Javascript must be enabled to continue!
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
View through CrossRef
प्रस्तुत अनुसन्धानात्मक लेख कथाकार इन्दिरा प्रसाइद्धारा लेखिएको ‘दोस्रो सत्ता’ कथामा व्यक्त नारीवादी समालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यसका निम्ति पाश्चात्य साहित्यको आमूल नारीवादी समालोचना सिद्धान्तको उपयोग गरिएको छ । यसमा ‘दोस्रो सत्ता’ कथामा प्रयुक्त आमूल नारीवादी चेतनालाई शोध समस्याका रूपमा लिइएको छ । आमूल नारीवाद नारीवादी समालोचना सिद्धान्तअन्तर्गत रहेको एक महत्त्वपूर्ण पक्ष हो । ‘दोस्रो सत्ता’ कथामा आमूल नारीवादको अभिव्यक्ति के कसरी प्रकट भएको छ भन्ने प्राज्ञिक समस्याको निरूपण गर्नु प्रस्तुत आलेखको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान ढाँचा तथा विश्लेषण विधिको प्रयोग गरिएको यस आलेखमा पुस्तकालयीय स्रोतअन्तर्गत रही ‘दोस्रो सत्ता’ कथालाई प्राथमिक सामग्री र सम्बद्ध रहेका अन्य सामग्रीलाई द्धितीयक सामग्रीको रूपमा प्रयोग गरिएको छ । प्रस्तुत आलेखमा उक्त कथामा निहित आमूल नारीवादको निर्क्योल गरिएको छ । कथामा आमा पुस्ताले भोग्नुपरेको लैङ्गिक उत्पीडन र शोषणको तथा छोरी पुस्ताले पुरुषसत्ताका विरुद्ध गरेको प्रतिशोधको बारेमा विमर्श गरिएको छ । आजका नारीहरू पुरुषहरूद्वारा शासितमात्र छैनन्, पुरुषहरूमाथि शासन पनि गरिरहेका छन्, आलेखमा एकातिर पितृसत्ताको चङ्गुलमा बाँच्न बाध्य नारीहरूको जीवन भोगाईमा आधारित रही विश्लेषण गरिएको छ भने अर्कातिर पितृसत्तात्मक समाजको विभेदकारी मूल्य, मान्यता र संस्कारको विरुद्धमा उभिएर आफ्नो सत्ता निर्माणका लागि र नारी मुक्तिका लागि आवाज उठाइएको पक्षको अध्ययन गरिएको छ । विगतमा नारीमाथि गरिएको लैङ्गिक विभेद र उत्पीडनको विश्लेषण गर्दै समाजमा वर्चश्व कायम राख्दै आएका पुरुष एकाधिकारको भञ्जन गरी नारीसत्ता कायम गर्नका लागी नारीहरूको भूमिका महत्त्वपूर्ण रहेको मूल प्राप्ति प्रस्तुत गरी निष्कर्षमा पुगिएको छ ।
Title: ‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
Description:
प्रस्तुत अनुसन्धानात्मक लेख कथाकार इन्दिरा प्रसाइद्धारा लेखिएको ‘दोस्रो सत्ता’ कथामा व्यक्त नारीवादी समालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यसका निम्ति पाश्चात्य साहित्यको आमूल नारीवादी समालोचना सिद्धान्तको उपयोग गरिएको छ । यसमा ‘दोस्रो सत्ता’ कथामा प्रयुक्त आमूल नारीवादी चेतनालाई शोध समस्याका रूपमा लिइएको छ । आमूल नारीवाद नारीवादी समालोचना सिद्धान्तअन्तर्गत रहेको एक महत्त्वपूर्ण पक्ष हो । ‘दोस्रो सत्ता’ कथामा आमूल नारीवादको अभिव्यक्ति के कसरी प्रकट भएको छ भन्ने प्राज्ञिक समस्याको निरूपण गर्नु प्रस्तुत आलेखको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान ढाँचा तथा विश्लेषण विधिको प्रयोग गरिएको यस आलेखमा पुस्तकालयीय स्रोतअन्तर्गत रही ‘दोस्रो सत्ता’ कथालाई प्राथमिक सामग्री र सम्बद्ध रहेका अन्य सामग्रीलाई द्धितीयक सामग्रीको रूपमा प्रयोग गरिएको छ । प्रस्तुत आलेखमा उक्त कथामा निहित आमूल नारीवादको निर्क्योल गरिएको छ । कथामा आमा पुस्ताले भोग्नुपरेको लैङ्गिक उत्पीडन र शोषणको तथा छोरी पुस्ताले पुरुषसत्ताका विरुद्ध गरेको प्रतिशोधको बारेमा विमर्श गरिएको छ । आजका नारीहरू पुरुषहरूद्वारा शासितमात्र छैनन्, पुरुषहरूमाथि शासन पनि गरिरहेका छन्, आलेखमा एकातिर पितृसत्ताको चङ्गुलमा बाँच्न बाध्य नारीहरूको जीवन भोगाईमा आधारित रही विश्लेषण गरिएको छ भने अर्कातिर पितृसत्तात्मक समाजको विभेदकारी मूल्य, मान्यता र संस्कारको विरुद्धमा उभिएर आफ्नो सत्ता निर्माणका लागि र नारी मुक्तिका लागि आवाज उठाइएको पक्षको अध्ययन गरिएको छ । विगतमा नारीमाथि गरिएको लैङ्गिक विभेद र उत्पीडनको विश्लेषण गर्दै समाजमा वर्चश्व कायम राख्दै आएका पुरुष एकाधिकारको भञ्जन गरी नारीसत्ता कायम गर्नका लागी नारीहरूको भूमिका महत्त्वपूर्ण रहेको मूल प्राप्ति प्रस्तुत गरी निष्कर्षमा पुगिएको छ ।.
Related Results
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
नारीवाद के परिपेक्ष मे महिला आंदोलन का वर्तमान दृष्टिकोण
नारीवाद के परिपेक्ष मे महिला आंदोलन का वर्तमान दृष्टिकोण
नारीवाद एक प्रगतिशील विचारधारा एवं आंदोलन है, इसका प्रमुख प्रयोजन महिलाओं को पुरुषों के समान अधिकार, सामाजिक सम्मान एवं सहभागिता प्राप्त कराना तथा पितृसत्तात्मक संरचना को प्रश्नांक...
निना कथामा अङ्गी र अङ्गरसको अवस्था
निना कथामा अङ्गी र अङ्गरसको अवस्था
प्रस्तुत निना कथामा अङ्गी र अङ्गरसको अवस्था शीर्षकको अनुसन्धानमूलक लेख रससिद्धान्तसँग सापेक्षित रहेको छ । विशेष गरी कथामा प्रस्तुत रसको निदान गरी अङ्ग र अङ्गीरसको अवस्थाकोनिरूपण गर...
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुन...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको प्रवेशसँगै अन्तर्विषयकताले पनि प्र...

