Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

झल्को बालउपन्यासको पर्यावरणीय सन्दर्भ

View through CrossRef
प्रस्तुत लेखमा ‘झल्को’ बालउपन्यासमा समावेश गरिएका पर्यावरणीय सन्दर्भको पहिचान गरी तिनको विश्लेषण  गरिएको छ । गुणात्मक ढाँचामा लेखिएको यस आलेखमा निर्दिष्ट उपन्यासमा समाविष्ट पर्यावरणीय विषयवस्तु उल्लेख भएका कथन वा भाषिक तथ्य प्राथमिक स्रोतका रूपमा रहेका छन् । पर्यावरणीय समालोचनासँग सम्बन्धित सैद्धान्तिक ग्रन्थ, लेख तथा प्रतिवेदनलाई द्वितीयक स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । आलोचनात्मक विश्लेषण प्रक्रिया अवलम्बन गरी तयार पारिएको यस लेखमा निर्दिष्ट पुस्तकका पर्यावरणीय विषयवस्तु मूल तथ्य बनेका छन् । निर्दिष्ट कृतिमा पर्यावरण र मानिसबिचको सम्बन्ध, सामाजिक एवम् सांस्कृतिक पर्यावरणका विषयवस्तु र पर्यावरणीय संरक्षणमामुद्दा प्रस्तुतिका साथै पर्यावरणको संरक्षणका प्रौढ तथा बालबालिका सक्रिय रहेको देखाउँदै उक्त चेतनाको प्रबलीकरण पनि गरिएको छ । यसमा पर्यावरणीय पक्ष एवम् मानिसको सम्बन्ध अन्योन्याश्रित रहेको जनाउँदै मानिसको जीवनयापनमा पर्यावरणको प्रमुख भूमिका भएको विचार र नेपालका सामाजिक एवम् सांस्कृतिक विषयवस्तुमा आधारित परिवेशसहित मानिसका लागि तिनको भूमिका दर्साइएको छ । जन्मदिनको उत्सव मनाउँदा होस् वा मृत्यु संस्कारका सन्दर्भ वृक्षरोपण गर्ने परम्परा विकास गर्नुपर्ने सन्देश सरल र स्वाभाविक किसिमले अभिव्यक्त भएको ‘झल्को’ बालउपन्यास पर्यावरणीय दृष्टिलेसान्दर्भिक तथा उपयोगी कृति बनेको देखिन्छ । समग्रमा बालबालिकामा पर्यावरणीय सचेतना निर्माण गर्दै नेपाली मौलिक संस्कृतिको विकासका लागि विश्लेष्य कृतिमा पर्यावरणीय सन्दर्भ पहिचान गर्ने अभीष्ट राखिएको छ ।
Title: झल्को बालउपन्यासको पर्यावरणीय सन्दर्भ
Description:
प्रस्तुत लेखमा ‘झल्को’ बालउपन्यासमा समावेश गरिएका पर्यावरणीय सन्दर्भको पहिचान गरी तिनको विश्लेषण  गरिएको छ । गुणात्मक ढाँचामा लेखिएको यस आलेखमा निर्दिष्ट उपन्यासमा समाविष्ट पर्यावरणीय विषयवस्तु उल्लेख भएका कथन वा भाषिक तथ्य प्राथमिक स्रोतका रूपमा रहेका छन् । पर्यावरणीय समालोचनासँग सम्बन्धित सैद्धान्तिक ग्रन्थ, लेख तथा प्रतिवेदनलाई द्वितीयक स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । आलोचनात्मक विश्लेषण प्रक्रिया अवलम्बन गरी तयार पारिएको यस लेखमा निर्दिष्ट पुस्तकका पर्यावरणीय विषयवस्तु मूल तथ्य बनेका छन् । निर्दिष्ट कृतिमा पर्यावरण र मानिसबिचको सम्बन्ध, सामाजिक एवम् सांस्कृतिक पर्यावरणका विषयवस्तु र पर्यावरणीय संरक्षणमामुद्दा प्रस्तुतिका साथै पर्यावरणको संरक्षणका प्रौढ तथा बालबालिका सक्रिय रहेको देखाउँदै उक्त चेतनाको प्रबलीकरण पनि गरिएको छ । यसमा पर्यावरणीय पक्ष एवम् मानिसको सम्बन्ध अन्योन्याश्रित रहेको जनाउँदै मानिसको जीवनयापनमा पर्यावरणको प्रमुख भूमिका भएको विचार र नेपालका सामाजिक एवम् सांस्कृतिक विषयवस्तुमा आधारित परिवेशसहित मानिसका लागि तिनको भूमिका दर्साइएको छ । जन्मदिनको उत्सव मनाउँदा होस् वा मृत्यु संस्कारका सन्दर्भ वृक्षरोपण गर्ने परम्परा विकास गर्नुपर्ने सन्देश सरल र स्वाभाविक किसिमले अभिव्यक्त भएको ‘झल्को’ बालउपन्यास पर्यावरणीय दृष्टिलेसान्दर्भिक तथा उपयोगी कृति बनेको देखिन्छ । समग्रमा बालबालिकामा पर्यावरणीय सचेतना निर्माण गर्दै नेपाली मौलिक संस्कृतिको विकासका लागि विश्लेष्य कृतिमा पर्यावरणीय सन्दर्भ पहिचान गर्ने अभीष्ट राखिएको छ ।.

