Javascript must be enabled to continue!
‘मधेसतिर’ कथामा परिवेश
View through CrossRef
प्रस्तुत लेखमा कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘मधेसतिर’ कथाको परिवेशको अध्ययन गरिएको छ । आर्थिक तथा मनोवैज्ञानिक समस्यालाई मुख्य विषयवस्तु बनाएर लेखिएको यस कथामा स्थानगत, समयगत र वातावरणगत परिवेशको खोजी गर्ने कार्यमा यो लेख केन्द्रित छ । यसका लागि कथाका मुख्य तत्वहरूमध्ये परिवेशलाई सैद्धान्तिक अवधारणाका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचा र विश्लेषणात्मक विधिको अवलम्बन गरिएको यस आलेखमा कथाका घटना घट्ने र पात्रले कार्यव्यापार गर्ने ठाउँ, समय र वातावरणको कथांशसाक्ष्यका आधारमा विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । मूलतः यस कथामा सुनकोशी र तामाकोशीको सङ्गमदेखि दक्षिणतिरको मैदानसम्म पुग्दा पात्रहरूले तयार गरेको दुई दिने यात्रामा पर्ने बाटो, नदीनाला, डाँडापाखा, मैदान आदि स्थानगत परिवेश, कथामा वर्णित बिहान, दिन, रात आदि सार्वकालिक समय तथा राणाकालीन ऐतिहासिक समयसन्दर्भ समयगत परिवेश र आर्थिक तथा यौन अतृप्तिका कारण कथाका पात्रका मनमा उब्जेका उत्साह, निराशा, क्रोध, घृणा, विस्मय आदि मनोभावहरू वातावरणगत परिवेशका रूपमा आएका छन् । यस्ता परिवेशले घटना र कार्यव्यापारको प्रस्तुतिलाई सहज तुल्याएको निष्कर्षमा पुगिएको छ ।
Title: ‘मधेसतिर’ कथामा परिवेश
Description:
प्रस्तुत लेखमा कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘मधेसतिर’ कथाको परिवेशको अध्ययन गरिएको छ । आर्थिक तथा मनोवैज्ञानिक समस्यालाई मुख्य विषयवस्तु बनाएर लेखिएको यस कथामा स्थानगत, समयगत र वातावरणगत परिवेशको खोजी गर्ने कार्यमा यो लेख केन्द्रित छ । यसका लागि कथाका मुख्य तत्वहरूमध्ये परिवेशलाई सैद्धान्तिक अवधारणाका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचा र विश्लेषणात्मक विधिको अवलम्बन गरिएको यस आलेखमा कथाका घटना घट्ने र पात्रले कार्यव्यापार गर्ने ठाउँ, समय र वातावरणको कथांशसाक्ष्यका आधारमा विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । मूलतः यस कथामा सुनकोशी र तामाकोशीको सङ्गमदेखि दक्षिणतिरको मैदानसम्म पुग्दा पात्रहरूले तयार गरेको दुई दिने यात्रामा पर्ने बाटो, नदीनाला, डाँडापाखा, मैदान आदि स्थानगत परिवेश, कथामा वर्णित बिहान, दिन, रात आदि सार्वकालिक समय तथा राणाकालीन ऐतिहासिक समयसन्दर्भ समयगत परिवेश र आर्थिक तथा यौन अतृप्तिका कारण कथाका पात्रका मनमा उब्जेका उत्साह, निराशा, क्रोध, घृणा, विस्मय आदि मनोभावहरू वातावरणगत परिवेशका रूपमा आएका छन् । यस्ता परिवेशले घटना र कार्यव्यापारको प्रस्तुतिलाई सहज तुल्याएको निष्कर्षमा पुगिएको छ ।.
Related Results
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...
'अभागी' कथामा परिवेशविधान
'अभागी' कथामा परिवेशविधान
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढा...
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
मधेसतिर कथामा वात्स्सायनशास्त्रीय प्रभव
मधेसतिर कथामा वात्स्सायनशास्त्रीय प्रभव
आचार्य वात्स्यायन पूर्वीय कामशास्त्री अर्थात् मनोविज्ञान शास्त्री हुन् । लगभग दुई सहस्राब्दीपूर्व नै मानवजीवनमा कामवृत्तिको सर्वोच्चता प्रमाणित गरेर उनले मानवजीवनको मनोवैज्ञानिक र ...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...

