Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

चन्द्रवदन कथाको पाठपरक विश्लेषण

View through CrossRef
चन्द्रवदन कथाको पाठपरक विश्लेषण शीर्षकको यस लेखमा समाख्यानात्मक पाठको विधागत सङ्गठनका साथै संसक्ति र संयुक्तिका आधारमा पाठको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको अध्ययन भएकाले पुस्तकालयीय सामग्रीको सङ्कलन र अध्ययन गरिएको छ। खास गरेर संरचनात्मक तथा प्रकार्यपरक दृष्टिले समाख्यानको स्थूल र सूक्ष्म विषयको अध्ययन गरिएको छ । यस लेखमा कथाकी प्रमुख पात्र चन्द्रवदनका संज्ञान, संवेदना र अवधारणालाई महत्त्व दिई नारी पात्रकै मानसिक क्रियाव्यापार, प्रक्रिया र वृत्तिलाई पाठीय तत्त्वका आधारमा अध्ययन गर्नुका साथै व्यक्तिका मानसिक क्रियाव्यापार, प्रक्रिया र वृत्तिलाई जनाउने शब्दको पुनःकथनात्मक तथा साहचर्यात्मक संसक्ति तथा पाठीय एकाइको सुदृढीकरणका लागि प्रयुक्त व्याकरणिक संसक्तिले कथामा कस्तो प्रकार्य गरेको छ भन्ने कुराको खोजी पनि यस लेखमा गरिएको छ । यौनको विषयसँग सम्बन्धित मनोवैज्ञानिक यथार्थवादलाई शिष्ट र सौम्य तरिकाले प्रस्तुत गर्दै झिनो घटनालाई व्यतिक्रमिक शिल्प शैलीका साथ प्रयोग गरेकै कारण यस कथाबाट नेपाली कथामा आधुनिकताको प्रारम्भ भएको हो । फ्रायडवादी मान्यताका धरातलमा शिल्प शैलीगत विशिष्टता भएको विश्वेश्वरप्रसाद कोइरालाको 'चन्द्रवदन' कथाबाट नै नेपाली कथामा आधुनिकताको प्रारम्भ भएको हो। अतः यस कथाको पाठपरक सङ्गठनमा देखिएको वस्तुशैलीगत विशिष्टताका कारण यो कथा पहिलो आधुनिक कथा हो भन्ने निष्कर्षलाई यस लेखमा प्रस्तुत गरिएको छ । 
Title: चन्द्रवदन कथाको पाठपरक विश्लेषण
Description:
चन्द्रवदन कथाको पाठपरक विश्लेषण शीर्षकको यस लेखमा समाख्यानात्मक पाठको विधागत सङ्गठनका साथै संसक्ति र संयुक्तिका आधारमा पाठको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको अध्ययन भएकाले पुस्तकालयीय सामग्रीको सङ्कलन र अध्ययन गरिएको छ। खास गरेर संरचनात्मक तथा प्रकार्यपरक दृष्टिले समाख्यानको स्थूल र सूक्ष्म विषयको अध्ययन गरिएको छ । यस लेखमा कथाकी प्रमुख पात्र चन्द्रवदनका संज्ञान, संवेदना र अवधारणालाई महत्त्व दिई नारी पात्रकै मानसिक क्रियाव्यापार, प्रक्रिया र वृत्तिलाई पाठीय तत्त्वका आधारमा अध्ययन गर्नुका साथै व्यक्तिका मानसिक क्रियाव्यापार, प्रक्रिया र वृत्तिलाई जनाउने शब्दको पुनःकथनात्मक तथा साहचर्यात्मक संसक्ति तथा पाठीय एकाइको सुदृढीकरणका लागि प्रयुक्त व्याकरणिक संसक्तिले कथामा कस्तो प्रकार्य गरेको छ भन्ने कुराको खोजी पनि यस लेखमा गरिएको छ । यौनको विषयसँग सम्बन्धित मनोवैज्ञानिक यथार्थवादलाई शिष्ट र सौम्य तरिकाले प्रस्तुत गर्दै झिनो घटनालाई व्यतिक्रमिक शिल्प शैलीका साथ प्रयोग गरेकै कारण यस कथाबाट नेपाली कथामा आधुनिकताको प्रारम्भ भएको हो । फ्रायडवादी मान्यताका धरातलमा शिल्प शैलीगत विशिष्टता भएको विश्वेश्वरप्रसाद कोइरालाको 'चन्द्रवदन' कथाबाट नै नेपाली कथामा आधुनिकताको प्रारम्भ भएको हो। अतः यस कथाको पाठपरक सङ्गठनमा देखिएको वस्तुशैलीगत विशिष्टताका कारण यो कथा पहिलो आधुनिक कथा हो भन्ने निष्कर्षलाई यस लेखमा प्रस्तुत गरिएको छ । .

Related Results

निद्रा आएन कथाको रचनाविधान
निद्रा आएन कथाको रचनाविधान
प्रस्तुत अध्ययन ‘निद्रा आएन कथाको रचनाविधान’ विश्लेषणमा आधारित छ । कथाको रचनाविधानले कथाको निर्माणप्रक्रियालाई बुझाउँछ । कथाको रचनाविधानको अध्ययनबाट कथाको समग्र रूपाकृतिको निरूपण ग...
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
प्रस्तुत आलेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘‘राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन गरिएको छ । साहित्यका समाजशास्त्री टेनका प्रजाति, क्षण र परिवेश मान्यतामध्ये प्रस्तुत आलेखमा ‘‘रा...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण श...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
सङ्कथन भनेको वाक्यको निरन्तर प्रवाह हो । सम्बद्धक र सम्बद्धन यसका प्रकारहरू हुन् । सम्बद्धकका व्याकरणिक र कोशीय दुई प्रकार हुन्छन् । सम्बद्धनका विभिन्न युक्तिहरू छन् । यिनका आधारमा...
'अभागी' कथामा परिवेशविधान
'अभागी' कथामा परिवेशविधान
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढा...

Back to Top