Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

सम्यक् सम्बुद्ध महाकाव्यमा बुद्धकरुणा

View through CrossRef
प्रस्तुत लेखमा कवि घनश्याम कँडेलको ‘सम्यक् सम्बुद्ध’ महाकाव्यमा प्रस्तुत बुद्धकरुणाको अन्वीक्षण गरिएको छ । बुद्धकरुणा भनेको बुद्धद्वारा दुःखमुक्तिसाधनाबाट स्वआर्जित ज्ञान, पीडित जीवात्माप्रतिको प्रेम, समानुभूति, सहयोग एवम् उद्धारको भावना अथवा कार्य हो । ‘सम्यक् सम्बुद्ध’ महाकाव्यमा बुद्धकरुणा के–कसरी अभिव्यक्त भएको छ भन्ने शोधप्रश्नमा केन्द्रित भई प्रस्तुत अध्ययन सम्पन्न गरिएको छ । कँडेलले यस महाकाव्यमा कोण्डन्यले सम्पादन गरेको ‘सम्यक् सम्बुद्ध’ का अतिरिक्त बुद्धका जीवनीहरूभित्र प्रस्तुत बुद्धको समग्र जीवनलाई विश्लेषणात्मक ढङ्गले हेरी महत्त्वपूर्ण घटना र प्रस्तुतिलाई मधुर काव्यात्मक अभिव्यक्ति दिएका छन् । यस आलेखमा भने खास गरी सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि कहाँ कहाँ गएर केकस्तो करुणादेशना दिए र ककसलाई करुणामय कृपा र उद्धार गरे अनि त्यसले वर्तमान संसारका लागि केकस्तो महत्त्व राख्छ भन्ने कुरा ‘सम्यक् सम्बुद्ध’ महाकाव्यमा जेजसरी व्यक्त भएको छ, त्यसको करुणामूलक ढङ्गबाट विश्लेषण गरिएको छ । महानता प्राप्तिको पहिलो सर्त त्याग हो । सिद्धार्थको त्याग र साधनाबाट आर्जित ज्ञान पञ्चशील, अष्टाङ्ग मार्ग, चार आर्यसत्य आदि वर्तमान विश्वका लागि लाभदायक छन् भन्दै पीडा र गलत मार्गमा परेका व्यक्तिप्रति बुद्धको करुणापूर्ण व्यवहार देखाई गुरु, नेतृत्व र न्यायाधीशको कर्तव्यतर्फ सङ्केत गर्नु प्रस्तुत महाकाव्यको उद्देश्य हो भन्ने कुरा यस लेखमा स्पष्ट पारिएको छ । गुणात्मक अनुसन्धान विधि एवम् पाठविश्लेषणात्मक ढाँचा अवलम्बन गरिएको यस लेखमा गुरु, नेता र न्यायाधीशमा बुद्धमा जस्तै आदर्श, नैतिकता र करुणा हुनुपर्छ भन्ने सारवस्तुलाई लिई प्रस्तुत महाकाव्य रचिएको हो भन्ने कुराको निष्कर्ष निकालिएको छ ।
Title: सम्यक् सम्बुद्ध महाकाव्यमा बुद्धकरुणा
Description:
प्रस्तुत लेखमा कवि घनश्याम कँडेलको ‘सम्यक् सम्बुद्ध’ महाकाव्यमा प्रस्तुत बुद्धकरुणाको अन्वीक्षण गरिएको छ । बुद्धकरुणा भनेको बुद्धद्वारा दुःखमुक्तिसाधनाबाट स्वआर्जित ज्ञान, पीडित जीवात्माप्रतिको प्रेम, समानुभूति, सहयोग एवम् उद्धारको भावना अथवा कार्य हो । ‘सम्यक् सम्बुद्ध’ महाकाव्यमा बुद्धकरुणा के–कसरी अभिव्यक्त भएको छ भन्ने शोधप्रश्नमा केन्द्रित भई प्रस्तुत अध्ययन सम्पन्न गरिएको छ । कँडेलले यस महाकाव्यमा कोण्डन्यले सम्पादन गरेको ‘सम्यक् सम्बुद्ध’ का अतिरिक्त बुद्धका जीवनीहरूभित्र प्रस्तुत बुद्धको समग्र जीवनलाई विश्लेषणात्मक ढङ्गले हेरी महत्त्वपूर्ण घटना र प्रस्तुतिलाई मधुर काव्यात्मक अभिव्यक्ति दिएका छन् । यस आलेखमा भने खास गरी सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि कहाँ कहाँ गएर केकस्तो करुणादेशना दिए र ककसलाई करुणामय कृपा र उद्धार गरे अनि त्यसले वर्तमान संसारका लागि केकस्तो महत्त्व राख्छ भन्ने कुरा ‘सम्यक् सम्बुद्ध’ महाकाव्यमा जेजसरी व्यक्त भएको छ, त्यसको करुणामूलक ढङ्गबाट विश्लेषण गरिएको छ । महानता प्राप्तिको पहिलो सर्त त्याग हो । सिद्धार्थको त्याग र साधनाबाट आर्जित ज्ञान पञ्चशील, अष्टाङ्ग मार्ग, चार आर्यसत्य आदि वर्तमान विश्वका लागि लाभदायक छन् भन्दै पीडा र गलत मार्गमा परेका व्यक्तिप्रति बुद्धको करुणापूर्ण व्यवहार देखाई गुरु, नेतृत्व र न्यायाधीशको कर्तव्यतर्फ सङ्केत गर्नु प्रस्तुत महाकाव्यको उद्देश्य हो भन्ने कुरा यस लेखमा स्पष्ट पारिएको छ । गुणात्मक अनुसन्धान विधि एवम् पाठविश्लेषणात्मक ढाँचा अवलम्बन गरिएको यस लेखमा गुरु, नेता र न्यायाधीशमा बुद्धमा जस्तै आदर्श, नैतिकता र करुणा हुनुपर्छ भन्ने सारवस्तुलाई लिई प्रस्तुत महाकाव्य रचिएको हो भन्ने कुराको निष्कर्ष निकालिएको छ ।.

