Javascript must be enabled to continue!
सुलोचना महाकाव्यमा अलङ्कार
View through CrossRef
शुक्लयजुर्वेद, उपनिषद्, रामायणहरूदेखि साहित्यका हरेक विधाहरूमा अलङ्कारको प्रयोग गरिएको छ । अलङ्कारको स्वस्पूmर्त तथा प्राकृत प्रयोगले कृति सुन्दर, आस्वाद्य तथा मार्मिक बन्न पुग्ने शास्त्रीय तथा व्यावहारिक मान्यता रहेको छ । यस सन्दर्भमा माध्यमिक तहअन्तर्गत कक्षा ११ को ऐच्छिक नेपाली, त्रिवि, नेसंवि, पूवि. आदिका स्नातक तथा स्नातकोत्तर तहका ऐच्छिक नेपाली विषयका पाठ्यक्रममा अलङ्कार शास्त्र समावेश गरिएको छ । यी विश्वविद्यालयका स्नातक तहमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना (२००२) महाकाव्य पनि समावेश गरिएको छ । अलङ्कार शास्त्रको शास्त्रीय शिक्षण उक्त कृतिका पद्यहरूबाट गर्दा प्रभावकारी हुन सक्ने भएकाले त्यसमा रहेका अलङ्कारहरूको पहिचान गरी तिनको व्याख्या विश्लेषण गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । यसमा गुणात्मक विधिअन्तर्गत पुस्तकालयीय कार्य गरिएको छ । प्राथमिक सामग्रीका रूपमा सुलोचना (२००२) महाकाव्य र द्वितीयक सामग्रीका रूपमा अलङ्कारसँग सम्बद्ध शोधग्रन्थ, पुस्तक तथा लेखहरू उपयोग गरिएका छन् । शब्दालङ्कारअन्तर्गत प्रयोग भएका अनुप्रास (छेकानुप्रास, वृत्यनुप्रास, श्रुत्यनुप्रास र अन्त्यानुप्रास) तथा यमकले कृतिको शैलीशिल्पगत सौन्दर्य अभिवृद्धि गर्नमा उल्लेख्य भूमिका खेलेका छन् । अर्थालङ्कारअन्तर्गत उपमा, रूपक, उत्प्रेक्षा, समासोक्ति, अतिशयोक्ति, स्वभावोक्ति, छेकोक्ति, सार, दृष्टान्त, सङ्कर, अधिक, परिकर, परिकराङ्कुर, श्लेष, काव्यलिङ्ग, व्याजस्तुति, अनुमान, उत्तर, प्रेय, विनोक्ति, सहोक्ति, विरोधाभास र अन्योन्य अर्थालङ्कारको सुन्दर संयोजनले कृति उत्कृष्ट बन्न पुगेको छ । आख्यान तत्त्वसँगै स्वतःस्पूmर्त रूपमा प्रवाहित भएर बगेका यी अलङ्कारहरू कृत्रिम नभई सहज र सरल देखिएका छन् । यसमा पहिचान भएका अलङ्कारयुक्त पद्यहरू अलङ्कार सिद्धान्तको शिक्षण गर्न, अलङ्कारका दृष्टिले सम्बद्ध कृतिको विश्लेषण गर्न तथा शोधकार्य गर्ने शोधार्थीहरूलाई समेत अनुसन्धानमूलक कार्य गर्नमा सहयोगी हुन सक्तछन् ।
Title: सुलोचना महाकाव्यमा अलङ्कार
Description:
शुक्लयजुर्वेद, उपनिषद्, रामायणहरूदेखि साहित्यका हरेक विधाहरूमा अलङ्कारको प्रयोग गरिएको छ । अलङ्कारको स्वस्पूmर्त तथा प्राकृत प्रयोगले कृति सुन्दर, आस्वाद्य तथा मार्मिक बन्न पुग्ने शास्त्रीय तथा व्यावहारिक मान्यता रहेको छ । यस सन्दर्भमा माध्यमिक तहअन्तर्गत कक्षा ११ को ऐच्छिक नेपाली, त्रिवि, नेसंवि, पूवि.
