Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

‘एकान्त’ कथामा रस

View through CrossRef
यो लेखमा मनु ब्राजाकी (वि.स. १९९९–२०७४) द्वारा लिखित एकान्त कथालाई रससिद्धान्तका सैद्धान्तिक आधारमा विश्लेषण गरिएको छ । एकान्त कथा करुण रसमा केन्द्रित भई प्रियजनको मृत्युले उत्पन्न हुने पीडा, संवेदना र सामाजिक यथार्थलाई चित्रण गरिएको छ । भरतमुनिद्वारा प्रतिपादित रससिद्धान्तका आधारमा विभाव, अनुभाव, सञ्चारी भाव र स्थायी भावलाई कथामा कसरी प्रयोग गरिएको छ भन्ने पक्ष प्रष्ट पारिएको छ । गुणात्मक अनुसन्धान पद्धतिमा आधारित यो लेखमा प्राथमिक स्रोतका रूपमा एकान्त कथा र द्वितीयक स्रोतका रूपमा रससिद्धान्तसम्बन्धी कृतिहरूको प्रयोग गरिएको छ । कथामा मर्दै गरेको छोरा, उसका पिता र माता क्रमशः विषयालम्बन र आश्रयालम्बन विभावका रूपमा प्रस्तुत भएका छन् भने सहानुभूतियुक्त छिमेकीहरू र तिनका शब्दहरू तथा विलापमय वातावरण उद्दीपन विभाव हुन् । पात्रहरूको अश्रुपात, आत्तिने, मौनता र रुवाइ जस्ता शारीरिक चेष्टाहरू अनुभाव हुन् । दैन्य, निर्वेद, ग्लानी, हतोत्साह, जस्ता सञ्चारी भावहरूले शोक स्थायी भावलाई सुदृढ बनाएका छन् । यी सबै उपकरणहरूको संयोजनबाट सहृदय पाठकमा करुण रसको निष्पत्ति हुन्छ । पात्रको निजी पीडा पाठकको सामूहिक संवेदनामा रूपान्तरण हुने प्रक्रिया (रस साधारणीकरण) पनि कथामा सशक्त रूपमा देखा परेको छ । यसरी एकान्त कथाले विभाव, अनुभाव, सञ्चारी भाव र स्थायी भावको सन्तुलित प्रयोगबाट करुण रसको गहिरो अभिव्यञ्जना गरेको छ । कथा केवल पात्रको दुःखको वर्णन होइन, मानवीय संवेदनाको सार्वभौमिक अभिव्यक्ति बनेको छ जसले पाठकको मनमा करुण, सहानुभूति र आत्मपरकता जगाउन सफल भएको छ ।
Title: ‘एकान्त’ कथामा रस
Description:
यो लेखमा मनु ब्राजाकी (वि.
स.
१९९९–२०७४) द्वारा लिखित एकान्त कथालाई रससिद्धान्तका सैद्धान्तिक आधारमा विश्लेषण गरिएको छ । एकान्त कथा करुण रसमा केन्द्रित भई प्रियजनको मृत्युले उत्पन्न हुने पीडा, संवेदना र सामाजिक यथार्थलाई चित्रण गरिएको छ । भरतमुनिद्वारा प्रतिपादित रससिद्धान्तका आधारमा विभाव, अनुभाव, सञ्चारी भाव र स्थायी भावलाई कथामा कसरी प्रयोग गरिएको छ भन्ने पक्ष प्रष्ट पारिएको छ । गुणात्मक अनुसन्धान पद्धतिमा आधारित यो लेखमा प्राथमिक स्रोतका रूपमा एकान्त कथा र द्वितीयक स्रोतका रूपमा रससिद्धान्तसम्बन्धी कृतिहरूको प्रयोग गरिएको छ । कथामा मर्दै गरेको छोरा, उसका पिता र माता क्रमशः विषयालम्बन र आश्रयालम्बन विभावका रूपमा प्रस्तुत भएका छन् भने सहानुभूतियुक्त छिमेकीहरू र तिनका शब्दहरू तथा विलापमय वातावरण उद्दीपन विभाव हुन् । पात्रहरूको अश्रुपात, आत्तिने, मौनता र रुवाइ जस्ता शारीरिक चेष्टाहरू अनुभाव हुन् । दैन्य, निर्वेद, ग्लानी, हतोत्साह, जस्ता सञ्चारी भावहरूले शोक स्थायी भावलाई सुदृढ बनाएका छन् । यी सबै उपकरणहरूको संयोजनबाट सहृदय पाठकमा करुण रसको निष्पत्ति हुन्छ । पात्रको निजी पीडा पाठकको सामूहिक संवेदनामा रूपान्तरण हुने प्रक्रिया (रस साधारणीकरण) पनि कथामा सशक्त रूपमा देखा परेको छ । यसरी एकान्त कथाले विभाव, अनुभाव, सञ्चारी भाव र स्थायी भावको सन्तुलित प्रयोगबाट करुण रसको गहिरो अभिव्यञ्जना गरेको छ । कथा केवल पात्रको दुःखको वर्णन होइन, मानवीय संवेदनाको सार्वभौमिक अभिव्यक्ति बनेको छ जसले पाठकको मनमा करुण, सहानुभूति र आत्मपरकता जगाउन सफल भएको छ ।.

Related Results

भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको  प्रवेशसँगै अन्तर्विषयकताले पनि प्र...
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
प्रस्तुत अनुसन्धानात्मक लेख कथाकार इन्दिरा प्रसाइद्धारा लेखिएको ‘दोस्रो सत्ता’ कथामा व्यक्त नारीवादी समालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यसका निम्ति पाश्चात्य साहित्यको...
'अभागी' कथामा परिवेशविधान
'अभागी' कथामा परिवेशविधान
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढा...
‘मेरी सौता’ कथामा रौद्र रस
‘मेरी सौता’ कथामा रौद्र रस
प्रस्ततु लेख मेरी सौता कथाको विश्लेषणमा केन्द्रित रहेको छ । मुना चौधरीद्वारा लेखिएको यो कथा उनको कथासङ्ग्रह लारमा समाविष्ट छ । चौधरी नेपाली साहित्यका कथा तथा उपन्यास विधामा स्थापित...

Back to Top