Javascript must be enabled to continue!
'अभागी' कथामा परिवेशविधान
View through CrossRef
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढाँचामा आधारित यो लेख अभागी कथामा परिवेशको प्रयोग के कसरी भएको छ भन्ने मुख्य समस्या उठाई समस्याको प्राज्ञिक समाधान गर्दै कथामा आयोजित परिवेशको विश्लेषणमा केन्द्रित रहेको छ । यसमा मैनालीको अभागी कथालाई प्राथमिक स्रोत सामग्रीका रूपमा लिई सूक्ष्म पठनविधिबाट मुख्य परिवेशको विश्लेषण गरिएको छ । यस लेखमा कथाको परिवेशको विश्लेषण गर्न लिइएका सैद्धान्तिक पुस्तकहरू, विभिन्न जर्नलमा प्रकाशित लेखहरू तथा पुस्तकालयीय स्रोतका सामग्रीहरूलाई द्वितीयक स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । कथामा उल्लिखित सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक पक्षसँगै स्थानगत र समयगत परिवेशको प्रयोगबाट कथा परिवेशगत रूपमा प्रभावकारी बन्न पुगेको छ भन्ने निष्कर्ष यस लेखमा प्राप्त भएको छ । सामाजिक र सांस्कृतिक पुरातन संस्कारका कारण पुरुषहरूले विवाह गर्दा पहिलो श्रीमतीपट्टिका सन्तानप्रति गरिने सौतेनी व्यवहार र त्यसको परिणामलाई पनि कथाको परिवेशले देखाएको छ । प्रस्तुत कथामा विषयसन्दर्भसँगै पात्रगत र भाषाशैलीगत प्रयोगले कथाको परिवेश थप जीवन्त र यथार्थपरक बन्न पुगेको कुरालाई यस लेखमा अभिव्यक्त गरिएको छ । मान्छे समाज र संस्कृतिबाट अलग हुन नसक्ने तथा त्यहाँको परिस्थतिले उसलाई मानसिक त्राटन दिन सक्ने परिवेशसन्दर्भ विश्लेषणबाट प्रस्तुत गरिएको छ । उक्त वैचारिक निष्कर्ष प्रदान गर्न सक्नु नै यस लेखको महत्त्वपूर्ण प्राप्ति हो ।
Title: 'अभागी' कथामा परिवेशविधान
Description:
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढाँचामा आधारित यो लेख अभागी कथामा परिवेशको प्रयोग के कसरी भएको छ भन्ने मुख्य समस्या उठाई समस्याको प्राज्ञिक समाधान गर्दै कथामा आयोजित परिवेशको विश्लेषणमा केन्द्रित रहेको छ । यसमा मैनालीको अभागी कथालाई प्राथमिक स्रोत सामग्रीका रूपमा लिई सूक्ष्म पठनविधिबाट मुख्य परिवेशको विश्लेषण गरिएको छ । यस लेखमा कथाको परिवेशको विश्लेषण गर्न लिइएका सैद्धान्तिक पुस्तकहरू, विभिन्न जर्नलमा प्रकाशित लेखहरू तथा पुस्तकालयीय स्रोतका सामग्रीहरूलाई द्वितीयक स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । कथामा उल्लिखित सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक पक्षसँगै स्थानगत र समयगत परिवेशको प्रयोगबाट कथा परिवेशगत रूपमा प्रभावकारी बन्न पुगेको छ भन्ने निष्कर्ष यस लेखमा प्राप्त भएको छ । सामाजिक र सांस्कृतिक पुरातन संस्कारका कारण पुरुषहरूले विवाह गर्दा पहिलो श्रीमतीपट्टिका सन्तानप्रति गरिने सौतेनी व्यवहार र त्यसको परिणामलाई पनि कथाको परिवेशले देखाएको छ । प्रस्तुत कथामा विषयसन्दर्भसँगै पात्रगत र भाषाशैलीगत प्रयोगले कथाको परिवेश थप जीवन्त र यथार्थपरक बन्न पुगेको कुरालाई यस लेखमा अभिव्यक्त गरिएको छ । मान्छे समाज र संस्कृतिबाट अलग हुन नसक्ने तथा त्यहाँको परिस्थतिले उसलाई मानसिक त्राटन दिन सक्ने परिवेशसन्दर्भ विश्लेषणबाट प्रस्तुत गरिएको छ । उक्त वैचारिक निष्कर्ष प्रदान गर्न सक्नु नै यस लेखको महत्त्वपूर्ण प्राप्ति हो ।.
Related Results
गुरुप्रसाद मैनालीको 'अभागी' कथामा करुण रस
गुरुप्रसाद मैनालीको 'अभागी' कथामा करुण रस
प्रस्तुत लेखमा प्रथम आधुनिक नेपाली कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित 'अभागी' कथालाई रससिद्धान्तका आधारमा विश्लेषण गरी रस निष्पत्तिको अवस्था निरूपण गरिएको छ । प्रस्तुत लेखमा पुस्...
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको प्रवेशसँगै अन्तर्विषयकताले पनि प्र...
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
प्रस्तुत अनुसन्धानात्मक लेख कथाकार इन्दिरा प्रसाइद्धारा लेखिएको ‘दोस्रो सत्ता’ कथामा व्यक्त नारीवादी समालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यसका निम्ति पाश्चात्य साहित्यको...
‘मेरी सौता’ कथामा रौद्र रस
‘मेरी सौता’ कथामा रौद्र रस
प्रस्ततु लेख मेरी सौता कथाको विश्लेषणमा केन्द्रित रहेको छ । मुना चौधरीद्वारा लेखिएको यो कथा उनको कथासङ्ग्रह लारमा समाविष्ट छ । चौधरी नेपाली साहित्यका कथा तथा उपन्यास विधामा स्थापित...

