Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}

View through CrossRef
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ्गिक स्थिति, कथामा पितृसत्ता, लैङ्गिक प्रतिनिधित्व र सत्तासम्बन्ध जस्ता प्रतिमानलाई आधार बनाइएको छ । भविष्ययात्रा आधार सामग्रीका रूपमा रहेको प्रस्तुत अध्ययनको सैद्धान्तिक पर्याधार निर्माणका लागि विभिन्न समालोचकका सैद्धान्तिक समालोचनामा समावेश गरिएका सामग्रीलाई उपयोग गरिएको छ । सामग्रीको विश्लेषणका लागि पाठ विश्लेषणकेन्द्री गुणात्मक अनुसन्धान ढाँचाको उपयोग गरिएको अध्ययनलाई निष्कर्षमा पु¥याउनका लागि विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । नेपाली कथा परम्पराको उत्तराद्र्ध चरणसम्बद्ध कथाकार ब्राजाकीका कथामा असमान नेपाली सामाजिक संरचनामा विद्यमान असमानता र विभेदको चित्रण पाइन्छ । असमान सामाजिक संरचनामा पितृसत्ताले दमन गरेको नारीको वास्तविकता प्रस्तुत हुने यिनका प्रतिनिधि कथामध्येको एउटा सशक्त कथाका रूपमा भविष्ययात्रा कथा रहेको छ । आधारभूत सैद्धान्तिक मान्यता र विचारधाराका दृष्टिले नारीवादको विषय नारीकेन्द्री अधिकार प्राप्त गर्ने प्रयोजनका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलनले स्थापना गरेका मान्यताको समष्टिका रूपमा परिचित रहेको छ । राजनीतिक विषय रहँदारहँदै पनि साहित्यका रहेका नारी विषयक भाष्यका आधारमा साहित्यिक पाठको समालोचना गर्ने अध्ययन पद्धतिको स्थान पनि यस सिद्धान्तले प्राप्त गरेको छ । भविष्ययात्रा कथामा सामन्तवादी पितृसत्ताका कारण विभेदमा परेका नारीको यथोचित् चित्रण भएको छ । शासकीय चरित्रको भूमिकामा मञ्चीय रूपमा उपस्थित पात्रमा भाइ नाइके, ऊ, मित्र, उमेश, बालकृष्ण, मीनाको छोरो रहेका छन् । नारी पात्रका रूपमा मीना, मित्रपत्नी, उसकी आमा, मीनाकी छोरी र भाइ नाइकेलाई गोप्य रोग सार्ने महिलाको प्रतिनिधित्व रहेकोछ । साङ्ख्यिक दृष्टिले कथामा नारी र पुरूष पात्रको समान प्रतिनिधित्व रहेको छ । कथाले समाज परिवर्तन र सामाजिक रूपान्तरणका लागि नारी उत्थान र सामाजिक संरचनामा नारी समता र समानता पुरूषकै तुलनीय समानान्तर रूपमा क्रियाशील हुनुपर्ने अवधारणा प्रस्तुत गरेको छ । पञ्चायतकालीन सामन्तवादी पितृसत्तात्मक राज्यव्यस्था र त्यसले उत्पादन गरेको ज्ञानलाई अङ्गीकार गरेको सामाजिक संरचनाले नारीलाई विषयवासनाको परिपूर्तिको माध्यम मानेर दमनका विरूद्ध राजनीतिक व्यवस्थाको परिवर्तनले सृजना गरेको स्वतन्त्रताका कारण नारीसमाजमा विकसित बन्दै गएको प्रतिरोध चेतनालाई कथाले प्रतिवादको विषय बनाएको छ । नारीप्रति गरिने विभेदको प्रतिकार नारीबाट मात्र सम्भव नदेखेपछि लैङ्गिक समानताको पक्षधर पुरूष समाज प्रतिरोधका लागि अग्रसर बनेको छ । परम्परित पितृसत्ताले निर्धारण गरेको विधान विपरीत दोस्रो विवाह गर्नु लैङ्गिक स्वतन्त्रताका लागि नारीले गरेको सशक्त प्रतिकार सिद्ध बनेको छ । सारतः प्रस्तुत कथाले अध्यात्मवादी पितृसत्ताले निर्धारण गरेको लैङ्गिक मानकलाई उलङ्घन गरी मीनाले दोस्रो विवाह गर्नु आफैमा नारी स्वतन्त्रता र अधिकारका लागि अहम् निर्णय रहेको पक्षलाई ऊ पात्रबाट अनुमोदन गराई लैङ्गिक समानता र नारीको निर्णय गर्ने स्वतन्त्रतालाई समर्थन गरेको छ ।
Title: भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
Description:
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ्गिक स्थिति, कथामा पितृसत्ता, लैङ्गिक प्रतिनिधित्व र सत्तासम्बन्ध जस्ता प्रतिमानलाई आधार बनाइएको छ । भविष्ययात्रा आधार सामग्रीका रूपमा रहेको प्रस्तुत अध्ययनको सैद्धान्तिक पर्याधार निर्माणका लागि विभिन्न समालोचकका सैद्धान्तिक समालोचनामा समावेश गरिएका सामग्रीलाई उपयोग गरिएको छ । सामग्रीको विश्लेषणका लागि पाठ विश्लेषणकेन्द्री गुणात्मक अनुसन्धान ढाँचाको उपयोग गरिएको अध्ययनलाई निष्कर्षमा पु¥याउनका लागि विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । नेपाली कथा परम्पराको उत्तराद्र्ध चरणसम्बद्ध कथाकार ब्राजाकीका कथामा असमान नेपाली सामाजिक संरचनामा विद्यमान असमानता र विभेदको चित्रण पाइन्छ । असमान सामाजिक संरचनामा पितृसत्ताले दमन गरेको नारीको वास्तविकता प्रस्तुत हुने यिनका प्रतिनिधि कथामध्येको एउटा सशक्त कथाका रूपमा भविष्ययात्रा कथा रहेको छ । आधारभूत सैद्धान्तिक मान्यता र विचारधाराका दृष्टिले नारीवादको विषय नारीकेन्द्री अधिकार प्राप्त गर्ने प्रयोजनका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलनले स्थापना गरेका मान्यताको समष्टिका रूपमा परिचित रहेको छ । राजनीतिक विषय रहँदारहँदै पनि साहित्यका रहेका नारी विषयक भाष्यका आधारमा साहित्यिक पाठको समालोचना गर्ने अध्ययन पद्धतिको स्थान पनि यस सिद्धान्तले प्राप्त गरेको छ । भविष्ययात्रा कथामा सामन्तवादी पितृसत्ताका कारण विभेदमा परेका नारीको यथोचित् चित्रण भएको छ । शासकीय चरित्रको भूमिकामा मञ्चीय रूपमा उपस्थित पात्रमा भाइ नाइके, ऊ, मित्र, उमेश, बालकृष्ण, मीनाको छोरो रहेका छन् । नारी पात्रका रूपमा मीना, मित्रपत्नी, उसकी आमा, मीनाकी छोरी र भाइ नाइकेलाई गोप्य रोग सार्ने महिलाको प्रतिनिधित्व रहेकोछ । साङ्ख्यिक दृष्टिले कथामा नारी र पुरूष पात्रको समान प्रतिनिधित्व रहेको छ । कथाले समाज परिवर्तन र सामाजिक रूपान्तरणका लागि नारी उत्थान र सामाजिक संरचनामा नारी समता र समानता पुरूषकै तुलनीय समानान्तर रूपमा क्रियाशील हुनुपर्ने अवधारणा प्रस्तुत गरेको छ । पञ्चायतकालीन सामन्तवादी पितृसत्तात्मक राज्यव्यस्था र त्यसले उत्पादन गरेको ज्ञानलाई अङ्गीकार गरेको सामाजिक संरचनाले नारीलाई विषयवासनाको परिपूर्तिको माध्यम मानेर दमनका विरूद्ध राजनीतिक व्यवस्थाको परिवर्तनले सृजना गरेको स्वतन्त्रताका कारण नारीसमाजमा विकसित बन्दै गएको प्रतिरोध चेतनालाई कथाले प्रतिवादको विषय बनाएको छ । नारीप्रति गरिने विभेदको प्रतिकार नारीबाट मात्र सम्भव नदेखेपछि लैङ्गिक समानताको पक्षधर पुरूष समाज प्रतिरोधका लागि अग्रसर बनेको छ । परम्परित पितृसत्ताले निर्धारण गरेको विधान विपरीत दोस्रो विवाह गर्नु लैङ्गिक स्वतन्त्रताका लागि नारीले गरेको सशक्त प्रतिकार सिद्ध बनेको छ । सारतः प्रस्तुत कथाले अध्यात्मवादी पितृसत्ताले निर्धारण गरेको लैङ्गिक मानकलाई उलङ्घन गरी मीनाले दोस्रो विवाह गर्नु आफैमा नारी स्वतन्त्रता र अधिकारका लागि अहम् निर्णय रहेको पक्षलाई ऊ पात्रबाट अनुमोदन गराई लैङ्गिक समानता र नारीको निर्णय गर्ने स्वतन्त्रतालाई समर्थन गरेको छ ।.