आदिका स्नातक तथा स्नातकोत्तर तहका ऐच्छिक नेपाली विषयका पाठ्यक्रममा अलङ्कार शास्त्र समावेश गरिएको छ । यी विश्वविद्यालयका स्नातक तहमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना (२००२) महाकाव्य पनि समावेश गरिएको छ । अलङ्कार शास्त्रको शास्त्रीय शिक्षण उक्त कृतिका पद्यहरूबाट गर्दा प्रभावकारी हुन सक्ने भएकाले त्यसमा रहेका अलङ्कारहरूको पहिचान गरी तिनको व्याख्या विश्लेषण गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । यसमा गुणात्मक विधिअन्तर्गत पुस्तकालयीय कार्य गरिएको छ । प्राथमिक सामग्रीका रूपमा सुलोचना (२००२) महाकाव्य र द्वितीयक सामग्रीका रूपमा अलङ्कारसँग सम्बद्ध शोधग्रन्थ, पुस्तक तथा लेखहरू उपयोग गरिएका छन् । शब्दालङ्कारअन्तर्गत प्रयोग भएका अनुप्रास (छेकानुप्रास, वृत्यनुप्रास, श्रुत्यनुप्रास र अन्त्यानुप्रास) तथा यमकले कृतिको शैलीशिल्पगत सौन्दर्य अभिवृद्धि गर्नमा उल्लेख्य भूमिका खेलेका छन् । अर्थालङ्कारअन्तर्गत उपमा, रूपक, उत्प्रेक्षा, समासोक्ति, अतिशयोक्ति, स्वभावोक्ति, छेकोक्ति, सार, दृष्टान्त, सङ्कर, अधिक, परिकर, परिकराङ्कुर, श्लेष, काव्यलिङ्ग, व्याजस्तुति, अनुमान, उत्तर, प्रेय, विनोक्ति, सहोक्ति, विरोधाभास र अन्योन्य अर्थालङ्कारको सुन्दर संयोजनले कृति उत्कृष्ट बन्न पुगेको छ । आख्यान तत्त्वसँगै स्वतःस्पूmर्त रूपमा प्रवाहित भएर बगेका यी अलङ्कारहरू कृत्रिम नभई सहज र सरल देखिएका छन् । यसमा पहिचान भएका अलङ्कारयुक्त पद्यहरू अलङ्कार सिद्धान्तको शिक्षण गर्न, अलङ्कारका दृष्टिले सम्बद्ध कृतिको विश्लेषण गर्न तथा शोधकार्य गर्ने शोधार्थीहरूलाई समेत अनुसन्धानमूलक कार्य गर्नमा सहयोगी हुन सक्तछन् ।.
Related Results
सुलोचना महाकाव्यमा प्रयोगशीलता
सुलोचना महाकाव्यमा प्रयोगशीलता
प्रस्तुत लेखमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना महाकाव्यमा प्रयोगशीलताका बारेमा निरूपण गरिएको छ । प्रयोगशीलतासम्बन्धी सैद्धान्तिक अवधारणाका साथै पूर्वीय तथा पाश्चात...
सम्यक् सम्बुद्ध महाकाव्यमा बुद्धकरुणा
सम्यक् सम्बुद्ध महाकाव्यमा बुद्धकरुणा
प्रस्तुत लेखमा कवि घनश्याम कँडेलको ‘सम्यक् सम्बुद्ध’ महाकाव्यमा प्रस्तुत बुद्धकरुणाको अन्वीक्षण गरिएको छ । बुद्धकरुणा भनेको बुद्धद्वारा दुःखमुक्तिसाधनाबाट स्वआर्जित ज्ञान, पीडित जी...
मानव महाकाव्यमा संवृत्ति वक्रता {Pronominal Implicature (Samvriti vakrata) in Human(Manav) epic}
मानव महाकाव्यमा संवृत्ति वक्रता {Pronominal Implicature (Samvriti vakrata) in Human(Manav) epic}
यस लेखमा मोदनाथ प्रश्रितद्वारा रचना गरिएको मानव महाकाव्यमा संवृत्ति वक्रताको प्रयोगको अवस्था के कस्तो छ भन्ने समस्याको समाधानार्थ उक्त काव्यमा प्रयुक्त संवृत्ति वक्रताको निरूपण गर्...
दोभान महाकाव्यमा रसाभास
दोभान महाकाव्यमा रसाभास
रससिद्धान्त पूर्वीय काव्य परम्पराको समृद्ध सिद्धान्त हो । नेपाली सर्जकका हरेक सिर्जना यस सिद्धान्तका कसीमा कसिन समर्थ छन् । भरतराज पन्त (१९८६ - २०६५) ले पनि विभिन्न शीर्षकका फुटकर ...
भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
लेखनाथ पौड्यालको जीवनचङ्गा कवितामा अलङ्कार विधान
लेखनाथ पौड्यालको जीवनचङ्गा कवितामा अलङ्कार विधान
Available with full text. ...
मनमाया महाकाव्यमा रस
मनमाया महाकाव्यमा रस
महाकाव्यकार कृष्णप्रसाद पराजुली नेपाली काव्यसाधनाका एक अथक साधक हुन् । वि.सं.२०७१ सालमा प्रथमपटक प्रकाशित कविवर पराजुलीको मनमाया एउटा नेपाली धर्तीपुत्र लाहुरेको वीरताजन्य अनुभूतिला...

