Javascript must be enabled to continue!
मनमाया महाकाव्यमा रस
View through CrossRef
महाकाव्यकार कृष्णप्रसाद पराजुली नेपाली काव्यसाधनाका एक अथक साधक हुन् । वि.सं.२०७१ सालमा प्रथमपटक प्रकाशित कविवर पराजुलीको मनमाया एउटा नेपाली धर्तीपुत्र लाहुरेको वीरताजन्य अनुभूतिलाई वीररसमा साधारणीकरण गरिएको उत्कृष्ट महाकाव्यात्मक कृति हो । यसमा १७ शीर्षकका कविताहरु सङ्कलित छन् । यिनमा काव्यशास्त्रीय मान्यताअनुसार विभाव, अनुभाव र व्यभिचारी भावको सहज संयोजनबाट उत्साह स्थायीभाव वीर रसमा परिपाक भएको छ, त्यसैले प्रस्तुत कृति वीररस विधानका दृष्टिले सफल बनेको निष्कर्ष यहाँ प्रस्तुत गरिएको छ । कवि पराजुलीलाई सत्तरीको दशकमा पुग्दा एउटा महाकाव्य लेख्ने हुटहुटी जागेर आयो । कवि पराजुलीले यस काव्यमा आफ्नो दीर्घ जीवनका अनुभव, अनुभूति, पछिल्लो युवापुस्ताहरुमा छाएको वैदेशिक रोजगारीको मोह, तत्कालीन नेपालका तमाम युवापुस्ताको देशप्रतिको निराशा, गरिबी, बेरोजगारी आदि सन्दर्भलाई देखाउन यस महाकाव्यको रचना भएको देखिन्छ । लाहुरे जीवन र उसले भोगेका दुःख, उसको शूरता, वीरता आदि कार्यले काव्यमा वीररसको परिपाक भएको छ । यस लेखमा रस विश्लेषणका निम्ति उपलब्ध सामग्रीका सीमाभित्र रही काव्यमा प्रयुक्त विभाव, अनुभाव व्यभिचारी भाव र स्थायीभाव निक्र्योल गर्दै यिनै उपकरणका आधारमा मनमाया वीररसको उत्कृष्ट महाकाव्य रहेको निष्कर्ष प्रस्तुत भएको छ ।
Title: मनमाया महाकाव्यमा रस
Description:
महाकाव्यकार कृष्णप्रसाद पराजुली नेपाली काव्यसाधनाका एक अथक साधक हुन् । वि.
सं.
२०७१ सालमा प्रथमपटक प्रकाशित कविवर पराजुलीको मनमाया एउटा नेपाली धर्तीपुत्र लाहुरेको वीरताजन्य अनुभूतिलाई वीररसमा साधारणीकरण गरिएको उत्कृष्ट महाकाव्यात्मक कृति हो । यसमा १७ शीर्षकका कविताहरु सङ्कलित छन् । यिनमा काव्यशास्त्रीय मान्यताअनुसार विभाव, अनुभाव र व्यभिचारी भावको सहज संयोजनबाट उत्साह स्थायीभाव वीर रसमा परिपाक भएको छ, त्यसैले प्रस्तुत कृति वीररस विधानका दृष्टिले सफल बनेको निष्कर्ष यहाँ प्रस्तुत गरिएको छ । कवि पराजुलीलाई सत्तरीको दशकमा पुग्दा एउटा महाकाव्य लेख्ने हुटहुटी जागेर आयो । कवि पराजुलीले यस काव्यमा आफ्नो दीर्घ जीवनका अनुभव, अनुभूति, पछिल्लो युवापुस्ताहरुमा छाएको वैदेशिक रोजगारीको मोह, तत्कालीन नेपालका तमाम युवापुस्ताको देशप्रतिको निराशा, गरिबी, बेरोजगारी आदि सन्दर्भलाई देखाउन यस महाकाव्यको रचना भएको देखिन्छ । लाहुरे जीवन र उसले भोगेका दुःख, उसको शूरता, वीरता आदि कार्यले काव्यमा वीररसको परिपाक भएको छ । यस लेखमा रस विश्लेषणका निम्ति उपलब्ध सामग्रीका सीमाभित्र रही काव्यमा प्रयुक्त विभाव, अनुभाव व्यभिचारी भाव र स्थायीभाव निक्र्योल गर्दै यिनै उपकरणका आधारमा मनमाया वीररसको उत्कृष्ट महाकाव्य रहेको निष्कर्ष प्रस्तुत भएको छ ।.