Related Results

हंस उपन्यासमा पर्यावरणीय चेतना
हंस उपन्यासमा पर्यावरणीय चेतना
प्रस्तुत हंस उपन्यासमा पर्यावरणीय चेतना शीर्षकको यस आलेखमा पर्यावरणीय समालोचनाका कोणबाट हंस उपन्यासको विश्लेषण गरिएको छ । पर्यावरणीय समालोचना समकालीन समालोचना हो र पर्यावरणीय समालो...
पर्यावरणीय नैतिकता और महिला सशक्तिकरण: गाँधीवादी दृष्टिकोण से सतत् विकास का अध्ययन
पर्यावरणीय नैतिकता और महिला सशक्तिकरण: गाँधीवादी दृष्टिकोण से सतत् विकास का अध्ययन
वर्तमान युग में पर्यावरणीय संकट और लैंगिक असमानता विश्व समुदाय के समक्ष दो प्रमुख चुनौतियों के रूप में उपस्थित हैं। जलवायु परिवर्तन, प्राकृतिक संसाधनों का अंधाधुंध दोहन, जैव विविधत...
समसामयिक किराती कवितामा पर्यावरणीय चेतना
समसामयिक किराती कवितामा पर्यावरणीय चेतना
प्रस्तुत लेख पर्यावरणसम्बन्धी सैद्धान्तिक मान्यतामा केन्द्रित रही समसामयिक किराती कवितामा पर्यावरणीय चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । समसामयिक किराती कवितामा पर्यावरणको...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
अनुपालन को प्रोत्साहनः भारत में पर्यावरणीय स्थिरता के लिए विनियामक दंड और बाजार-आधारित पुरस्कारों का समीक्षात्मक अ/ययन
अनुपालन को प्रोत्साहनः भारत में पर्यावरणीय स्थिरता के लिए विनियामक दंड और बाजार-आधारित पुरस्कारों का समीक्षात्मक अ/ययन
भारत के तीव्र औद्योगीकरण ने महत्वपूर्ण पर्यावरणीय चुनौतियों को जन्म दिया है, जिससे स्थिरता के लिए एक मजबूत नियामक ढांचे की आवश्यकता हुई है। परंपरागत रूप से, भारत में पर्यावरण अनुपा...
Revival of the past : A History of Aboriginal Ecological Knowledge and Environmental Sustainability
Revival of the past : A History of Aboriginal Ecological Knowledge and Environmental Sustainability
यह शोधपत्र पर्यावरणीय स्थिरता को बढ़ावा देने में स्वदेशी पारिस्थितिकी ज्ञान (IEK) के ऐतिहासिक आधारों और समकालीन प्रासंगिकता का अन्वेषण करता है। बर्केस की सैक्रेड इकोलॉजी, किम्मेरर ...
वृक्षारोपण: पर्यावरणीय समस्याओं का समाधान
वृक्षारोपण: पर्यावरणीय समस्याओं का समाधान
वन किसी भी क्षेत्र या समाज की अमूल्य सम्पत्ति है। वन रोजगार का सृजन करने, जलवायु को सन्तुलित रखने, मृदा अपरदन को रोकने व प्राकृतिक सौन्दर्य को बढ़ाने में अपनी महती भूमिका का निर्वहन...
अनिदो पहाडसँगै उपन्यासमा प्रगतिवादी चेतना
अनिदो पहाडसँगै उपन्यासमा प्रगतिवादी चेतना
प्रस्तुत आलेख अनिदो पहाडसँगै उपन्यासमा प्रगतिवादी चेतनाको सन्दर्भ निर्क्योल गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । यसमा प्रगतिवादी साहित्य सिद्धान्तका आधारमा तत् तत् सन्दर्भ र मुखरित...

Back to Top