Javascript must be enabled to continue!
मधेसतिर कथाको समाख्यानशास्त्रीय विश्लेषण
View through CrossRef
प्रस्तुत अध्ययन मधेसतिर कथाको समाख्यानशास्त्रीय विश्लेषणमा आधारित छ । यसअन्तर्गत समाख्याताको पहिचान र समाख्यानात्मक वाच्यत्वलाई मुख्य सैद्धान्तिक आधार बनाइएको छ । समाख्याता कथा प्रस्तुत गर्ने व्यक्ति हो । आख्यानमा समाख्याता र पात्रको उपस्थितिको आधारमा प्रथम पुरुष समाख्याता, तृतीय पुरुष समाख्याता एवम् खुला समाख्याता र बन्द समाख्याता गरी वर्गीकरण गरिएको छ । कथावस्तुको सम्बद्धताका आधारमा समाख्याता असंलग्न र संलग्न गरी दुई किसिमका समाख्याता पहिचान गरिएको छ । समाख्यानशास्त्रमा वाच्यता आख्यान विश्लेषणको एउटा महत्त्वपूर्ण आधार हो । यस अध्ययनमा वाच्यता पहिचानको आधार तृतीय पुरुष समाख्यातालाई कतै वर्णन कर्ता, कतै टिप्पणीकर्ता र कतै मूल्याङ्कनकर्ताका रूपमा उभ्याएर वाच्यता पहिचान गरिएको छ । कथासंसारभन्दा बाहिरै बसेर कथा वाचन गर्ने तृतीय पुरुष समाख्याताका बारेमा उनीहरूले कथा प्रस्तुत गर्दा व्यक्त गरेका विचारहरूबाट वाच्यता पहिल्याउन सकिन्छ । यस अध्ययनमा विश्वेश्वरप्रसाद कोइरालाको मधेसतिर कथाको वाच्यता पहिचान गरिएको छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ । एकल महिला पूर्ण नारी भएर बाँच्न चाहन्छे भन्ने निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ ।
Title: मधेसतिर कथाको समाख्यानशास्त्रीय विश्लेषण
Description:
प्रस्तुत अध्ययन मधेसतिर कथाको समाख्यानशास्त्रीय विश्लेषणमा आधारित छ । यसअन्तर्गत समाख्याताको पहिचान र समाख्यानात्मक वाच्यत्वलाई मुख्य सैद्धान्तिक आधार बनाइएको छ । समाख्याता कथा प्रस्तुत गर्ने व्यक्ति हो । आख्यानमा समाख्याता र पात्रको उपस्थितिको आधारमा प्रथम पुरुष समाख्याता, तृतीय पुरुष समाख्याता एवम् खुला समाख्याता र बन्द समाख्याता गरी वर्गीकरण गरिएको छ । कथावस्तुको सम्बद्धताका आधारमा समाख्याता असंलग्न र संलग्न गरी दुई किसिमका समाख्याता पहिचान गरिएको छ । समाख्यानशास्त्रमा वाच्यता आख्यान विश्लेषणको एउटा महत्त्वपूर्ण आधार हो । यस अध्ययनमा वाच्यता पहिचानको आधार तृतीय पुरुष समाख्यातालाई कतै वर्णन कर्ता, कतै टिप्पणीकर्ता र कतै मूल्याङ्कनकर्ताका रूपमा उभ्याएर वाच्यता पहिचान गरिएको छ । कथासंसारभन्दा बाहिरै बसेर कथा वाचन गर्ने तृतीय पुरुष समाख्याताका बारेमा उनीहरूले कथा प्रस्तुत गर्दा व्यक्त गरेका विचारहरूबाट वाच्यता पहिल्याउन सकिन्छ । यस अध्ययनमा विश्वेश्वरप्रसाद कोइरालाको मधेसतिर कथाको वाच्यता पहिचान गरिएको छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ । एकल महिला पूर्ण नारी भएर बाँच्न चाहन्छे भन्ने निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ ।.
Related Results
निद्रा आएन कथाको रचनाविधान
निद्रा आएन कथाको रचनाविधान
प्रस्तुत अध्ययन ‘निद्रा आएन कथाको रचनाविधान’ विश्लेषणमा आधारित छ । कथाको रचनाविधानले कथाको निर्माणप्रक्रियालाई बुझाउँछ । कथाको रचनाविधानको अध्ययनबाट कथाको समग्र रूपाकृतिको निरूपण ग...
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
प्रस्तुत आलेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘‘राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन गरिएको छ । साहित्यका समाजशास्त्री टेनका प्रजाति, क्षण र परिवेश मान्यतामध्ये प्रस्तुत आलेखमा ‘‘रा...
मधेसतिर कथामा वात्स्सायनशास्त्रीय प्रभव
मधेसतिर कथामा वात्स्सायनशास्त्रीय प्रभव
आचार्य वात्स्यायन पूर्वीय कामशास्त्री अर्थात् मनोविज्ञान शास्त्री हुन् । लगभग दुई सहस्राब्दीपूर्व नै मानवजीवनमा कामवृत्तिको सर्वोच्चता प्रमाणित गरेर उनले मानवजीवनको मनोवैज्ञानिक र ...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण श...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
सङ्कथन भनेको वाक्यको निरन्तर प्रवाह हो । सम्बद्धक र सम्बद्धन यसका प्रकारहरू हुन् । सम्बद्धकका व्याकरणिक र कोशीय दुई प्रकार हुन्छन् । सम्बद्धनका विभिन्न युक्तिहरू छन् । यिनका आधारमा...

