Javascript must be enabled to continue!
सुलोचना महाकाव्यमा प्रयोगशीलता
View through CrossRef
प्रस्तुत लेखमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना महाकाव्यमा प्रयोगशीलताका बारेमा निरूपण गरिएको छ । प्रयोगशीलतासम्बन्धी सैद्धान्तिक अवधारणाका साथै पूर्वीय तथा पाश्चात्य काव्यशास्त्रका महाकाव्यसम्बन्धी सैद्धान्तिक मान्यतालाई आधार मानी महाकाव्यमा प्रयोगशीलताको खोजी गरिएको छ । महाकाव्यको प्रारम्भ र सर्गबन्धता जस्ता केही पक्षलाई हेर्दा काव्यशास्त्रीय मान्यताको पालना गरिएको देखिए पनि विषयवस्तुको चयन, नायकनायिकाको चरित्रोद्घाटन, रस तथा लयविधान आदि तत्त्वहरूको प्रयोग नवीन किसिमले गरिएको निष्कर्ष निकाएको छ । यहाँ पूर्वीय काव्यशास्त्रले आत्मसात् गरेका सैद्धान्तिक मान्यताहरूलाई प्रायः अस्वीकार गरिएको निष्कर्ष पनि निकालिएको छ । सामाजिक विषयवस्तुलाई अब्गीकार गरी लेखिएको यस काव्यमा समाजका कुपरम्पराका कारण वियोगान्तसम्बन्धी मूल भाव निकै सशक्त र प्रभावकारी बनेको छ । करुण अब्गी रसका रूपमा आएको यस काव्यलाई चरमोत्कर्षमा पुर्याउन अब्ग रसका रूपमा आएका अन्य रसहरूले मद्दत गरेका छन् भन्ने निष्कर्षका साथै लयविधानमा समेत प्रयोगशीलता पाइने कुरालाई विश्लेषणात्मक विधिका आधारमा निरूपण गरिएको छ ।
Title: सुलोचना महाकाव्यमा प्रयोगशीलता
Description:
प्रस्तुत लेखमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना महाकाव्यमा प्रयोगशीलताका बारेमा निरूपण गरिएको छ । प्रयोगशीलतासम्बन्धी सैद्धान्तिक अवधारणाका साथै पूर्वीय तथा पाश्चात्य काव्यशास्त्रका महाकाव्यसम्बन्धी सैद्धान्तिक मान्यतालाई आधार मानी महाकाव्यमा प्रयोगशीलताको खोजी गरिएको छ । महाकाव्यको प्रारम्भ र सर्गबन्धता जस्ता केही पक्षलाई हेर्दा काव्यशास्त्रीय मान्यताको पालना गरिएको देखिए पनि विषयवस्तुको चयन, नायकनायिकाको चरित्रोद्घाटन, रस तथा लयविधान आदि तत्त्वहरूको प्रयोग नवीन किसिमले गरिएको निष्कर्ष निकाएको छ । यहाँ पूर्वीय काव्यशास्त्रले आत्मसात् गरेका सैद्धान्तिक मान्यताहरूलाई प्रायः अस्वीकार गरिएको निष्कर्ष पनि निकालिएको छ । सामाजिक विषयवस्तुलाई अब्गीकार गरी लेखिएको यस काव्यमा समाजका कुपरम्पराका कारण वियोगान्तसम्बन्धी मूल भाव निकै सशक्त र प्रभावकारी बनेको छ । करुण अब्गी रसका रूपमा आएको यस काव्यलाई चरमोत्कर्षमा पुर्याउन अब्ग रसका रूपमा आएका अन्य रसहरूले मद्दत गरेका छन् भन्ने निष्कर्षका साथै लयविधानमा समेत प्रयोगशीलता पाइने कुरालाई विश्लेषणात्मक विधिका आधारमा निरूपण गरिएको छ ।.
Related Results
आदर्श–राघव महाकाव्यमा ब्रह्मचिन्तन
आदर्श–राघव महाकाव्यमा ब्रह्मचिन्तन
प्रस्तुत लेखमा अदर्श राघव महाकाव्यमा ब्रह्मचिन्तनको अध्ययन गरिएको छ । गुणात्मक अनुसन्धान पद्धति र पाठविश्लेषण विधिके उपयोग गरिएको यस लेखमा पूर्वीय दर्शनमा अभिव्यक्त ब्रह्मचिन्तनलाई...
सम्यक् सम्बुद्ध महाकाव्यमा बुद्धकरुणा
सम्यक् सम्बुद्ध महाकाव्यमा बुद्धकरुणा
प्रस्तुत लेखमा कवि घनश्याम कँडेलको ‘सम्यक् सम्बुद्ध’ महाकाव्यमा प्रस्तुत बुद्धकरुणाको अन्वीक्षण गरिएको छ । बुद्धकरुणा भनेको बुद्धद्वारा दुःखमुक्तिसाधनाबाट स्वआर्जित ज्ञान, पीडित जी...
सुलोचना महाकाव्यमा अलङ्कार
सुलोचना महाकाव्यमा अलङ्कार
शुक्लयजुर्वेद, उपनिषद्, रामायणहरूदेखि साहित्यका हरेक विधाहरूमा अलङ्कारको प्रयोग गरिएको छ । अलङ्कारको स्वस्पूmर्त तथा प्राकृत प्रयोगले कृति सुन्दर, आस्वाद्य तथा मार्मिक बन्न पुग्ने ...
मानव महाकाव्यमा संवृत्ति वक्रता {Pronominal Implicature (Samvriti vakrata) in Human(Manav) epic}
मानव महाकाव्यमा संवृत्ति वक्रता {Pronominal Implicature (Samvriti vakrata) in Human(Manav) epic}
यस लेखमा मोदनाथ प्रश्रितद्वारा रचना गरिएको मानव महाकाव्यमा संवृत्ति वक्रताको प्रयोगको अवस्था के कस्तो छ भन्ने समस्याको समाधानार्थ उक्त काव्यमा प्रयुक्त संवृत्ति वक्रताको निरूपण गर्...
दोभान महाकाव्यमा रसाभास
दोभान महाकाव्यमा रसाभास
रससिद्धान्त पूर्वीय काव्य परम्पराको समृद्ध सिद्धान्त हो । नेपाली सर्जकका हरेक सिर्जना यस सिद्धान्तका कसीमा कसिन समर्थ छन् । भरतराज पन्त (१९८६ - २०६५) ले पनि विभिन्न शीर्षकका फुटकर ...
महाकाव्यका मानक तत्वका आधारमा मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कन
महाकाव्यका मानक तत्वका आधारमा मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कन
प्रस्तुत लेख भानुभक्त पोखरेलको मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कनसँग सम्बन्धित छ । यस लेखमा मृत्युञ्जय महाकाव्यमा स्थापित महाकाव्यका मानक तत्वहरूलाई अध्ययनको समस्या मानि...
पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}
पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}
प्रस्तुत लेखमा पृथ्वीन्द्रोदय महाकाव्यमा द्वन्द्वको अवस्थाको विवेचना गरिएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर समकालीन गोरखा राज्यको विस्तार भएर विशाल नेपालसम्म व...
मनमाया महाकाव्यमा रस
मनमाया महाकाव्यमा रस
महाकाव्यकार कृष्णप्रसाद पराजुली नेपाली काव्यसाधनाका एक अथक साधक हुन् । वि.सं.२०७१ सालमा प्रथमपटक प्रकाशित कविवर पराजुलीको मनमाया एउटा नेपाली धर्तीपुत्र लाहुरेको वीरताजन्य अनुभूतिला...