Related Results

आदर्श–राघव महाकाव्यमा ब्रह्मचिन्तन
आदर्श–राघव महाकाव्यमा ब्रह्मचिन्तन
प्रस्तुत लेखमा अदर्श राघव महाकाव्यमा ब्रह्मचिन्तनको अध्ययन गरिएको छ । गुणात्मक अनुसन्धान पद्धति र पाठविश्लेषण विधिके उपयोग गरिएको यस लेखमा पूर्वीय दर्शनमा अभिव्यक्त ब्रह्मचिन्तनलाई...
सुलोचना महाकाव्यमा प्रयोगशीलता
सुलोचना महाकाव्यमा प्रयोगशीलता
प्रस्तुत लेखमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना महाकाव्यमा प्रयोगशीलताका बारेमा निरूपण गरिएको छ । प्रयोगशीलतासम्बन्धी सैद्धान्तिक अवधारणाका साथै पूर्वीय तथा पाश्चात...
मानव महाकाव्यमा संवृत्ति वक्रता {Pronominal Implicature (Samvriti vakrata) in Human(Manav) epic}
मानव महाकाव्यमा संवृत्ति वक्रता {Pronominal Implicature (Samvriti vakrata) in Human(Manav) epic}
यस लेखमा मोदनाथ प्रश्रितद्वारा रचना गरिएको मानव महाकाव्यमा संवृत्ति वक्रताको प्रयोगको अवस्था के कस्तो छ भन्ने समस्याको समाधानार्थ उक्त काव्यमा प्रयुक्त संवृत्ति वक्रताको निरूपण गर्...
दोभान महाकाव्यमा रसाभास
दोभान महाकाव्यमा रसाभास
रससिद्धान्त पूर्वीय काव्य परम्पराको समृद्ध सिद्धान्त हो । नेपाली सर्जकका हरेक सिर्जना यस सिद्धान्तका कसीमा कसिन समर्थ छन् । भरतराज पन्त (१९८६ - २०६५) ले पनि विभिन्न शीर्षकका फुटकर ...
महाकाव्यका मानक तत्वका आधारमा मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कन
महाकाव्यका मानक तत्वका आधारमा मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कन
प्रस्तुत लेख भानुभक्त पोखरेलको मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कनसँग सम्बन्धित छ । यस लेखमा मृत्युञ्जय महाकाव्यमा स्थापित महाकाव्यका मानक तत्वहरूलाई अध्ययनको समस्या मानि...
पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}
पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}
प्रस्तुत लेखमा पृथ्वीन्द्रोदय महाकाव्यमा द्वन्द्वको अवस्थाको विवेचना गरिएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर समकालीन गोरखा राज्यको विस्तार भएर विशाल नेपालसम्म व...
हिन्दी में समालोचना का विकास
हिन्दी में समालोचना का विकास
समालोचना का षाब्दिक अर्थ है- देखना। किसी भी वस्तु, तत्व, विशय, षैली व कृति के संदर्भ में गुण-दोशों की सम्यक् व्याख्या का नाम समालोचना है। हिन्दी साहित्य में ‘समालोचना’ षब्द संस्कृत...
बौद्ध दर्शन में वर्णित साधना पद्धति
बौद्ध दर्शन में वर्णित साधना पद्धति
साधना आत्मिक प्रगति का आधार है। साधना की तीन प्रणालियाँ मानी गई है- कर्म, ज्ञान और भक्ति। बुद्ध के अनुसार शरीर को दण्ड देने की अपेक्षा ज्ञान प्राप्ति से और ध्यान साधना के अभ्यास से...

Back to Top