Related Results
आदर्श–राघव महाकाव्यमा ब्रह्मचिन्तन
आदर्श–राघव महाकाव्यमा ब्रह्मचिन्तन
प्रस्तुत लेखमा अदर्श राघव महाकाव्यमा ब्रह्मचिन्तनको अध्ययन गरिएको छ । गुणात्मक अनुसन्धान पद्धति र पाठविश्लेषण विधिके उपयोग गरिएको यस लेखमा पूर्वीय दर्शनमा अभिव्यक्त ब्रह्मचिन्तनलाई...
सम्यक् सम्बुद्ध महाकाव्यमा बुद्धकरुणा
सम्यक् सम्बुद्ध महाकाव्यमा बुद्धकरुणा
प्रस्तुत लेखमा कवि घनश्याम कँडेलको ‘सम्यक् सम्बुद्ध’ महाकाव्यमा प्रस्तुत बुद्धकरुणाको अन्वीक्षण गरिएको छ । बुद्धकरुणा भनेको बुद्धद्वारा दुःखमुक्तिसाधनाबाट स्वआर्जित ज्ञान, पीडित जी...
सुलोचना महाकाव्यमा प्रयोगशीलता
सुलोचना महाकाव्यमा प्रयोगशीलता
प्रस्तुत लेखमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना महाकाव्यमा प्रयोगशीलताका बारेमा निरूपण गरिएको छ । प्रयोगशीलतासम्बन्धी सैद्धान्तिक अवधारणाका साथै पूर्वीय तथा पाश्चात...
मानव महाकाव्यमा संवृत्ति वक्रता {Pronominal Implicature (Samvriti vakrata) in Human(Manav) epic}
मानव महाकाव्यमा संवृत्ति वक्रता {Pronominal Implicature (Samvriti vakrata) in Human(Manav) epic}
यस लेखमा मोदनाथ प्रश्रितद्वारा रचना गरिएको मानव महाकाव्यमा संवृत्ति वक्रताको प्रयोगको अवस्था के कस्तो छ भन्ने समस्याको समाधानार्थ उक्त काव्यमा प्रयुक्त संवृत्ति वक्रताको निरूपण गर्...
दोभान महाकाव्यमा रसाभास
दोभान महाकाव्यमा रसाभास
रससिद्धान्त पूर्वीय काव्य परम्पराको समृद्ध सिद्धान्त हो । नेपाली सर्जकका हरेक सिर्जना यस सिद्धान्तका कसीमा कसिन समर्थ छन् । भरतराज पन्त (१९८६ - २०६५) ले पनि विभिन्न शीर्षकका फुटकर ...
महाकाव्यका मानक तत्वका आधारमा मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कन
महाकाव्यका मानक तत्वका आधारमा मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कन
प्रस्तुत लेख भानुभक्त पोखरेलको मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कनसँग सम्बन्धित छ । यस लेखमा मृत्युञ्जय महाकाव्यमा स्थापित महाकाव्यका मानक तत्वहरूलाई अध्ययनको समस्या मानि...
पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}
पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}
प्रस्तुत लेखमा पृथ्वीन्द्रोदय महाकाव्यमा द्वन्द्वको अवस्थाको विवेचना गरिएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर समकालीन गोरखा राज्यको विस्तार भएर विशाल नेपालसम्म व...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...

