Javascript must be enabled to continue!
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
View through CrossRef
चन्द्रवदन कथाको पाठपरक विश्लेषण शीर्षकको यस लेखमा समाख्यानात्मक पाठको विधागत सङ्गठनका साथै संसक्ति र संयुक्तिका आधारमा पाठको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको अध्ययन भएकाले पुस्तकालयीय सामग्रीको सङ्कलन र अध्ययन गरिएको छ। खास गरेर संरचनात्मक तथा प्रकार्यपरक दृष्टिले समाख्यानको स्थूल र सूक्ष्म विषयको अध्ययन गरिएको छ । यस लेखमा कथाकी प्रमुख पात्र चन्द्रवदनका संज्ञान, संवेदना र अवधारणालाई महत्त्व दिई नारी पात्रकै मानसिक क्रियाव्यापार, प्रक्रिया र वृत्तिलाई पाठीय तत्त्वका आधारमा अध्ययन गर्नुका साथै व्यक्तिका मानसिक क्रियाव्यापार, प्रक्रिया र वृत्तिलाई जनाउने शब्दको पुनःकथनात्मक तथा साहचर्यात्मक संसक्ति तथा पाठीय एकाइको सुदृढीकरणका लागि प्रयुक्त व्याकरणिक संसक्तिले कथामा कस्तो प्रकार्य गरेको छ भन्ने कुराको खोजी पनि यस लेखमा गरिएको छ । यौनको विषयसँग सम्बन्धित मनोवैज्ञानिक यथार्थवादलाई शिष्ट र सौम्य तरिकाले प्रस्तुत गर्दै झिनो घटनालाई व्यतिक्रमिक शिल्प शैलीका साथ प्रयोग गरेकै कारण यस कथाबाट नेपाली कथामा आधुनिकताको प्रारम्भ भएको हो । फ्रायडवादी मान्यताका धरातलमा शिल्प शैलीगत विशिष्टता भएको विश्वेश्वरप्रसाद कोइरालाको 'चन्द्रवदन' कथाबाट नै नेपाली कथामा आधुनिकताको प्रारम्भ भएको हो। अतः यस कथाको पाठपरक सङ्गठनमा देखिएको वस्तुशैलीगत विशिष्टताका कारण यो कथा पहिलो आधुनिक कथा हो भन्ने निष्कर्षलाई यस लेखमा प्रस्तुत गरिएको छ ।
Title: चन्द्रवदन कथाको पाठपरक विश्लेषण
Description:
चन्द्रवदन कथाको पाठपरक विश्लेषण शीर्षकको यस लेखमा समाख्यानात्मक पाठको विधागत सङ्गठनका साथै संसक्ति र संयुक्तिका आधारमा पाठको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको अध्ययन भएकाले पुस्तकालयीय सामग्रीको सङ्कलन र अध्ययन गरिएको छ। खास गरेर संरचनात्मक तथा प्रकार्यपरक दृष्टिले समाख्यानको स्थूल र सूक्ष्म विषयको अध्ययन गरिएको छ । यस लेखमा कथाकी प्रमुख पात्र चन्द्रवदनका संज्ञान, संवेदना र अवधारणालाई महत्त्व दिई नारी पात्रकै मानसिक क्रियाव्यापार, प्रक्रिया र वृत्तिलाई पाठीय तत्त्वका आधारमा अध्ययन गर्नुका साथै व्यक्तिका मानसिक क्रियाव्यापार, प्रक्रिया र वृत्तिलाई जनाउने शब्दको पुनःकथनात्मक तथा साहचर्यात्मक संसक्ति तथा पाठीय एकाइको सुदृढीकरणका लागि प्रयुक्त व्याकरणिक संसक्तिले कथामा कस्तो प्रकार्य गरेको छ भन्ने कुराको खोजी पनि यस लेखमा गरिएको छ । यौनको विषयसँग सम्बन्धित मनोवैज्ञानिक यथार्थवादलाई शिष्ट र सौम्य तरिकाले प्रस्तुत गर्दै झिनो घटनालाई व्यतिक्रमिक शिल्प शैलीका साथ प्रयोग गरेकै कारण यस कथाबाट नेपाली कथामा आधुनिकताको प्रारम्भ भएको हो । फ्रायडवादी मान्यताका धरातलमा शिल्प शैलीगत विशिष्टता भएको विश्वेश्वरप्रसाद कोइरालाको 'चन्द्रवदन' कथाबाट नै नेपाली कथामा आधुनिकताको प्रारम्भ भएको हो। अतः यस कथाको पाठपरक सङ्गठनमा देखिएको वस्तुशैलीगत विशिष्टताका कारण यो कथा पहिलो आधुनिक कथा हो भन्ने निष्कर्षलाई यस लेखमा प्रस्तुत गरिएको छ । .
Related Results
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
प्रस्तुत आलेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘‘राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन गरिएको छ । साहित्यका समाजशास्त्री टेनका प्रजाति, क्षण र परिवेश मान्यतामध्ये प्रस्तुत आलेखमा ‘‘रा...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण श...
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
नेपाली आधुनिक कथाको अध्ययन
नेपाली आधुनिक कथाको अध्ययन
यस लेखमा नेपाली कथाको ऐतिहासिक विकासक्रमलाई कालक्रमिक रूपमा विश्लेषण गरिएको छ । कथाको उत्पत्ति मानव सभ्यताको प्रारम्भदेखि नै भएको देखिन्छ, जुन लोकपरम्परा र प्राचीन ग्रन्थहरू जस्तैः...
‘भेटिएकी देवी’ कथामा करुण रस {Karun Ras in the Story of 'Bhetiyeki Devi'}
‘भेटिएकी देवी’ कथामा करुण रस {Karun Ras in the Story of 'Bhetiyeki Devi'}
प्रस्तुत अनुसन्धानमूलक लेख भेटिएकी देवी कथाको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कथा रामलाल जोशीको बाआमा कृतिमा समाविष्ट बाह्र कथामध्येको सातौं क्रममा रहेको कथा हो । प्रस्तुत ...
म जुजुमान कथाको मनोविश्लेषण
म जुजुमान कथाको मनोविश्लेषण
प्रस्तुत अध्ययन पाश्चात्य चिन्तनअन्तर्गत मनोवैज्ञानिक सिद्धान्तमा आधारित रही गोविन्दबहादुर मल्ल ‘गोठाले’ को म जुजुमान कथाको विश्लेषणमा आधारित छ । दाह्री पनि नकाटी दश वर्षअघि बिहेमा...

