Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

गुरुप्रसाद मैनालीको 'अभागी' कथामा करुण रस

View through CrossRef
प्रस्तुत लेखमा प्रथम आधुनिक नेपाली कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित 'अभागी' कथालाई रससिद्धान्तका आधारमा विश्लेषण गरी रस निष्पत्तिको अवस्था निरूपण गरिएको छ । प्रस्तुत लेखमा पुस्तकालयीय कार्यबाट प्राथमिक तथा द्वितीयक स्रोतका सामग्री सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीलाई स्थापित करुण रसको सिद्धान्तका आधारमा विश्लेषण गरी निष्कर्षसम्म पुगिएको छ । प्रस्तुत लेखमा 'अभागी' कथामा विभाव, अनुभाव, व्यभिचारीभाव र स्थायीभावको संयोजन कसरी गरिएको छ भन्ने विषयलाई खण्ड खण्डमा देखाएर पुष्टि गरिएको छ । प्रस्तुत लेखमा कथामा आएका माधवप्रसाद, गङ्गा, कृष्ण, करुणा, केशव, खत्रिनी बुढी आदि आलम्बन विभाव, कथामा चित्रित कालमोचन, पशुपति, मृगस्थली, कैलाश, कालीमाटी, थानकोट, चित्लाङ, भीमफेदी आदि उद्दीपन विभाव, तथा कायिक, वाचिक, सात्त्विक र आहार्य अनुभाव र चिन्ता, दैन्य, आश्चर्य, विस्मय, स्मृति, ग्लानि, विषाद आदि व्यभिचारीभावले शोक भावलाई जागृत गराई करुण रसमा अभिव्यक्त गराएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।
Title: गुरुप्रसाद मैनालीको 'अभागी' कथामा करुण रस
Description:
प्रस्तुत लेखमा प्रथम आधुनिक नेपाली कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित 'अभागी' कथालाई रससिद्धान्तका आधारमा विश्लेषण गरी रस निष्पत्तिको अवस्था निरूपण गरिएको छ । प्रस्तुत लेखमा पुस्तकालयीय कार्यबाट प्राथमिक तथा द्वितीयक स्रोतका सामग्री सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीलाई स्थापित करुण रसको सिद्धान्तका आधारमा विश्लेषण गरी निष्कर्षसम्म पुगिएको छ । प्रस्तुत लेखमा 'अभागी' कथामा विभाव, अनुभाव, व्यभिचारीभाव र स्थायीभावको संयोजन कसरी गरिएको छ भन्ने विषयलाई खण्ड खण्डमा देखाएर पुष्टि गरिएको छ । प्रस्तुत लेखमा कथामा आएका माधवप्रसाद, गङ्गा, कृष्ण, करुणा, केशव, खत्रिनी बुढी आदि आलम्बन विभाव, कथामा चित्रित कालमोचन, पशुपति, मृगस्थली, कैलाश, कालीमाटी, थानकोट, चित्लाङ, भीमफेदी आदि उद्दीपन विभाव, तथा कायिक, वाचिक, सात्त्विक र आहार्य अनुभाव र चिन्ता, दैन्य, आश्चर्य, विस्मय, स्मृति, ग्लानि, विषाद आदि व्यभिचारीभावले शोक भावलाई जागृत गराई करुण रसमा अभिव्यक्त गराएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।.

Related Results

'शहीद' कथामा करुण रस
'शहीद' कथामा करुण रस
प्रस्तुत लेखमा पूर्वीय संस्कृत काव्यशास्त्रमा स्थापित रससिद्धान्तलाई आधार बनाएर गरुप्रसाद मैनालीको शहीद कथामा प्रयुक्त करुण रसको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत कथामा ...
'अभागी' कथामा परिवेशविधान
'अभागी' कथामा परिवेशविधान
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढा...
‘एकान्त’ कथामा रस
‘एकान्त’ कथामा रस
यो लेखमा मनु ब्राजाकी (वि.स. १९९९–२०७४) द्वारा लिखित एकान्त कथालाई रससिद्धान्तका सैद्धान्तिक आधारमा विश्लेषण गरिएको छ । एकान्त कथा करुण रसमा केन्द्रित भई प्रियजनको मृत्युले उत्पन्न...
सहिद कथामा सांस्कृतिक अध्ययन
सहिद कथामा सांस्कृतिक अध्ययन
गुरु प्रसाद मैनालीद्वारा रचित ‘सहिद’ कथा ‘नासो’ कथा सङ्ग्रहमा सङ्गृहित एक कालजयी कथा हो । कथामा एक शिक्षक पात्रले तत्कालीन राणाकालीन सामन्ती व्यवस्था (वि.सं. १९५७–२०२८) मा विद्यमान...
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...

Back to Top