ञान था। ऋग्वेद के अनेक मन्त्रों में समुद्र एवं नौकाओं के सन्दर्भ मिलते हैं। ऋग्वेद के अनेक मन्त्रों में साधारण नौकाओं और सीता से चलने वाली वही नौक...
अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}
अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}
विजय मल्लको ‘अनुराधा’ उपन्यासमा पितृसत्तात्मक मूल्य–मान्यताभित्र नारीले झेल्नुपर्ने उत्पीडनको प्रस्तुति गर्नाका साथै सोही उत्पीडनका बिचबाट नायिका अनुराधाको विद्रोह अभिव्यक्त भएको छ...

Back to Top