Javascript must be enabled to continue!
मधेसतिर कथामा वात्स्सायनशास्त्रीय प्रभव
View through CrossRef
आचार्य वात्स्यायन पूर्वीय कामशास्त्री अर्थात् मनोविज्ञान शास्त्री हुन् । लगभग दुई सहस्राब्दीपूर्व नै मानवजीवनमा कामवृत्तिको सर्वोच्चता प्रमाणित गरेर उनले मानवजीवनको मनोवैज्ञानिक र यौनमनोवैज्ञानिक क्षेत्रमा ठुलो योगदान दिएका छन् । विश्वको आधुनिक आख्यानसाहित्यमा पश्चिमी मनोविज्ञानशास्त्री सिग्मन्ड फ्रायडको 'मनोविश्लेषण' सिद्धान्तको प्रभावसँगै उनीभन्दा धेरै प्राचीन वात्स्यायनको 'कामसूत्र' को प्रभाव पनि उत्तिकै पाइन्छ ।
विश्वेश्वरप्रसाद कोइराला यिनै कामशास्त्रीहरूको प्रभावमा आधुनिक कथा - उपन्यास लेख्ने आख्यानकार हुन्। फ्रायडवादी कथाकारका रूपमा कोइरालाको अध्ययन भए पनि वात्स्यायनको कामशास्त्रीय कथाकारका रूपमा अध्ययन भएको छैन । कोइरालाको 'मधेसतिर' कथा आचार्य वात्स्यायनका कामवृत्तिको सर्वोच्चता, नारीकेन्द्री कामवृत्ति, नारीस्वतन्त्रता, आचारहीनता र कामान्धताको प्रतिवाद तथा संस्कृतिसापेक्ष मान्यताका प्रभावमा लेखिएको छ । यस अध्ययनमा यिनै वात्स्यायनशास्त्रीय मान्यताका आधारमा 'मधेसतिर' कथाको विश्लेषण गर्दा कथामा कामवृत्तिको सर्वोच्चता स्वीकार गरिनुका साथै कामान्धवृत्तिको प्रतिवाद गरिएको निष्कर्ष प्राप्त भएको छ ।
Title: मधेसतिर कथामा वात्स्सायनशास्त्रीय प्रभव
Description:
आचार्य वात्स्यायन पूर्वीय कामशास्त्री अर्थात् मनोविज्ञान शास्त्री हुन् । लगभग दुई सहस्राब्दीपूर्व नै मानवजीवनमा कामवृत्तिको सर्वोच्चता प्रमाणित गरेर उनले मानवजीवनको मनोवैज्ञानिक र यौनमनोवैज्ञानिक क्षेत्रमा ठुलो योगदान दिएका छन् । विश्वको आधुनिक आख्यानसाहित्यमा पश्चिमी मनोविज्ञानशास्त्री सिग्मन्ड फ्रायडको 'मनोविश्लेषण' सिद्धान्तको प्रभावसँगै उनीभन्दा धेरै प्राचीन वात्स्यायनको 'कामसूत्र' को प्रभाव पनि उत्तिकै पाइन्छ ।
विश्वेश्वरप्रसाद कोइराला यिनै कामशास्त्रीहरूको प्रभावमा आधुनिक कथा - उपन्यास लेख्ने आख्यानकार हुन्। फ्रायडवादी कथाकारका रूपमा कोइरालाको अध्ययन भए पनि वात्स्यायनको कामशास्त्रीय कथाकारका रूपमा अध्ययन भएको छैन । कोइरालाको 'मधेसतिर' कथा आचार्य वात्स्यायनका कामवृत्तिको सर्वोच्चता, नारीकेन्द्री कामवृत्ति, नारीस्वतन्त्रता, आचारहीनता र कामान्धताको प्रतिवाद तथा संस्कृतिसापेक्ष मान्यताका प्रभावमा लेखिएको छ । यस अध्ययनमा यिनै वात्स्यायनशास्त्रीय मान्यताका आधारमा 'मधेसतिर' कथाको विश्लेषण गर्दा कथामा कामवृत्तिको सर्वोच्चता स्वीकार गरिनुका साथै कामान्धवृत्तिको प्रतिवाद गरिएको निष्कर्ष प्राप्त भएको छ ।.
Related Results
‘मधेसतिर’ कथामा परिवेश
‘मधेसतिर’ कथामा परिवेश
प्रस्तुत लेखमा कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘मधेसतिर’ कथाको परिवेशको अध्ययन गरिएको छ । आर्थिक तथा मनोवैज्ञानिक समस्यालाई मुख्य विषयवस्तु बनाएर लेखिएको यस कथामा स्थान...
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको प्रवेशसँगै अन्तर्विषयकताले पनि प्र...
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
प्रस्तुत अनुसन्धानात्मक लेख कथाकार इन्दिरा प्रसाइद्धारा लेखिएको ‘दोस्रो सत्ता’ कथामा व्यक्त नारीवादी समालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यसका निम्ति पाश्चात्य साहित्यको...
'अभागी' कथामा परिवेशविधान
'अभागी' कथामा परिवेशविधान
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढा...