Related Results

नारीवाद के परिपेक्ष मे महिला आंदोलन का वर्तमान दृष्टिकोण
नारीवाद के परिपेक्ष मे महिला आंदोलन का वर्तमान दृष्टिकोण
नारीवाद एक प्रगतिशील विचारधारा एवं आंदोलन है, इसका प्रमुख प्रयोजन महिलाओं को पुरुषों के समान अधिकार, सामाजिक सम्मान एवं सहभागिता प्राप्त कराना तथा पितृसत्तात्मक संरचना को प्रश्नांक...
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
प्रस्तुत अनुसन्धानात्मक लेख कथाकार इन्दिरा प्रसाइद्धारा लेखिएको ‘दोस्रो सत्ता’ कथामा व्यक्त नारीवादी समालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यसका निम्ति पाश्चात्य साहित्यको...
Rebooting Roseanne: Feminist Voice across Decades
Rebooting Roseanne: Feminist Voice across Decades
In recent years, the US television landscape has been flooded with reboots, remakes, and revivals of “classic” nineties television series, such as Full/er House (1987-1995, 2016-pr...
Transnational Feminism
Transnational Feminism
Transnational feminism developed out of postcolonial and women of color feminisms, both of which critiqued the idea that “sisterhood is global” (see Robin Morgan, Sisterhood is Glo...
GENDER INEQUALITY AND FEMINISM IN ARUNDHATI ROY’S THE GOD OF SMALL THINGS
GENDER INEQUALITY AND FEMINISM IN ARUNDHATI ROY’S THE GOD OF SMALL THINGS
This research aimed to analyses feminism and gender inequality in the novel The God of small things by Arundhati Roy. The writer aims to reveal the types of feminism, gender inequa...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...

Back to Top