Javascript must be enabled to continue!
मनमाया महाकाव्यमा रस
View through CrossRef
महाकाव्यकार कृष्णप्रसाद पराजुली नेपाली काव्यसाधनाका एक अथक साधक हुन् । वि.सं.२०७१ सालमा प्रथमपटक प्रकाशित कविवर पराजुलीको मनमाया एउटा नेपाली धर्तीपुत्र लाहुरेको वीरताजन्य अनुभूतिलाई वीररसमा साधारणीकरण गरिएको उत्कृष्ट महाकाव्यात्मक कृति हो । यसमा १७ शीर्षकका कविताहरु सङ्कलित छन् । यिनमा काव्यशास्त्रीय मान्यताअनुसार विभाव, अनुभाव र व्यभिचारी भावको सहज संयोजनबाट उत्साह स्थायीभाव वीर रसमा परिपाक भएको छ, त्यसैले प्रस्तुत कृति वीररस विधानका दृष्टिले सफल बनेको निष्कर्ष यहाँ प्रस्तुत गरिएको छ । कवि पराजुलीलाई सत्तरीको दशकमा पुग्दा एउटा महाकाव्य लेख्ने हुटहुटी जागेर आयो । कवि पराजुलीले यस काव्यमा आफ्नो दीर्घ जीवनका अनुभव, अनुभूति, पछिल्लो युवापुस्ताहरुमा छाएको वैदेशिक रोजगारीको मोह, तत्कालीन नेपालका तमाम युवापुस्ताको देशप्रतिको निराशा, गरिबी, बेरोजगारी आदि सन्दर्भलाई देखाउन यस महाकाव्यको रचना भएको देखिन्छ । लाहुरे जीवन र उसले भोगेका दुःख, उसको शूरता, वीरता आदि कार्यले काव्यमा वीररसको परिपाक भएको छ । यस लेखमा रस विश्लेषणका निम्ति उपलब्ध सामग्रीका सीमाभित्र रही काव्यमा प्रयुक्त विभाव, अनुभाव व्यभिचारी भाव र स्थायीभाव निक्र्योल गर्दै यिनै उपकरणका आधारमा मनमाया वीररसको उत्कृष्ट महाकाव्य रहेको निष्कर्ष प्रस्तुत भएको छ ।
Title: मनमाया महाकाव्यमा रस
Description:
महाकाव्यकार कृष्णप्रसाद पराजुली नेपाली काव्यसाधनाका एक अथक साधक हुन् । वि.
सं.
२०७१ सालमा प्रथमपटक प्रकाशित कविवर पराजुलीको मनमाया एउटा नेपाली धर्तीपुत्र लाहुरेको वीरताजन्य अनुभूतिलाई वीररसमा साधारणीकरण गरिएको उत्कृष्ट महाकाव्यात्मक कृति हो । यसमा १७ शीर्षकका कविताहरु सङ्कलित छन् । यिनमा काव्यशास्त्रीय मान्यताअनुसार विभाव, अनुभाव र व्यभिचारी भावको सहज संयोजनबाट उत्साह स्थायीभाव वीर रसमा परिपाक भएको छ, त्यसैले प्रस्तुत कृति वीररस विधानका दृष्टिले सफल बनेको निष्कर्ष यहाँ प्रस्तुत गरिएको छ । कवि पराजुलीलाई सत्तरीको दशकमा पुग्दा एउटा महाकाव्य लेख्ने हुटहुटी जागेर आयो । कवि पराजुलीले यस काव्यमा आफ्नो दीर्घ जीवनका अनुभव, अनुभूति, पछिल्लो युवापुस्ताहरुमा छाएको वैदेशिक रोजगारीको मोह, तत्कालीन नेपालका तमाम युवापुस्ताको देशप्रतिको निराशा, गरिबी, बेरोजगारी आदि सन्दर्भलाई देखाउन यस महाकाव्यको रचना भएको देखिन्छ । लाहुरे जीवन र उसले भोगेका दुःख, उसको शूरता, वीरता आदि कार्यले काव्यमा वीररसको परिपाक भएको छ । यस लेखमा रस विश्लेषणका निम्ति उपलब्ध सामग्रीका सीमाभित्र रही काव्यमा प्रयुक्त विभाव, अनुभाव व्यभिचारी भाव र स्थायीभाव निक्र्योल गर्दै यिनै उपकरणका आधारमा मनमाया वीररसको उत्कृष्ट महाकाव्य रहेको निष्कर्ष प्रस्तुत भएको छ ।.
Related Results
सम्यक् सम्बुद्ध महाकाव्यमा बुद्धकरुणा
सम्यक् सम्बुद्ध महाकाव्यमा बुद्धकरुणा
प्रस्तुत लेखमा कवि घनश्याम कँडेलको ‘सम्यक् सम्बुद्ध’ महाकाव्यमा प्रस्तुत बुद्धकरुणाको अन्वीक्षण गरिएको छ । बुद्धकरुणा भनेको बुद्धद्वारा दुःखमुक्तिसाधनाबाट स्वआर्जित ज्ञान, पीडित जी...
सुलोचना महाकाव्यमा प्रयोगशीलता
सुलोचना महाकाव्यमा प्रयोगशीलता
प्रस्तुत लेखमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना महाकाव्यमा प्रयोगशीलताका बारेमा निरूपण गरिएको छ । प्रयोगशीलतासम्बन्धी सैद्धान्तिक अवधारणाका साथै पूर्वीय तथा पाश्चात...
मानव महाकाव्यमा संवृत्ति वक्रता {Pronominal Implicature (Samvriti vakrata) in Human(Manav) epic}
मानव महाकाव्यमा संवृत्ति वक्रता {Pronominal Implicature (Samvriti vakrata) in Human(Manav) epic}
यस लेखमा मोदनाथ प्रश्रितद्वारा रचना गरिएको मानव महाकाव्यमा संवृत्ति वक्रताको प्रयोगको अवस्था के कस्तो छ भन्ने समस्याको समाधानार्थ उक्त काव्यमा प्रयुक्त संवृत्ति वक्रताको निरूपण गर्...
दोभान महाकाव्यमा रसाभास
दोभान महाकाव्यमा रसाभास
रससिद्धान्त पूर्वीय काव्य परम्पराको समृद्ध सिद्धान्त हो । नेपाली सर्जकका हरेक सिर्जना यस सिद्धान्तका कसीमा कसिन समर्थ छन् । भरतराज पन्त (१९८६ - २०६५) ले पनि विभिन्न शीर्षकका फुटकर ...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
सुलोचना महाकाव्यमा अलङ्कार
सुलोचना महाकाव्यमा अलङ्कार
शुक्लयजुर्वेद, उपनिषद्, रामायणहरूदेखि साहित्यका हरेक विधाहरूमा अलङ्कारको प्रयोग गरिएको छ । अलङ्कारको स्वस्पूmर्त तथा प्राकृत प्रयोगले कृति सुन्दर, आस्वाद्य तथा मार्मिक बन्न पुग्ने ...

